
विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन। विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन। उनीहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले पक्राउ गरेको विवेकशील साझाका प्रवक्ता डा. सुर्यराज आचार्यले बताएका छन। भ्रष्ट्राचारको मुद्दामा जहिले पनि साना माछा मात्रै पक्राउ पर्ने गरेको तथा ठूला माछा उम्किने गरेको सन्दर्भमा विवेकशील साझाले अख्तियारलाई दबाब दिन शान्तीपूर्ण प्रदर्शन गरेको प्रवक्ता डा. आचार्यले बताए।
विवेकशील साझाका प्रवक्ता डा. सुर्यराज आचार्यले भने “शान्तिपूर्ण सालिन प्रदर्शनमा सरकारको धरपकड निन्दनीय छ।” विवेकशील साझाले भ्रष्ट्राचारको विरोध गर्दा सरकारको टाउको दुख्नुले लोकतन्त्र नै धरापमा पर्न लागेको प्रवक्ता आचार्यको आक्रोश पोखे।
सम्बन्धित समाचार


Popular Interviews
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- नेइमारपछि काभानीको चोटका कारण गम्भीर चिन्तामा पिएसजी March 26, 2020
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- “संघीयताको अभ्यासले विकासमा समय लाग्ने भयो–सभामुख महरा” March 26, 2020