Connect with us

पत्रपत्रिकाबाट

ह्वील चियरले अपांगताको जीवनशैलीमा परिवर्तन

Published

on

सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), 
ह्वील चियर र ट्राईसाइकल पाएका शारीरिक रुपले अपांगता भएका १३ जना व्यक्तिहरुको जीवनशैलीमा परिवर्तन हुने भएको छ । ह्वीलचियरले आफूहरुलाई हिँडडुलमा ठूलो सहयोग पुग्ने भन्दै उनीहरुले खुशी व्यक्त गरे ।
शिवराज नगरस्तरीय अपाङ्गता पुनस्र्थापना समितिले एक कार्यक्रमको आयोजना गरी कपिलवस्तुका ११ र दाङका २ जना अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्वील चियर वितरण गरेको हो । शारीरिक अपांगताको प्रकृति हेरी १० जनालाई ह्वील चियर र ३ जनालाई ट्राई साइकल प्रदान गरिएको नगरस्तरीय अपांगता पुनस्र्थापना समिति शिवराजका अध्यक्ष दीपक खडकाले बताउनुभयो ।
अपांगता भएका व्यक्तिहरुलाई सहज तरिकाले हिँडडुल गर्नका लागि एन.आर.एस.डी. नामक संस्थाले विदेशी दातृ निकायसँग समन्वय गरी ह्विल चियर र ट्राईसाइकलको व्यवस्था गरेको नगरस्तरीय अपांगता पुनस्र्थापना समिति शिवराजका अध्यक्ष खडकाले जनाउनुभयो । कार्यक्रम सम्पन्न गर्न लेटर–डे सेन्ट च्यारिटी र अपांग उत्थान समाज गजेहडाको समन्वय रहेको थियो ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शारीरिक रुपले अपांगता भेषकुमारी थापालाई ह्विल चियर प्रदान गर्दै कार्यक्रम उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले अपांगता भएका व्यक्तिले आफू सबै कुरामा कमजोर छु भन्ने हिनताबोधबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख अधिकारीले अपांगता भएका व्यक्तिप्रति आफू सधैं सकारात्मक रहेको बताउँदै स्वावलम्बी जीवन यापनका लागि नगरपालिकाबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
चालु आर्थिक वर्षमा अपांगता भएका व्यक्तिहरुका लागि ६ लाख बजेट बिनियोजन गरेपनि विभिन्न कारणले खर्च हुन नसकेको उहाँले बताउनुभयो । अपाङ्गताको सवालमा अनविज्ञ हुँदा र उनीहरुको आवश्यकता पहिचान गर्न नसक्दा समस्या भएको उहाँले स्पष्ट पार्नुभयो । विगतका दिनमा भएका कमीकमजोरीलाई सुधार गर्दै समन्वय र सहकार्य गरी अगाडि बढ्ने समेत उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय अपांग पुनस्र्थापना समाजका निर्देशक सुगम भट्टराईले हालसम्म ६० जिल्लामा १३ हजार वढी ह्विलचियर र ट्राईसाइकल वितरण गरिसकेको जानकारी गराउनुभयो । उहाँले आफूले पाएको ह्वीलचियरलाई समय समयमा मर्मत, सम्हार गरी सही रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो । ह्वीलचियर नापजाँच गरिएकाले प्रयोग गर्दा असजिलो नहुने बताउनुभयो ।
कार्यक्रममा अपाङ्ग उत्थान समाजका अध्यक्ष केशव ढुङगाना, अपांग महासंघका पूर्वअध्यक्ष मित्रलाल शर्मा लगायतले नेपालमा अपाङ्गता भएका व्यक्तिहरु राजनीतिक अधिकारको लागि लड्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा शिवराज वडा नं. ५ का वडाध्यक्ष अर्जुनबहादुर पाण्डेय, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडा, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, शिवराज जेसिसका अध्यक्ष सरोज पौडेल, ट्राफिक सहायक प्रहरी निरीक्षक रामशरण कुमाल लगायतको उपस्थिति रहेको थियो । शिवराज नगरपालिकामा शारीरिक अपाङ्गता व्यक्तिहरुको सख्या ४ सय ८० रहेको छ ।

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पत्रपत्रिकाबाट

नेपालमा सघीयता असफल भएकै हो त ? हुन् थाल्यो चौतर्फी बिरोध

Published

on

HamroSagarmatha logo

स्थानीय तहले कर लगाउने तरिका ठीक भएन । जथाभावी लगाएर अधारको दुरुपयोग भएको छ । सघीयताकै विरोध हुन थालेको छ । त्यसकारण स्थानीय तहले कर जजभावी लगाउनबाट रोक्न दुईवटा काम गर्नुपर्छ । पहिलो, प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने र छलफल गर्ने ।

छलफलपछि कर जथाभावी लगउन रोक लगाउने । दोस्रो, कर उठाउन रोक लगाएपछि उनीहरुका योजनामा असर नपरोस् भनेर सीयता टोकन मनी उपलब्ध गराउनुपर्छ ।, राजेन्द्र महतो — राजपा अध्यक्षमण्डलका सदस्य । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

Continue Reading

पत्रपत्रिकाबाट

प्रेस विरोधी प्रावधान सच्याउन ध्यानाकर्षण

Published

on

HamroSagarmatha logo

भाद्र ०१, २०७५

नेपाल मिडिया सोसाइटीले मुलुकी फौजदारी संहिताका केही प्रावधान प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने खालका रहेकाले त्यसलाई तत्काल सच्याउन माग गरेको छ । मुलुकी ऐन प्रतिस्थापन गरी शुक्रबारदेखि लागू हुने संहिताका २९३ देखि ३०८ सम्मका दफामा समेटिएका प्रावधानले प्रेसले निर्बाध काम गर्न पाउने वातावरणमा गम्भीर धक्का पुगेको सोसाइटीको ठहर छ ।

सोसाइटी अध्यक्ष शुभशंकर कँडेलले बिहीबार वक्तव्य जारी गर्दै संहिताका ती व्यवस्था हटाउन र नयाँ ऐन–कानुन बनाउँदा संविधानको धारा १९ को आमसञ्चारको हकलाई विशेष ध्यान दिन आग्रह गरेका छन् । संहितामा भएका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउन तथा त्यस प्रकारको संहिताको व्यवस्था स्वतन्त्र प्रेसको हकमा लागू नहुने कुरा सम्बन्धित पक्षबाट कानुनी रूपमै स्पष्ट पार्न सोसाइटीले माग गरेको छ ।, आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

Continue Reading

पत्रपत्रिकाबाट

केन्याबाट उद्धार गरिए २१ नेपाली युवती

Published

on

By

काठमाडौं, ५ साउन । मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो ।
केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा छापा मारी नेपाली युवतीलाई मुक्त गरेको थियो ।

‘प्रहरीले नियमित छापा गर्ने क्रममा नेपाली युवतीलाई उद्वार गरेको हो’, केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले भने ।

अपराध एकाईका अनुसार मुख्य अभियुक्त समेत पक्राउ परेका छन् । ‘२१ नेपाली युवतीलाई मानवतस्करले केन्या ल्याएका हुन्,’ प्रहरीको ट्वीटर ह्याण्डलमा उल्लेख छ, ‘उनीहरुलाई क्लबमा गैरकानुनी ढंगले काममा लगाइएको थियो ।’

प्रक्राउ गगरिएका तीन अभियुक्तलाई मानव तस्करीबिरुद्ध कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

डान्सबारमा नर्तकी र यौनकर्म गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक काठमाडौं आउने गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य8 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य8 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य8 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज10 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य12 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति11 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models1 year ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर