भरत नेगीको संयोजकत्वमा अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेली सेवा समाज गठन

पौष २५।।


सुदूरपश्चिममा घर भई हाल अध्ययन, ब्यापार, ब्यबसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेहरुली एक जुट भएका छन ।                      प्रवासमा रहेर पनि सुदुरपश्चिम क्षेत्रको विकासको लागी केही गर्ने उद्धेश्यले सुदुरपश्चिमेलीहरु यसरी एकजुट भएका हुन ।                                                                     अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेली सेवा समाजका नाम बाट अाइतबार अनलाईनबाट एक भेलाको ओयोजना गरी भरत नेगीको संयोजकत्वमा ३५ सदस्यीय तदर्थ समितिको गठन पनि गरिएको छ ।                                                                        संयोजक नेगी जापानको कोबे विश्वबिधालयमा बिधावारिधीरत छन् । समाजको उपसंयोजकमा लोकेन्द्र बम र सदस्य सचिबमा अमृत शाही चयन भएका छन् । त्यसैगरी जापानबाट आशिष रावल र पूर्ण चलाउने ,कोरिया बाट कमल शाही ,युएई बाट लक्ष्मण अधिकारी, मलेसिया महेश राज भट्ट, बहराइन शेर ब रावत, पोर्चुगल धिर्ग मल्ल, कुबेत अमर खडका, अस्ट्रेलिया महेश भण्डारी, क्यानडा चक्र बलायर, कतार धन बहादुर बलायर, डेनमार्क कबिता बिस्ट, युएस रमेस भट्टराई, भारतबाट भरत थापा, इजरायलबाट सुमि शाही र गिता नेपाली सदस्यमा चयन भएका छन् ।                त्यसैगरी समाजमा युएईबाट चेतन थापा, कोरियाबाट धर्म राज जोशी, मलेसियाबाट प्रकाश देब भट्ट, अष्ट्रेलियाबाट केशब जोशी, क्यानाडाबाट जगदिस भट्ट, बहराईनबाट उमेश जोशी, मकाउ सोनु पन्थि, डेनमार्कबाट खेम जोशी चयन भएका छन । पोर्चुगल सहित अन्य देशका अध्यक्षहरुलाई पछि थप्ने गरि २५ सदस्य आईतबार मनोनीत गरिएको र बाकी १० सदस्य देशबाट प्रतिनिधित्व रहने गरि पहिलो तदर्थ समितिको बैठकले मनोनीत गर्ने संयोजक भरत नेगिले जानकारी दिए ।                                                                           नेपालको सुदूरपश्चिममा घर भई अध्ययन, ब्यापार, ब्यबसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेली दाजुभाई तथा दिदीबहिनीहरुलाई आपसी मेलमिलाप, आपसी सहयोग सद्भाव भाईचारा एबंम एकताको सुत्रमा बाँध्ने उद्देश्यले विस्तार गरिएको र समाजले देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सक्दो सहयोग गर्नका साथ–साथै आफ्नो भाषा, भेषभुषा, कला,संस्कृतिको जगेर्ना गर्ने समाजको उद्देश्य रहेको संयोजक नेगिले बताए ।                                    साथै समाजले सुदूरपश्चिम क्षेत्रको पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार गरि शिक्षा, स्वास्थ बेरोजगारीका आधारभुत कुराहरुको बिकासका लागि जनचेतनाका माध्यमबाट समाजमा रहेका ब्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथा बिरुद्ध जनचेतना जगाउने हेतुले छाता संगठनका रुपमा विस्तार गरिएको पनि नेगिले बताए ।

फेसबूक कमेन्ट गर्नुहोस्



advertise with us

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

विज्ञापन

विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

सल्लाह सुझाब

तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला। »

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८०९२७००६६
सम्पर्क गर्नुहोस्»
2017 © Copyright Lets Go media Pvt Ltd