Connect with us

रंगमञ्च

नेपाली लालाबालाको चर्चा युरोपमा (फोटो फिचर)

Published

on

lalabala

हाम्रो सगरमाथा डट कम/ पोल्यान्ड

बालबालिकाको लागि भनेर विशेष अभिनय कक्षा चलाईरहेका टंक चौलागाईं को ”लालाबाला ” को पहिलो बर्षका परिक्षार्थी बाल कलाकारहरु अहिले पोल्यान्डमा रमाईरहेका छन् । उनीहरुले कुञ्ज थिएटरमा नियमित मञ्चन गरेको नाटक “हिरोज डोन्ट कम” लिएर पोल्यान्ड आएका हुन् ।

नाटक “हिरोज डोन्ट कम ” चलन चल्तिमा आएर प्रख्यात भएका ब्यक्तिहरु वास्तविक हिरो नभई , देशका लागि योगदान दिएर देशकै निम्ति प्राण त्याग गरेकाहरु हुन् भन्ने बिषयलाई लक्षित गरेको नाटक हो । यश नाटकका लेखक तथा निर्देश प्रकेश सिन्धुलीय हुन्  जसले केही समय अगाडि मात्र रात चिर्न्या भानु , ययाती लगाएतका नाटक बाट राम्रो प्रशंसा पाएका थिए । यश नाटकका निर्माता टंक चौलागाईं पनि आफैमा निर्देश हुन् तर यश नाटकलाई निर्माण गरेका छन् टंक निर्देशीत नाटक माधवीले हङगामा मच्चाएको थिए र उनै द्वारा निर्देशी त नाटक यायतीले पनि राम्रो प्रशंसा पाएको थियो । यश नाटकका निर्देश तथा निर्माता दुबै अब्बल लेखक तथा निर्देशक हुन् , यी दुबैको पुस्तक प्रकाशित पनि भैसकेका छन् ।

कोहि दिन अगाडि पोल्यान्डमा भएको कल्चरल नाईटमा हिरोज डोन्ट कमको टिम पनि सहभागी भएर वाह: वाही कमाएको थियो र , नेपाली पोसाक र नेपाको झण्डाले राम्रो प्रशंसा पाएको थियो र नेपाली संस्कृतिक नृत्यले ओन्स मोर पाएको थियो ।

लालाबाला’ अभिनय कक्षाबाट निखारिएका बालबालिकाहरूलाई लिएर काठमाण्डू प्रज्ञा कुञ्ज स्कुलसँगको सहकार्यमा स्कुल थिएटर नेपालले अन्तर्राष्ट्रियनाटक महोत्सवको लागि सो दुई हप्ते भ्रमण संयोजन गरेको थियो । ‘थिएटर ब्रामा’ को ‘द ह्युमन मोजाइक’ नाम गरेको अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिनको लागि पोल्याण्डको गोलोनियोमा रहेको टोली आज आईतवार बेलुका ” हिरोज डोन्ट कम”लाई प्रसुत गर्न तम्तयार भएर बसेका छन् ।

लालाबाला समूहको नेतृत्वसमेत गरेका टंक चौलागाईँ स्कुल थिएटर नेपालको ‘लालाबाला’ कार्यक्रमका संयोजक र मुख्य प्रशिक्षकसमेत हुन्! ‘यो लालाबालाको पहिलो ब्याचका विध्यार्थीहरूको प्रस्तुति हो, लालाबालाकै दोस्रो ब्याचको अभिनय कक्षा अहिले भर्खर सुरु भएको छ, सो ब्याच पनि यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवहरूमा सहभागी हुनेछ’ उनले थपे!

 

नाटकमा जात्रा तथा दुई रुपैयाँ जस्ता फिल्ममा अभिनय गरिसकेका कलाकार अरविन खड्का लगाएत अभिनित चौलागाईँ, प्रेक्षा कार्की, सार्थक श्रेष्ठ, सिजन बस्नेत, दीप्सना चौधरी, कश्यप ज्ञवाली, अद्वैत थापा, शिविका खड्का र उदिती मण्डलले नेपालको तर्फबाट आज  प्रस्तुति देखाउन तयार भएर बसेका छन्  ।

केहि तस्बिर हरु

)

मनोरञ्जन

बाल नाटक ‘Hero’s Dont Come’ कुञ्ज थिएटरमा मंचन हुदै

Published

on

heros dont come

हाम्रो सगरमाथा/काठमाडौँ

जेष्ठ २५ शुक्रबार देखि थापागाउँस्थित कुञ्ज थिएटरमा बाल नाटक ‘हिरोज् डोन्ट कम’ मंचन भैरहेको छ । यो नाटक हिरो बन्नका लागि प्रेरित गर्ने र वास्तविक हिरोको परिभाषामा जोड दिने नाटक हो ।

“लालाबाला” नाम गरेको अभिनय कक्षाको ६ महिने तालिम पश्चात् तयार गरिएको सो नाटकमा विभिन्न उमेर समुहका विभिन्न स्कुलका बिद्यार्थी कलाकारहरुले अभिनय गरेका छन् ।। बालबालिकाको अभिनयकला निखारेर नाटक तथा फिल्महरुका लागि पनि कलाकार उत्पादन गर्ने लक्ष्यसहित सुरु गरिएको “लालाबाला” को पहिलो ब्याच मञ्चमा उत्रिएको हो भने दोस्रो ब्याच सुरु हुँदैछ । अभिनय कक्षाका साथै निकट भविष्यमै बाल कलाकारहरूका लागि एकल अभिनय प्रतियोगिता अायोजना गर्ने तयारी पनि अन्तिम चरणमा छ । “सुरुवाती चरणमै धेरै बालकलाकारहरूमा अभिनयको भविष्य दर्शक अाफैँले देखिसकेका छन र अाधा दर्जन विभिन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवहरूमा समेत सहभागी गराउने तयारी अन्तिम चरणमा छ” प्रशिक्षक तथा लालाबालाका संयोजक टंक चौलागाईं बताउँछन् ।

heros dont come

प्रकेश सिन्धुलीयको लेखन तथा निर्देशन रहेको नाटकको कथा सामान्य तर रोचक र सन्देशपरक छ ।
“बालनाटकहरु धेरै हेरे तर यो नाटक उत्कृष्ट लाग्यो नाट्य कर्मी परिक्षित बिक्रम राणाले बताए । राणा भन्छन् म आफैमा पनि नाट्य शिक्षक हुँ र बालबालिकाबाट यति धेरै कला निकाल्नु सहज कुरा होईन, निर्देशक सिन्धुलीयको धेरै ठूलो परिश्रम “हिरोज् डोन्ट कम” नाटक हेर्नेहरुले देख्न सक्छन् “।।

“बालबालिकालाई आफैँले परिश्रम गरेर पत्ता लगाएको कुनैपनि तथ्य कुराहरु जिवन्त भएर उनीहरुको मस्तिष्कमा रहने जुगल स्कुलका शिक्षक सुमन केसीले नाटक हेरेपछि बताए” ।बरिष्ठ रङ्गकर्मी रामबाबु रेग्मीले नाटक हेरिसकेपछि यसरी प्रतिक्रिया दिएका छन् ।

” Hero’s donot come एउटा बालबालकाहरूकाे मनाेवज्ञानलाई सम्वाेधन गर्ने नाटक हाे । अाजकलका बालबाबलिकाहरू युटुव र टिभि हेरेर धेरै सिकिरहेका हुन्छन् । याे नाटक हेरि सकेपछी बालबालिकाहरूले अाफु कसरि हिराे बन्न सकिन्छ भनेर खाेज्न थालेमा नाटककाे सफल पक्ष मान्नु पर्छ । बालबालिकाले अाज सजाएका सपना भाेलिकाे नेपाल हुन्छ ।त्यसलाई नाटकले अाम दर्शकमा ल्याउने काेशिस गरेकाे छ ” ।


समग्रमा कलाकारले नाटकको जीवनलाई रहरलाग्दो बनाएका छन् । मञ्च साजसज्जाभन्दा बालबालिकाको प्रस्तुति र विषयवस्तुमा बढी ध्यान दिइएको सो नाटकमा लेखक तथा निर्देशक सिन्धुलीयको मेहनतको दर्शकले खुलेरै प्रशंसा गरेका छन् ।
केही काल्पनिक रोमाञ्चक घटनाहरू समेत समेटिएको नाटकको विषयवस्तु यथार्थवादी छ, त्यसैले विम्ब सीमित देखिन्छन्, तर जति प्रयोग गरिएका छन्, ती प्रभावशाली छन् जसले गर्दा दर्शकको बाल मस्तिष्क मात्र हैन वयस्क मस्तिष्कमा समेत बलियो प्रभाव पर्छ ।

यो नाटक असार ४ गतेसम्म प्रत्येक दिन दिउँसो १ बजे र शुक्रवार अतिरिक्त शो ११ बजे कुञ्ज थिएटरमा मञ्चन हुने जानकारी लेखक तथा निर्देशक प्रकेश सिन्धुलीयले दिएका छन् ।

nepalireport.com र हाम्रो सगरमाथाको बाट

Continue Reading

रंगमञ्च

रंगीन दुनियाँमा जादूमय उपस्थिती जनाउदै स्टेज क्विन श्रीजना खत्रि “हाउडेमाया”

Published

on

By

सागर थापा

दर्जनौ म्युजिक भिडियोहरुमा आफ्नो जादुमय अभिनय गरेर दर्शकको मन जित्न सफल चर्चाको सिखरमा रहेकी सृजना खत्रि रंगीन संसारमा हाउडेमायाको उपनामले समेत चीरपरिचित छन् ।

नेपाली गीत संगितको दुनियाँमा हाउडे माया बाट डेब्युगरेकि खत्रि डिमान्डेड मोडल हुन् । सिन्धुपाल्चोकमा जन्मिएकि खत्रि पछिल्लो समयमा हिट गित लाहुरे माया सगै स्टेज परफरमेन्समा समेत सकृय छिन् ।

गित लेखन, संगित तथा भोकलमा समेत सकृय खत्रि विभिन्न देशहरुको साँगितिक भ्रमण समेत सकृय छिन् । मलेसिया, दुवई, सिंगापुर सहित नेपालका सबैजसो जिल्लाहरुको भ्रमण गरिसकेकि खत्रि हाईलि डिमाण्डेड मोडल तथा डान्सर हुन ।

Continue Reading

Nepal

नाटक ईङ्घङ (शन्देश)- अब ३ दिन मात्र प्रदर्शन हुने|

Published

on

नेपाली परिवेशमा कला र कलाकारिताको बेग्लै महत्व रहने गरेको छ| नेपाली रंगमंचमा प्रदर्शन हुने नाटकले आजको अवस्थामा पनि खुलेर ठाउँ पाउन सकेको छैन| सरकारले समेत नेपाली रंगमंच, कलासाहित्यको बिकासमा भन्दै एकेडेमीहरु संचालनमा ल्याएता पनि रंगमंचमा कमै आकर्षण रहेको रंगकर्मिहरु बताउछन, तर आफ्नो उर्जाशील तागत कलासाहित्य क्षेत्रमा समर्पण गरेका रंगकर्मिहरुले आफ्नो कलाकारितालाई अझ आकर्षक ढंगबाट प्रदर्शन गरेकाले नै होला पछिल्लो समयमा नाटकले पनि दर्शकको मन थिएटर सम्म तान्ने गरेको छ| काठमाडौँसंगै बाह्य क्षेत्रमा पनि नाटक मन्चन हुन थालेपछी अझ फराकिलो बन्दै गएको छ रंगमंचिय नाटकहरु|

यतिबेला धरान भोटेपुलस्थित रहेको सभा गृह हलमा ईङ्घङ (शन्देश) नाटक मन्चन भैरहेको छ| रंगभूमि एकेडेमीको आयोजना मा मन्चन भैरहेको उक्त नाटक बिष्णु मोक्तानको लेखन तथा निर्देशन रहेको छ| गत माघ ९ गतेदेखी १५ गते सम्म धरान–८ सभागृहमा मञ्चन भएको यस नाटक आम दर्शकहरुको माग र संकलित रकमबाट धरानमै नाटकघर स्थापना गर्ने उदेश्यले फाल्गुन २७ गते बाट लागातर १५ दिन मन्चन भैरहेको निर्देशक मोक्तानले बताएका छन्|

 

 

रंगभुमी एकेडेमीले मन्चन गरिरहेको यस नाटकमा अशिक्षाले निम्त्याउने छुवाछुत, अन्धविश्वासलाई देखाउने प्रयास गरिएको छ| पत्रकार सम्मेलनको क्रममा निर्देशक मोक्तानले ‘अशिक्षाका कारण भित्री रुपमा अझै छुवाछुत र अन्धविश्वास हट्न सकेको छैन्, त्यसलाई हटाउने यो नाटकको उदेश्य’ रहेको बताएका छन्| नाटकले आगन्तुक पश्चिमा संस्कृतिले मौलिक संस्कृतिलाई हस्तक्षेप गरेको विषयमा पनि उठान गरेको उनले बताए । एक घण्टा ४५ मिनेट लामो नाटकमा लेखक निर्देशक मोक्तानका अलवा कलाकार दीपेन्द्रसिंह दर्नाल, प्रेशिका निरौला, तुलसा थापा, संकर थापा, केबि लिम्बु, हरि इवाहाङ, कुमारी राई, उदीप लिम्बु, निश्चल कुलुङ, सोनाम मगर, मिलन चाम्लिङलाई देख्न सकिने छ ।

 

नाटकमा विनायक राईको संगीत सम्योजन रहेको छ । नाटक स्कुल, कलेजका विद्यार्थीहरुका साथै आम दर्शाकलाई लक्षित गरिएको छ । शिक्षामार्फत् मात्रै अन्धविश्वास र कुरीति हटाउन सकिने निर्दैशक मोक्तानले बताए। चैत्र ११ सम्म बेलुकी ४ बजे देखि मन्चन हुने यस नाटक स्कुल, कलेज तथा संस्थागत रुपमा बुकिंग गरे बिहान ८ बजे र दिउसो १२ बजे बिशेष प्रदर्शन हुने छ भने बिध्यार्थीहरुका लागि १०० र अन्य व्यक्तिहरुका लागि रु. २००,५०० र १००० टिकट दर राखिएको आयोजकले बताएको छ|

एकेडेमीले यस अघि तीन दिनसम्म ‘अव टाउको कहिले हल्लिन्छ’ नामक नाटक मञ्चन समेत गरेको थियो ।त्यस्तै सडक नाटक र कचहरी नाटक करिव ८ पटक मञ्चन गरिसकेको छ ।

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य8 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य8 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य8 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज10 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य12 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति11 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models1 year ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर