दुधाधारी माविमा नयाँ व्यवस्थापन समिति,अध्यक्षमा पुनः कोरी सर्वसम्मत

सामुदायिक सहयोगबाटै १४ शिक्षकको तलब जोहो गर्दै

सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), ५ पुस ।

कपिलवस्तुको पश्चिमी अति विकट क्षेत्र गुगौलीमा अवस्थित दुधाधारी माध्यमिक विद्यालयमा नयाँ व्यवस्था समिति गठन भएको छ ।

अभिभावकहरुको वृहत भेलाले ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रुपमा चयन भएको हो । यसअघि विद्यालय व्यवस्थापन समितिमा रही विद्यालयको चौतर्फी विकासमा महत्वपूर्ण योग्दान पु¥याएको भन्दै अभिभावकहरुको पहल र ४ सदस्यीय समिति बैठकले पुनः दोस्रो पटक रामप्रकट कोरीलाई विद्यालयको नेतृत्वको जिम्मा लगाएको हो । अभिभावक भेलाबाट व्यवस्थापन समितिको सदस्यमा रामजनम यादव, प्रदेशनी थारु र धनिसरा सारु सर्वसम्मत चयन भएका छन् ।

विद्यालयका प्रधानाध्यापक एवं पदेन सदस्य सचिव रहेका हिरालाल चौधरी सहित विद्यालय व्यवस्थापन समितिको तत्काल बसेको बैठकले भुलन शाह र राधिका कलवारलाई सदस्यमा मनोनित गरेको अध्यक्ष रामप्रकट कोरीले जानकारी दिनुभयो । यसैगरी शिक्षक प्रतिनिधिमा दामोदर पन्थी चयन भएको विद्यालयले जनाएको छ ।

नव नियुक्त अध्यक्ष रामप्रकट कोरीले यस वर्ष १०जोड २ सम्मको कक्षा संचालन गर्ने आफ्नो पहिलो लक्ष्य रहेको बताउनुभयो । जिल्लाको अति विकट क्षेत्रमा पर्ने गुगौलीमा एक मात्र माध्यमिक तहको विद्यालय भएको र बालबालिकालाई उच्च मावि तहको शिक्षा अध्ययन गर्न घरदेखि १० किलोमिटर भन्दा टाढाको विद्यालयमा जानुपर्ने बाध्यता रहेको छ । बालबालिकाहरुको समस्यालाई मध्यनजर गर्दै यस वर्षदेखि क्रमशः ११ र १२ कक्षा संचालनका लागि भरपूर पहल गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

थारु आदिबासी जनजातिको बाहुल्यता रहेको उक्त क्षेत्रमा एक मात्र माध्यमिक विद्यालय छ । त्यस भेगका बालबालिकाहरुलाई उच्च शिक्षा अध्ययन गर्न सुन्दरीडाँडा, जगदीशपुर र शिवपुरमा जानुपर्ने बाध्यता रहेको छ । २०१४ सालमा स्थापित विद्यालयमा हाल १हजार १ सय ५४ विद्यार्थी अध्ययनरत छन् । कार्यालय सहयोगी सहित कूल २६ जना शिक्षक कर्मचारीहरु कार्यरत रहेको विद्यालयमा १४ जना शिक्षक निजीस्रोतबाट व्यवस्थापन गरिएको प्रधानाध्यापक हिरालाल चौधरीले बताउनुभयो ।

विद्यालयको आयस्रोत नहुँदा शिक्षकहरुलाई तलब खुवाउन समेत निकै कठिनाई परेको अध्यक्ष रामप्रकट कोरीले गुनासो गर्नुभयो । समुदायबाट सहयोग संकलन गरी शिक्षक पाल्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । आर्थिक अवस्था दयनीय हुँदा विद्यालय स्थापनाको ५० वर्ष पुग्दा समेत उच्च शिक्षा संचालन गर्न नसकिएको अध्यक्ष कोरीको गुनासो छ । उच्च शिक्षा संचालनका लागि जिल्ला शिक्षा कार्यालय तथा विभिन्न संघसंस्थासँग हारगुहार गर्दै आएको उहाँले बताउनुभयो ।

फेसबूक कमेन्ट गर्नुहोस्



advertise with us

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

विज्ञापन

विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

सल्लाह सुझाब

तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला। »

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८०९२७००६६
सम्पर्क गर्नुहोस्»
    A member of Lets Go Media
    Design and developed by HS
2017 © Copyright Lets Go media Pvt Ltd

lets go logo