फुकुओकामा नयाँ बर्ष धमाका भव्य रुपमा सम्पन्न(फोटो फिचर)

जापान ,पौष २१।।


एनआरएन जापानले सुरु गरेको ५ करोडको आपतकालिन राहत कोष स्थापनामा सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरनए क्युसु)जापानले आयोजना गरेको नयाँ बर्ष धमाका बुधबार भव्यरुपमा सम्पन्न भएको छ ।                                                                                                                                                   मिनामी सिमिन्न सेन्टर हलमा सम्पन्न उक्त नयाँ बर्ष सांगितिक धमाकामा नेपालका चर्चित कलाकार गायक सुगम पोख्रेल,नवीन के .भट्टराई ,नायिका नम्रता सापकोटोले उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।                                            कार्यक्रममा गायक गायक सुगम पोख्रेल,नवीन के .भट्टराईले आफ्ना चर्चित गितहरुद्धारा दर्शकलाई मनोञ्जन प्रदान गरेका थिए । नायिका नम्रता सापकोटो तिमि र म घुम्न जाउन….निर जैले रिसाउने ….लगायत चिर्चित गितहरुमा नाच्दा उपस्थित दर्शकहरु पनि नाच्न हौसिएका थिए ।                                                                                                                                                                                      एनआरनए क्युसु जापानका संयोजक किरण बर्माको सभापतित्वमा भएको कायक्रम गैरआवासीय नेपाली संघका उपाध्क्षय भुवन भट्ट प्रमुख अातिथ्यमा भएको थियो। कायक्रममा प्रमुख अतिथि भुवन भट्ट, बिशिष्ट अतिथि एनआरनए आईसिसिका सदस्य कपिल थापा ,अतिथीहरु एनआएन जापानका उपाध्क्षय टंक गैरे ,एनआरएन जापानका महासचिव अनुज थापा,हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्मराज अधिकारी,बद्री पौडेल,नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबका अध्क्षय अर्जुन थापा लगायतले नयाँ बर्षको शुभकामना मन्तबय दिनुभएको थियो ।                                                                                                                                                         एनआरनए क्युसुका उपाध्क्षय लक्ष्मण बाँनियाको स्वागत मन्तवय सगै सुरु भएको उक्त कायक्रममा नेपालका चर्चित कलाकारहरु सहीत स्थानिय कलाकारहरू पुर्शोतम सिग्देल,माधव सिग्देल,दिलेन्द्र जोशी,शुशिल श्रेष्ठ,प्रकाश ढकाल,सरिना बर्मा,आङ फुर्बाको सांगीतिक र साँस्कृतिक प्रस्तुती राखेका थिए ।                                                                                                                                             कायक्रमको अन्तमा एनआरनए क्युसु जापानका संयोजक किरण बर्माले कायक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी सघं सस्था,प्रायोजक, उपस्थिति दर्शक लाई आभार प्रकट गर्नु भयो ।                                                                                                   कायक्रम एनआरन क्युसु जापानका सचिव देवराज उप्रेती र अस्मि श्रेष्ठको सन्चालनमा भएको थियो ।  फोटोहरु:                                                    

फेसबूक कमेन्ट गर्नुहोस्



advertise with us

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

विज्ञापन

विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

सल्लाह सुझाब

तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला। »

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८०९२७००६६
सम्पर्क गर्नुहोस्»
    A member of Lets Go Media
    Design and developed by HS
2017 © Copyright Lets Go media Pvt Ltd

lets go logo