Connect with us

समाचार

विश्वकै बस्नलायक र बस्न अयोग्य शहरको सहरको सुचीमा को को परे हेर्नुहोस ? काठमाडौँ के भयो त् !

Published

on

एएफपी, साउन २९
यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हँुदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो ।

प्रतिवेदनमा विश्वका १० वटा शरहलाई एक दुई तीन गरी अङ्कित गरिएको छ । प्रथम स्थानमा ९९.१ अङ्क प्राप्त गरी भियना प्रथम स्थानमा रहेको छ । अस्ट्रेलियाको मेलबोर्नले ९८.४ अङ्क प्राप्त गरी दोस्रो स्थानमा परेको छ । मेलबोर्न विगत सात वर्षदेखि लगातार पहिलो स्थानमा रहँदै आएको थियो । तेस्रो स्थानमा जापानको ओसाका सहर परेको छ ।

क्यानाडाको क्यालगरी चौथो स्थानमा, अष्ट्रेलियाको सिड्नी पाँचौ स्थानमा, क्यानाडाकै भ्यानकोभर र टोरन्टो क्रमशः छैटौं र सातौं स्थानमा, जापानको टोकियो आठौं, डेनमार्कको कोपनहेगन नवौं र अष्टे«लियाको एडिलेड दशौं स्थानमा परेका छन् । उत्कृष्ट १० स्थानमा परेका यी शहरलाई हेर्दा अष्ट्रेलिया र क्यानाडामा तीन तीन शहरहरु परेका छन् ।

भिएना अष्ट्रेलियाको मेलबोर्न शहरलाई पछि पार्दै आगाडि पहिलो नम्बरमा आएको छ । भिएनामा अपराधमा कमी आएको, यातायातको सुविधा, शिक्षा र स्वास्थ्य सुविधा जस्ता कुरा लगायत राजनीतिक स्थायित्वको कारण पनि बस्न लायक शहरको पहिलो स्थानमा परेको बताइएको छ ।

बस्न अयोग्य शहरको सूचीमा पहिलो नम्बरमा सिरियाको राजधानी दमास्कस रहेको छ । यस्तै बङ्गलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराची र पपुवा न्यु गिनीको पोर्ट मोरेस्बी पनि बस्न अयोग्यको सूचीमा रहेका छन् । पाँच वर्षयता अबिद्जान, हनोइ, बेलग्रेड र तेहरान सहरले भने विकासको फड्को मारेका छन् ।

समाचार

विद्यालयलाई नतिजा प्रकाशनमा भ्याईनभ्याई ,शैक्षिक सुधार गर्न अभिभावकले भूमिका खेल्नुपर्नेमा जोड

Published

on


सीताराम चौधरी
कपिलवस्तु, २५ चैत ।

यतिबेला कपिलवस्तुसहित देशका विभिन्न जिल्लाका सामुदायिक र निजी विद्यालयहरुलाई वार्षिक नतिजा प्रकाशनमा भ्याईनभ्याई छ ।


नयाँ शैक्षिक सत्रको शुरुवातसँगै विद्यार्थी भर्ना अभियान संचालन गरी विद्यार्थी आकर्षण गर्न विद्यालयहरुलाई नतिजा प्रकाशनमा दौडधुप चलेको हो । कपिलवस्तुका कतिपय विद्यालयले नतिजा प्रकाशन गरी भर्ना अभियान शुरु गरिसकेका छन् भने कतिपय विद्यालयहरुमा नतिजा प्रकाशनको तयारीमा छन् ।
यसै सिलसिलामा जिल्लाको शिवराज नगरपालिका १, शिवपुरस्थित सरस्वती आधारभूत विद्यालय २८औं वार्षिकोत्सव तथा १४औं अभिभावक दिवससहित वार्षिक नतिजा प्रकाशन गरेको छ ।
कार्यक्रमको अवसरमा विभिन्न बक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिक्षक अभिभावकबीच प्रगाढ सम्बन्ध हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विद्यालयका वरिष्ठ सदस्य बुधराम थारु, शिवराज जेसिजका अध्यक्ष सरोज पौडेल, भूपू सैनिक कल्याणकारी कोषका अध्यक्ष धनबहादुर के.सी., समाजसेवी एवं शिक्षाप्रेमी विष्णुप्रसाद अधिकारी, पूर्व शिक्षक विष्णुबहादुर जिसी, व्यवस्थापन समिति सदस्य ऋषिराम खनाल, जनआदर्श युवा क्लबका अध्यक्ष योगेन्द्र पुन लगायतले अभिभावकहरुकै बेवास्ताका कारण सामुदायिक विद्यालयको गुणस्तर खस्केको आरोप लगाए । निजी विद्यालयमा पढ्ने छोराछोरीको ख्याल गर्ने अभिभावकले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पढाइप्रति विशेष ध्यान दिने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा समेत आमूल परिवर्तन आउने वक्ताहरुले औल्याएका थिए । विद्यालयको अग्रगामी विकासका लागि अभिभावकहरु जागरुक हुनुपर्ने उनीहरुले जोड दिए ।
यसैबीच विद्यालय उत्कृष्ट, कक्षा उत्कृष्ट र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने बालबालिकाहरुका लागि शिवराज जेसिजका अध्यक्ष एवं हाम्रो पुस्तक पसलका प्रोप्राइटर सरोज जिसीले पुरस्कार सौजन्य गरेका थिए । स्वर्गीय आमा–बुवाको स्मृतिमा पौडेलले पुरस्कार सौजन्य गरेका हुन् । विद्यालयमै उपस्थित भई पौडेलले बालबालिकाहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा दुईसय जनालाई खाजाको लागि गंगादेवी ट्रेडर्सका प्रोप्राइटर दमन प्रसाद क्षेत्री र युवा व्यवसायी रामचन्द्र के.सी.ले सौजन्य गरेको विद्यालयले जनाएको छ । पौडेलले यस वर्ष मात्र नेपाल राष्ट्रिय आधारभूत विद्यालय भगवानपुरका बालबालिकाका लागि समेत पुरस्कारको सौजन्य गरेको बताइएको छ । पुरस्कार वितरण गर्दै पौडेलले स्वर्गीय बुबा आमाको स्मृतिमा यस किसिमको कार्यलाई निरन्तरता दिंदै जाने बताएका छन् । केही वर्षभित्र शिवराज नगरपालिकाका सबै विद्यालयमा पालो गरी शैक्षिक सहयोग गर्ने उद्घोष गरेका छन् । यसका साथै विद्यालयका शैक्षिक गतिविधिमा चासो देखाउने तीन जना अभिभावकलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा ऋषिराम खनाल, बुधराम थारु र राजी थारु रहेका छन् । कार्यक्रमको अवसरमा बालबालिकाहरुले नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।

Continue Reading

समाचार

देवचुली नगरिमा थप एक पर्यटकीय गन्तव्य समृद्धिकाे ढाेका खुल्छ :अध्यक्ष भण्डारी

Published

on

३ चैत ,नवलपुर

देवचुली नगरपालिका वडा न १ तल्लो केउरानिमा झण्डै ६५ घर वाेटे माझी रहेका छन् । दैनिक जसाे माछा मार्ने , निहुराे टिप्ने यिनिहरुकाे दिनचर्या नै हाे । हालै मात्र चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ती उपभोक्ता समितिले ४ दिनकाे हाेम स्टे व्यवस्थापन र सञ्चालन तालिम दिई सकेपछि दिनचर्या फेरिन थालेकाे छ । चैत २ शनिबार का दिन बृहत् अाम भेला काे अायाेजना गरिएकाे भेलामा यश क्षेत्रमा रहेका सराेकारवाला निकाय , सामजिक संघ सस्था , वडा कार्यालय , सहकारी शिसवार मध्यवर्ती उपभोक्ता समिति , स्थानिय वुद्दिजिवि अादिकाे उपस्थिति रहेकाे थियाे ।

भेलाले प्रस्तावित नाम र तदर्थ समिति समेत गठन गरेकाे छ । तदर्थ समितिकाे अध्यक्षमा दल वहादुर वाेटे र शिसवार वाेटे माझी सामुदायिक हाेम स्टे नामााकरण गरिएको छ । मुलुकमै अल्पसंख्यक जातिकाे रुपमा रहेकाे माझी , वाेटे काे परम्परागत पेशा लाई विस्तारै छाड्दै पर्यटन व्यवसाय लाई अगालि दिगाे जिविकाेपार्जन गर्ने संकल्प गरेका छन् । सुरवातमा ११ घरवाट सुरु गरि पछि घरहरु विस्तार गरिने वताउनुहुन्छ दिव्यज्याेति कृषि सहकारिका अध्यक्ष वावुराम माझी । केहिले चाैधरि उद्योग मा जागिर , ज्यालामजदुरि गरेपनि अधिकांश बेरेाजगार छन् । पर्यटन अभियान्ता नेत्र बहादुर पाण्डे का अनुसार राज्यले सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा लिई बीस लाख विदेशि पर्यटक नेपाल भित्र्याउने लक्ष्यमा यश हाेम स्टेले पनि सहयाेग हुने र ३ वर्ष भित्रमा नेपालकै एकमात्र नमुना हाेम स्टे वन्ने जिकिर गर्नुभयाे । निकुञ्ज भित्र पस्न राेकिने तथा मानव र वन्यजन्तुको द्वन्द कम हुने , अार्थिक उपार्जन सजिलै हुने हुदा हाेम स्टेमा लाग्नै पर्ने वताउनुहुन्छ शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लिलाधर अधिकारी । कार्यक्रमकाे प्रमुख अतिथि रहनुभएकाे देवचुलि नगरपालिका वडा नं १ का वडा अध्यक्ष लक्ष्मणराज भण्डारी भन्नुहुन्छ कि हिजाेकाे दिनमा जे गरियाे अाज अवस्था वेला फेरिएको छ , सुखि नेपाली र समृद्ध नेपाल काे अभियान राष्ट्रिय नारा वनिरहदा अव वन्ने हाेम स्टेले यहाकाे समृद्धिकाे ढाेका खुलेकाे छ यसैमा प्रतिवद्द भएर लाग्न समेत अाग्रह गर्नुभएको थियाे । कार्यक्रममा विभिन्न उप समितिहरु वनाई दुर्त गतिमा कार्य अगाडि वढाईने जानकारि दिनुभएको थियाे ।

देवचुली नगरपालिका वडा न १ तल्लो केउरानिमा झण्डै ६५ घर वाेटे माझी रहेका छन् । दैनिक जसाे माछा मार्ने , निहुराे टिप्ने यिनिहरुकाे दिनचर्या नै हाे । हालै मात्र चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ती उपभोक्ता समितिले ४ दिनकाे हाेम स्टे व्यवस्थापन र सञ्चालन तालिम दिई सकेपछि दिनचर्या फेरिन थालेकाे छ । चैत २ शनिबार का दिन बृहत् अाम भेला काे अायाेजना गरिएकाे भेलामा यश क्षेत्रमा रहेका सराेकारवाला निकाय , सामजिक संघ सस्था , वडा कार्यालय , सहकारी शिसवार मध्यवर्ती उपभोक्ता समिति , स्थानिय वुद्दिजिवि अादिकाे उपस्थिति रहेकाे थियाे । भेलाले प्रस्तावित नाम र तदर्समिति समेत गठन गरेकाे छ । तदर्थ समितिकाे अध्यक्षमा दल वहादुर वाेटे र शिसवार वाेटे माझी सामुदायिक हाेम स्टे नामााकरण गरिएको छ । मुलुकमै अल्पसंख्यक जातिकाे रुपमा रहेकाे माझी , वाेटे काे परम्परागत पेशा लाई विस्तारै छाड्दै पर्यटन व्यवसाय लाई अगालि दिगाे जिविकाेपार्जन गर्ने संकल्प गरेका छन् । सुरवातमा ११ घरवाट सुरु गरि पछि घरहरु विस्तार गरिने वताउनुहुन्छ दिव्यज्याेति कृषि सहकारिका अध्यक्ष वावुराम माझी । केहिले चाैधरि उद्योग मा जागिर , ज्यालामजदुरि गरेपनि अधिकांश बेरेाजगार छन् ।

पर्यटन अभियान्ता नेत्र बहादुर पाण्डे का अनुसार राज्यले सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा लिई बीस लाख विदेशि पर्यटक नेपाल भित्र्याउने लक्ष्यमा यश हाेम स्टेले पनि सहयाेग हुने र ३ वर्ष भित्रमा नेपालकै एकमात्र नमुना हाेम स्टे वन्ने जिकिर गर्नुभयाे । निकुञ्ज भित्र पस्न राेकिने तथा मानव र वन्यजन्तुको द्वन्द कम हुने , अार्थिक उपार्जन सजिलै हुने हुदा हाेम स्टेमा लाग्नै पर्ने वताउनुहुन्छ शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लिलाधर अधिकारी । कार्यक्रमकाे प्रमुख अतिथि रहनुभएकाे देवचुलि नगरपालिका वडा नं १ का वडा अध्यक्ष लक्ष्मणराज भण्डारी भन्नुहुन्छ कि हिजाेकाे दिनमा जे गरियाे अाज अवस्था वेला फेरिएको छ , सुखि नेपाली र समृद्ध नेपाल काे अभियान राष्ट्रिय नारा वनिरहदा अव वन्ने हाेम स्टेले यहाकाे समृद्धिकाे ढाेका खुलेकाे छ यसैमा प्रतिवद्द भएर लाग्न समेत अाग्रह गर्नुभएको थियाे । कार्यक्रममा विभिन्न उप समितिहरु वनाई दुर्त गतिमा कार्य अगाडि वढाईने जानकारि दिनुभएको थियाे ।

Continue Reading

समाचार

गर्भवती पहिचान घर कार्यक्रम

Published

on

सीताराम चौधरी

कपिलवस्तु, २ चैत ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा सहजै गर्भवती घर पहिचानका लागि झण्डा राखिने भएको छ । बालमैत्री असल शासन वडा घोषणामा थप सहयोगका लागि यस्तो अभियान संचालन गर्न लागिएको हो ।

गर्भवती महिला सुत्केरी नहुन्जेलसम्म घरको धुरीमा निलो रङको झण्डा लगाइन्छ । यसबाट गर्भजाँच सेवामा प्रोत्साहन, सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचान र योजना निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले बताए । अहिलेसम्म शिवराज १ मा गर्भवती महिलाको संख्या ६० रहेको इन्चार्ज पौडेलले जनाए ।

गर्भवती घर पहिचानका लागि एक कार्यक्रमका बीच झण्डा अनावरण गरिएको छ । प्रदेशसभा सदस्य अर्जुन कुमार केसी, नगर प्रमुख नेत्रराज अधिकारी र वडा १ का वडाध्यक्ष जगतबहादुर जिसीले संयुक्त रुपमा झण्डा अनावरण गरेका हुन् । वडा नं. १ लाई बालमैत्री असल शासन वडा घोषणा लागि आयोजित वृहत अन्तरक्रियामा झण्डा अनावरण गरी कार्यक्रम उद्घाटन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले बालबालिकाका लागि सबैजना अत्यन्त संयमित हुनुपर्नेमा जोड दिए । बालबालिका नै भविष्यका सम्बाहक भएकाले प्रशासनिक निकाय अत्यन्त निर्मम हुनुपर्ने उद्घोष गरे । बालबालिकाको हकअधिकारप्रति अमेरिका, जापान जस्ता देश अत्यन्त संयमित भएको उदाहरण दिंदै त्यसको सिको गर्दै बालमैत्री असल शासनका लागि हामी सबैले सोंच परिवर्तन गर्नुपर्ने बताए । छोरीलाई सधैं निगरानी गर्ने अभिभावकले छोराप्रति झन निगरानी बढाउन आवश्यक रहेको उनले जिकिर गरे । बालबालिकाका लागि अति मायालु वातावरणमा हुर्काउनुपर्ने प्रदेश सांसद के.सी.ले तर्क राखे । बालबालिकालाई विकृतिबाट जोगाउन सके मात्र बालमैत्री असल शासनले सार्थकता पाउने के.सी.ले विश्वास व्यक्त गरे ।

यता शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सबैको समान दृष्टिकोण भए बालमैत्री असल शासन घोषणा गर्न सकिनेमा जोड दिए । हाम्रो कार्यक्रम, हाम्रो जिम्मेवारी, हामीले नै गर्ने हो भन्ने भावनाको विकास गरी अगाडि बढ्न नगरप्रमुख अधिकारीले सबैलाई आग्रह गरे । नेपालको उन्नति र समुन्नतिमा बालबालिका पुग्न सकुन् भन्ने उद्देश्यका साथ बालमैत्री कार्यक्रमलाई सार्थक बनाउन सबैको सहयोग र साथको आवश्यकता रहेकोमा अधिकारीले जोड दिए ।

वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जि.सी.ले अबको ३ महिनाभित्र वडालाई बालमैत्री असल शासन घोषणा गरिने उद्घोष गरे । सोही अनुसार अभियानलाई अघि बढाइएको वडाध्यक्ष जि.सी.ले भने । राष्ट्रिय रणनीति र कार्यन्वयन कार्यविधि २०६८ बमोजिम बालबालिकाको सर्वाङ्गीर्ण विकासका साथै बालअधिकार सुनिश्चितताका लागि बालमैत्री स्थानीय शासन घोषणा अभियानलाई तीब्रता दिइएको उनले बताए ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ ले निर्दिष्ट गरेका सेवा प्रवाह सम्बन्धी २७ सूचक र संस्थागत विकास सम्बन्धी १२ सूचक गरी कूल ३९ वटा सूचक पूरा भएपछि बालमैत्री वडा घोषणा गर्न सकिने बताइएको छ ।

अभियानलाई सफल बनाउन कालिका स्वावलम्बन सामाजिक केन्द्रको प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जगदीश अर्याल, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्याय, शिवराज नगरका जनप्रतिनिधि, राजनैतिक दल, विद्यालय बालक्लब, संघसंस्था, आमासमूह, समाजेवी, शिक्षाप्रेमी, मानवअधिकारकर्मी, संचारकर्मी लगायतले वडा १ लाई बालमैत्री स्थानीय असल शासन अवलम्बनका लागि हस्ताक्षर गरी प्रतिबद्धता जनाएका थिए ।

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य8 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य8 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य8 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज10 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य12 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति11 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models1 year ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर