Connect with us

समाज

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

Published

on

pt\regnent women

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।

 

भ्याएसम्म मेयर, उपमेयर नभ्याए वडा अध्यक्ष, एकजना अहेब, वडा कार्यालयका सचिव सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् । सुत्केरीका लागि दुई माना घ्यू, एउटा भाले, अन्य तागतिला चिजहरु र बच्चाको लागि न्यानो झोला उपहार दिन्छन् ।

 

जन्मदर्ता, आमा र बच्चाको स्वास्थ्य परीक्षण पनि त्यही हुन्छ । यस कार्यक्रमका लागि नगरपालिकाले यस आर्थिक वर्षमा ६ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

 

सिन्धुलीको फिक्कल गाउँपालिकामा गर्भवति महिलाले प्रसुति सेवाका लागि स्वास्थ्य संस्थासम्म पुग्दा एम्बुलेन्स भाडा तिर्नु पर्दैन । गाउँपालिकाको निर्णय अनुसार प्रसुतिका लागि गर्भवति महिलालाई गाउँपालिका बाहिरको स्वास्थ्य संस्थामा लानुपरेमा पनि एम्बुलेन्स भाडामा ५० प्रतिशत छुट हुनेछ ।

 

सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले गर्भवतिको निःशुल्क भिडियो एक्सरे र सुत्केरीलाई एम्बुलेन्स भाडा नलाग्ने निर्णय कार्यान्वयन गरिरहेको उप मेयर मोहनमाया भण्डारीले जानकारी दिनुभयो ।

 

बर्दियाको बढैयाताल गाउँपालिकाले नियमित गर्भ जाँच गर्ने र गाउँपालिकाभित्रै सुत्केरी हुने महिलालाई सरकारले दिनेभन्दा थप एक हजार रुपैयाँ प्रोत्साहन रकम दिन्छ ।

 

हेलम्बु स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्र अधिकारीका अनुसार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले प्रोत्साहन भत्ता दोब्बर बनाउनुका साथै निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ ।

 

डोटिको जोरायल गाउँपालिकाले गर्भवतिलाई कुखुराको अण्डा, मासु, हरियो सागसब्जी घरमा नै पु¥याउने व्यवस्था मिलाएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार पोषिला खानेकुरा खुवाउने कार्यक्रम अगाडी बढाइएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा २२ प्रतिशत बच्चा कम तौलका जन्मन्छन् । ३६ प्रतिशत बालबालिकामा पुड्कोपन देखिएको छ ।

 

आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिदैं स्थानीय तहले गरेका यस्ता निर्णयलाई सकारात्मक रुपमा लिन सकिने पोषणविदहरु बताउँछन् ।

 

पोषणविद् डाक्टर अरुणा उप्रेतिले यस्ता काम सकारात्मक भएको र यससँगै गर्भवति र सुत्केरीलाई आफ्नै घरमा पाइने र आफैंले बनाउन सकिने पोषिला खानेकुराका विषयमा जानकारी पनि गराउनुपर्ने बताउनुभयो ।

 

नेपालमा सबैभन्दा जटिल रहेको स्वास्थ्य सेवामा स्थानीय सरकारका केही नयाँ निर्णयले राहात दिएको सेवाग्राहीको अनुभव छ । 

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाज

रुकुममा बिहान बिहानै एक व्यक्तिले गरे भाइ र छोराको हत्या

Published

on

३० साउन ।

पश्चिम रुकुममा एक व्यक्तिले आज विहान आफ्नै भाइ र छोराको हत्या गरेका छन् । मुसिकोट नगरपालिका १४ लहरेखेतका करिब ३७ वर्षीय शंकर विष्टले हँसिया प्रहार बाट अरु दुई जना छोराहरु घाइते भएका छन् । उनको आक्रमणबाट २० वर्षीय भाइ गोकर्ण र करिब ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ ।

यस्तै,छोराहरु १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । घाइते छोराहरुका अनुसार आमा पानी लिन गएको बेला प्रकाशले आक्रमण गरेका थिए ।

भाइ र छोराहरुलाई आक्रमण गरेपछि शंकरले आफूले आफैलाई टाउकोमा हँसिया प्रहार गरेका थिए । उनी पनि सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । स्थानीयले प्रकाशको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । यस घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Continue Reading

समाज

हातहतियार तथा खरखाना अन्तर्गतको मुद्दामा पक्राउ परेका नेकपाका नेता रिहा

Published

on

Nepal-police-e1462325536967-768x859

नुषा – मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय धनुषाबाटै पक्राउ परेका नेकपाका नेता श्याम यादव ६५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

हातहतियार तथा खरखाना अन्तर्गतको मुद्दामा पक्राउ परेका नेता यादवलाई जिल्ला प्रशासन कार्यालय धनुषाले ६५ हजार धरौटीमा रहा गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

यादवमाथि एकवर्ष अघि हातहतियार खरखाजान मुद्दाका अभियुक्तले दिएको बयानको आधारमा पक्राउ गरेको र धरौटीमा छोडेको उहाँले बताउनुभयो ।

पूर्व नेकपा माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका नेता यादव गएको एकवर्ष अघि जनकपुरको पीडारीचोकमा भएको सडक दुर्घटनाको विषयमा चाँसो लिँदै जिल्ला प्रहरी कार्यालयमा बुझ्न गएपछि प्रहरीसँग समान्य भानाभान भएको सोही क्रममा पहिलाको मुद्दामा प्रहरीले पक्राउ गरेको जनाइको छ ।

Continue Reading

समाचार

भन्सार कार्यालयका नासु भट्टराईलाई १० हजार सहित अख्तियारले पक्रियो

Published

on

कञ्चनपुर साउन २९, 

सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियारले गड्डाचौकी भन्सार कार्यालयका कर्मचारीलाई नगदसहित नियन्त्रणमा लिएकोे छ ।

भारतबाट सामान ल्याउदै गरेका सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियारले गड्डाचौकी भन्सार कार्यालयका नायव सुब्बा रामप्रसाद भट्टराईलाई नगद १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीको आधारमा भट्टराईलाई घुस लिइरहेको अवस्थामा नगद १० हजारसहित नियन्त्रणमा लिइएको अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरका प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो । 

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य8 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य8 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य8 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज10 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य12 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति11 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models1 year ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर