परिवर्तनका संवाहक युवाको सही व्यवस्थापन गरौं

परिवर्तनका संवाहक युवाको सही व्यवस्थापन गरौं

दिपक शर्मा

सबै देशहरुमा परिबर्तनको इतिहासलाई ध्यान दिने हो भने सबै परिवर्तनहरुलाई सँस्थागत गर्नका लागि युवा पुस्ताको महत्वपुर्ण आबद्धताको साथमा लगानी रहेको देखिन्छ । परिबर्तन आफैँमा सँस्थागत नहुने र यसको लागि सही बाटो भनेको नै तल्लो स्तरबाट अथवा कुनै पनि राज्यको महत्वपुर्ण जनसँख्याको समुहले नेतृत्व लिनु पर्ने हुँदो रहेछ । नेपालको परिप्रेक्ष्यमा हेर्नुपर्दा युवाहरुको आबद्धता भन्दा पनि सधै उपयोेग मात्र भएको देख्न सकिन्छ र ति परिवर्तनहरु सँस्थागत भएपछि युवापुस्ताहरुलाई अलग्याउने परिपाटी समेत देख्न पाईन्छ । नेपाल अहिले सक्रँमणकालिन समयबाट गुज्रिरहेको छ र नयाँ सँबिधान जारी भयो र त्यसको सही कार्यान्वयनमा समेत लागिपरेको छ, यदी यो समयबाट नै युवापुस्ताहरुलाई सँगसँगै अगाडी लैजान सकेमा एकातिर संविधानको कार्यान्वयन र अर्कोतिर परिबर्तनलाई सँस्थागत गर्नको लागि युवापुस्ताहरुको आबद्धता पनि देखीने थियो । नेपाल सरकारले युवाहरुलाई सम्बोन्धन गर्न युवा तथा खेलकुद मन्त्रालयको ब्यबस्था त गरेको छ नै तर यो पनि थोरै बजेट हुने मन्त्रालय भएकाले नेपालका सबै राजनीतिक दलको कम इच्छा भएको मन्त्रालय भित्र पर्दछ । तैपनि यही मन्त्रालयको अग्रसरतामा र नेपालमा युवाको क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक सँघ सँस्थाहरुको साझा पहलमा राष्ट्रिय युवा नीति २०६६ पारित भयो र यसको सँसोधन २०७२ मा गरेर युवा अधिकारलाई सँस्थागत गर्नको लागि राष्ट्रिय युवा परिषद्को ब्यवस्था समेत गरेको छ । अहिले राष्ट्रिय युवा परिषदको गठन भएर जिल्ला स्तरसम्म पनि यसको सँरचनागत ब्यबस्था भएको छ र नेपाल सरकारले जारी गरेको भिजन २०२५ अन्तर्गत नै बिभिन्न कार्यहरु समेत गर्दैआईराखेको छ । यि सबै नीतिहरुलाई सही कार्यान्वयन र अगाड िलैजानको लागि अवका दिनमा युवा पुस्ताहरु परिबर्तन भएर अगाडी आउनु पर्दछ । अबको युवा पुस्ताहरुले राज्यको चौतर्फी बिकासको लागि र भएका नीतिहरुको सही कार्यान्वयन गर्नको लागि नेतृत्व तहमा आउनु पर्दछ । अब केही समयमा नै नेपाल संघीय ब्यवस्थामा प्रबेश गर्दैछ र आफ्नो गाँउपालिका ,नगरपालिका र प्रदेश कस्तो बनाउने , यहाँ बन्ने नीति तथा नियमहरु युवा मुखी कसरी बनाउने , नेतृत्वमा कसरी पुग्ने र कसरी आफ्नो प्रदेश वा राज्यलाई राम्रो गराउन सकिन्छ भनेर रचनात्मक रुपमा सोचेर अगाडी बढ्नु आजको आवश्यकता रहेको छ । नेपालमा १६ देखी ४० उमेर समुहका ब्यक्तीहरुलाई युवा भनी परिभाषित गरेको छ र अहिले यो सँख्या करिब ४०.६५ प्रतिशत रहेको छ । कुनै पनि राज्यमा युवाहरुको जनसँख्या यो अबस्थामा हुनु भनेको त्यो देशको लागी जनसँख्या लाभाँस हो र सही अर्थमा राष्ट्र निर्माणमा यो समुहलाई लगाउनु र त्यसको प्रतिफल उपयोग गर्नु पर्दछ । तर नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने बि.स. २००७ सालमा देशमा प्रजातन्त्रको आन्दोलन भयो र त्यो समयमा पनि युवा पुस्ताहरु जहाँनीया राणाशासनको बिरुद्धमा लागेर यो देशलाई मुक्त त गराए तैपनि यो देशमा परिबर्तन भने आएन ? आखीर त्यतीबेलाको आन्दोलन के को लागि र कसरी गरिएको थियो भन्ने बारेमा भने हामी सबैले बुझनु आवश्यक पनि रहेको छ । सधै परिबर्तनको लागि गरिने आन्दोलन केही समयमा नै सायद उद्देश्यहरु नै परिबर्तन हुन्छन होला र त्यो परिबर्तन सँस्थागत हुन सकेको छैन , त्यसको एउटा जड भनेको नै युवापुस्ताहरु त्यो परिबर्तन सँस्थागत गर्ने ठाँउसम्मको नेतृत्वमा हुन नसक्नु नै हो । नेपालमा हुने सबै आन्दोलनको इतिहास परिबर्तन सँस्थागत गर्न नसकेकाले नै यो अहिलेको सक्रँमणकालिन अबस्था आईपुगेको कुरामा कसैको दुईमत नै छैन । आखीर परिबर्तनका लागि गरिने यि आन्दोलन र लडाईले हामीलाई कहाँ ल्याएको छ र यसको सही व्यबस्थापन के हो त ? बर्तमान समयको महत्वपुर्ण प्रश्न हो यो ?प्रणालीको र ब्यवस्था बिरुद्ध जुन किसिमले आन्दोलन गरिएको हो , त्यसको केही सबै फाईदाहरु केही ठुला ब्यक्तीहरुले मात्र उपयोग गरे र अन्य कुराहरुलाई छाँयामा पारिदिए । आज नेतृत्व गर्ने ब्यक्ती नयाँ त आए , प्रणाली र ब्यवस्था त नयाँ त ल्याए तर फेरी उही पुरातनबादी सोचका ब्यक्तीहरु हाबी भएर यो देशलाई शासित गरिराखेका छन् र उही आन्दोलन पुर्बको जस्तो नै अबस्थामा देशलाई लगेका छन् । नयाँ नेतृत्वको पछाडी लाग्नुपर्ने युवापुस्ताहरु आज त्यही केही ब्यक्तीहरुको माझमा बसेर युवाको बिकासको कुरा गर्दछन् र सधै लाखौ लाख युवाहरुलाई पछाडी पारिराखेका छन् । हामी अझै पनि परिबर्तनको वकालतमा प्रबेश गर्न सकेका छैनौ , कुनै फरक राजनीतिक दलले राम्रो सोच ल्याएमा समेत हामी युवा नै त्यो कुराको बिरोध गर्न तत्पर हुन्छौ र नेपाल बन्दको साथमा केही सवारी साधनहरु र सार्बजनीक बस्तुहरुको क्षति गराउँछौ । यदी सही अर्थमा परिबर्तन खोज्ने हो भने अबको समय नेतृत्व परिबर्तनको लागि गरिनुपर्दछ र नयाँ र नबीनतम सोच भएका ब्यक्तीहरुले यो देशको सही नीति र नियमको ब्यवस्था गरि कार्यान्वयन गर्नुपर्दछ र यसको लागि हामी परिबर्तनका हिमायती भन्नेहरु , परिबर्तन आवश्यक छ भन्नेहरु , बिकास गर्नुपर्दछ भन्ने सोच भएकाहरु एकजुट हुनु आवश्यक छ र सही अर्थमा नेतृत्व परिबर्तनको लागी अबको समय लगाउनुपर्दछ । अब देश संघीय ब्यवस्थामा प्रबेश गर्दैछ र केही समयमा नै स्थानीय तहको निर्बाचन समेत हुने बाताबरण निर्माण भएको छ । आज स्थानीय निकायको चुनाब नभएको १५ बर्ष भन्दा बढी समय बितेको छ र आज एउटा ३५ बर्षको युवाले यो देशमा आफुले नेतृत्व लिएर यो देशलाई परिबर्तन गर्न पाएको छैन । तर अब त्यो समय आएको छ साच्चिैक यो देशमा परिबर्तन सँस्थागत हुन नसक्नुका पछाडी कुन शाक्तिको प्रभाब रहेको छ ? किन हामीहरु परिबर्तनका लागि एकजुट भएर आवाज बुलन्द गर्न सक्दैनौ त ? किन यो देशमा सधै केही सिमित ब्यक्तीहरुको मात्र हात रहेको छ ? आखिर किन युवापुस्तालाई सधै प्रयोग मात्र गर्ने गर्दछन् ? साच्चिकै हामी युवापुस्ताहरु परिबर्तनको वकालतमा लाग्न नसक्ने नै हो त ?यि सबै बिषयहरु एकैपटक अब हामीले सोचेर अहिले सम्म भएको परिबर्तनलाई सही अर्थमा सँस्थागत रुपमा अगाडी लैजानको लागि वाताबरण सृजना गर्नुु आवश्यकता हो । अबको समय भनेको परिबर्तनलाई सँस्थागत गर्नमा लाग्नुपर्दछ न की अन्य कुनै बिषयहरुमा रुमल्लिएर फेरी देशलाई अरुको गुलाम बनाएर छौडौ । अब प्रगतिशिल सोच भएका युवा ब्यक्तीहरुले यो नेतृत्व लिनु आवश्यक छ र त्यही अनुसार नै कामहरु समेत गर्नुपर्दछ । अबको युवाहरुको आन्दोलन भनेको परिबर्तनलाई सँस्थागत गरी युवामुखी कामहरु अगाडी बढाउने हुनुपर्दछ , एउटा स्थानीय स्तरमा सही मार्गदर्शन दिन सक्ने र बिकासप्रेमी युवाहरुको खोजी हुनुपर्दछ ।

(लेखक जागृति बाल तथा युवा सरोकार नेपाल नवलपरासीका महासचिव हुन् )

फेसबूक कमेन्ट गर्नुहोस्



advertise with us

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

विज्ञापन

विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

सल्लाह सुझाब

तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला। »

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८०९२७००६६
सम्पर्क गर्नुहोस्»
2017 © Copyright Lets Go media Pvt Ltd