Connect with us

धर्म सस्कृति

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

Published

on

couple

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ । जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु ।

के हो मुलाङ्क ?

कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १‌‍‍‌+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १‌‍‍‌+४= ५ हुन्छ । ९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ ।

तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ । यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।

जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ । जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो । जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ । जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।

मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ । ८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ । जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन ।

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धर्म सस्कृति

माघी मिलन साँस्कृतिक महाेत्सव भव्य र सभ्य बनाउन अाग्रह ॥

Published

on

tharu programme

राम अवतार चाैधरी कपिलवस्तु/१० पाैष,

विगतका बर्ष झै गर्दै आईरहेकाे माघी मिलन साँस्कृतिक महाेत्सव यस बर्ष पनि हुने भएकाे छ । थारु समुदायकाे माघी पर्व नजिकिँदै गर्दा साे समुदायमा हर्ष उल्लास छाएकाे छ ।

“हम्मन संस्कृति हम्मनके शान, भूमि पुत्र थारु हमरे बचाई अप्न पहिचान” भन्ने मुल नारा सहित यहि पाैष २९ गते देखि सञ्चालन हुने कार्यक्रम ३ दिन सम्म चल्ने साथै कार्यक्रम भव्य र सभ्य बनाउन सबै जन समुदायलाई अाग्रह समेत अायाेजक कमिटीले गरेकाे बताएको छ ।  शिवराज न.पा.९, भगवानपुरकाे प्राङ्गणमा हुन गइरहेकाे कार्यक्रममा लाेप हुँदै गएकाे थारु साँस्कृतिक पहिचान झल्काउने पाेशाक लेहंगा चाेली, गहना गुरिया, हाटे निर्माण सामाग्री ढकिया लगायतको सामाग्री प्रदर्शन गरिने सह-संयाेजक भिखु थारुले बताएक छन् ।

त्यसैगरी साँस्कृतिक नृत्य लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरू कुसल तथा चर्चित गायक श्रीनिवास चाैधरी, एकदमै ख्याति प्राप्त गायिका अन्नु चाैधरी, त्यसैगरी निकै सुमधुर स्वरका धनी चर्चित गायिका समिक्षा चाैधरी, गायक रमेश मिसन, गायक सरगम चाैधरी, नव गायक उत्तम चाैधरी, गायक सिमान्त थारु, यसैगरी माेडल सुनिता दहित र गायक रञ्जित थारु लगायत कलाकारहरूको धमाकेदार प्रस्तुति रहने साँस्कृतिक संयाेजक शिवराज थारूले बताएका छन् ।

यसैबीच उक्त कार्यक्रम सफल बनाउन ९ मुल कार्य समिति गठन गरेकाे छ । जसकाे संयाेजकमा रमेश चाैधरी, सह-संयाेजकमा भिखु थारु, सचिवमा दु:ख राम थारु, काेषाध्यक्षामा शिवराज थारु, सह-काेषाध्यक्षामा प्रमिला थारु रहेका छन् । यसैगरी सदस्यहरूमा शेनापति थारु, शिव बालक थारु, गाेपाल थारु रहेकाे छन् । र साे कार्यक्रम भगवानपुर गाउँ समाजको अायाेजनामा हुन लागेकाे कार्यक्रम मूल संयाेजक रमेश चाैधरीले जानकारी दिनुभयो ।

Continue Reading

धर्म सस्कृति

थारु समुदायमा माघीको चहलपहल, माघ २ देखि ४ गतेसम्म चन्द्रौटामा माघी(खिचडी) महोत्सव लाग्ने

Published

on

maghi mela

सीताराम चौधरी कपिलवस्तु, ८ पुस ।

थारुहरुको महान पर्व माघी नजिकिंदै जाँदा थारु समुदायमा चहलपहल बढेको छ । थारु जातिको नयाँ वर्षको रुपमा मानिने माघी पर्वलाई धुमधामका साथ मनाउने थारु समुदाय यतिबेला तयारीमा जुटेका जुटेका छन् ।
विगत ९ वर्षदेखि कपिलवस्तुका थारु जातिहरु लोप हुन लागेको थारु जातिको संस्कृति जोगाउन माघी महोत्सवको रुपमा मनाउँदै आएका छन् । थारु समुदायको मौलिक कला, संस्कृति, भेषभुषा रहनसहन, परम्परालाई संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले माघी (खिचडी) महोत्सवको रुपमा रुपमा मनाउन थालेका हुन् ।

माघी(खिचडी) महोत्सवलाई भव्य रुपमा सफल बनाउन थारु कल्याणकारिणी सभा कपिलवस्तुको अगुवाईमा बुद्धभूमि नगरपालिकाको गोरुसिंगेस्थित थारु सभाहलमा वृहत भेला सम्पन्न भएको सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले जानकारी दिनुभयो ।

भेलाले यस वर्ष शिवराज नगरपालिकाको चन्द्रौटामा माघ २ देखि ४ गतेसम्म तीन दिने माघी (खिचडी) महोत्सव २०७५ लगाउने सर्वसम्मत निर्णय पारित भएको जिल्ला अध्यक्ष चौधरीले बताउनुभयो । जिल्लाको पश्चिमी क्षेत्रका थारुहरुलाई जागरुक बनाउन र यहाँको संस्कृति, भेषभुषा, पहिचानलाई उजागार गर्न चन्द्रौटालाई केन्द्रविन्दुमा राखी माघी महोत्सव गर्न लागेको उहाँको भनाई छ ।

तीन दिनसम्म चल्ने महोत्वसमा थारु समुदायको परम्परागत हस्तकला, थारु भाषाको विभिन्न प्रदर्शनी, खानाको परिकार घोँघी, ढिकरी, खरिया, बरिया, अनदीको भात, माछा लगायतको परिकार राखिने आयोजकले थारु कल्याणकारिणी सभाले जनाएको छ ।

माघी महोत्सवलाई भब्य र सभ्य बनाउनको लागि थारु कल्याणकारिणी सभा कपिलवस्तुका सभापति उमाशंकर चौधरीको संयोजकत्वमा ११३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । सह–संयोजकमा महादेव थारु, मन्जु थारु र सुमन थारु रहेका छन् भने अन्य सदस्यमा चयन गरिएको बताइएको छ ।

भेलामा पूर्व जिल्ला सभापति जन्जीर प्रसाद थारु, केन्द्रिय सदस्य भोजराज थारु, सुमित्रा थारु, पूर्व सभापति नागेन्द्र प्रसाद रौतार, राष्ट्रिय गायक श्रीनिवास चौधरी, बुद्ध सनेस साप्ताहिकका सम्पादक द्वारिका प्रसाद थारु लगायत जिल्लाका थारु अगुवा, बुद्धिजिवी, समाजसेवीहरुको सहभागिता रहेको थियो ।

Continue Reading

धर्म सस्कृति

श्रीमदभागवत सप्ताह लगाउन जानुभएका धर्मगुरुमथी विराटनगरमा गोलि प्रहार

Published

on

dharmaguru mathi goli prahar

मोरङ, चैत २५ – हिन्दु धर्मगुरु श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार भएको छ । गएराति १ बजेतिर विराटनगर महानगरपालिका – १४ जतुवामा उहाँमाथि गोली प्रहार भएको स्थानीयबासिन्दाले जनाएका छन् ।

तीन गोली लागेका श्रीनिवासको न्यूरो अस्पताल विराटनगरमै उपचार भइरहेको छ । कोशी अञ्चल अस्पतालले उपचार गर्न नसकेपछि न्यूरोमा उपचार भइरहेको र काठमाडौंबाट सर्जनहरुको टोली विराटनगर जान लागेको पनि अस्पतालमा रहेका उहाँका शुभचिन्तक र स्थानीयबासिन्दाले जनाएका छन् । प्रहरीले भने घटनाबारे केही बताएको छैन ।

सुनसरीको  चतारा धाममा बस्दै आएका श्रीनिवासलाई फोनबाट यसअघि पनि पटकपटक गोली हान्ने धम्की आउने गरेको थियो ।
श्रीमदभागवत सप्ताह लगाउनका लागि उहाँ चताराबाट विराटनगर जानुभएको थियो ।

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य8 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य8 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य8 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज10 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य12 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति11 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models1 year ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर