Connect with us

राजनीति

विद्यालयमा संसदीय निर्वाचनको झल्को व्यवस्थापन समिति सदस्यका लागि चुनाव, कांग्रेस प्यानल विजयी !

Published

on

rastriya mavi chunab

सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), २१ जेठ ।

कपिलवस्तुको एक विद्यालयमा व्यवस्थापन समिति छनौटका लागि भएको चुनावको माहोलले संसदीय निर्वाचनको झल्को दिइरहेको थियो । विद्यालय प्राङ्गणमा दुई प्यानलको छुट्टाछुट्टै रौनक देखिन्थ्यो । निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष चुनावी मैदानमा उत्रिएका थिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले “साइकल” चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको थियो भने नेपाली कांग्रेसको प्यानल “बस” चिन्ह लिएर उम्मेदवारी दिएको थियो । बिहानैदेखि विद्यालयको वातावरण चुनावी माहोलले तातेको थियो ।

कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित राष्ट्रिय माविमा विद्यालय व्यवस्थापन समितिका चार जना सदस्य छनौटका लागि निर्वाचन भएको हो । लामो समयदेखि व्यवस्थापन समितिका लागि सहमति जुट्न नसकेको विद्यालयमा निर्वाचनको माध्यमबाट व्यवस्थापन समिति छनौट गरिएको छ ।

विहान ७ बजेबाट शुरु भएको निर्वाचन दिउँसो २ बजे सकिएको थियो । कूल ११सय ६२ अभिभावक रहेको विद्यालयमा ६१५ अभिभावकले मतदान गरेका थिए । निर्वाचनबाट ‘बस’ चुनाव चिन्ह लिएर प्रतिष्र्धामा उत्रिएको नेपाली कांग्रेस प्यालनका सदस्यहरुले बहुमतले जीत हासिल गरेका छन् ।

चुनावमा करोडपति केवटले ३०४ मत, रेनु थापाले ३२० मत, सन्तराम चौधरीले ३१४ मत र उमेश थारु चौधरीले ३२० मत प्राप्त गरी प्यानलै विजयी भए । प्रतिष्पर्धी नेकपा प्यानलको साइकल चुनावचिन्हका उम्मेदवार सुशिला चौधरीले २३६ मत, कविता आचार्यले २२९ मत, रामनिवास मौर्यले २२१ मत र साहु थारुले २२२ मत ल्याएको विद्यालयका प्रधानाध्यापक टिकाराम पाण्डेले जानकारी दिए । यता घडी चुनावमा एकल उम्मेदवारी दिएका मो. तोफिक खाँले ४ मत प्राप्त गरेको बताइएको छ । विजयी व्यवस्थापन समिति सदस्यहरुलाई सांसद अभिशेष प्रताप शाहले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

सुबोध रेग्मी लेट्स गो मीडिया प्रालिका प्रबन्ध निर्देशक हुनुन्छ, उहा यस हाम्रो सगरमाथाका प्रमुख सम्पादक हुनुन्छ, बिगत २ दशकदेखि पत्रकारिता गर्नुभएका उहाँ कम्प्युटर इन्जिनियरिंग अध्यान गर्दै हुनुन्छ लेट्स गो मीडिया प्रालि एक सफ्टवेयर कम्पनि हो यसले वेबसाइट एप तथा बिभिन्न काम गर्छ

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

राजनीति

गच्छदारको प्यानालबाट जयसवाल महाअधिवेशन प्रतिनिधी चयन ।।

Published

on

bijaye jaisawal niyukta

कपिलवस्तु पुष ८/हाम्रो सगरमाथा

नेपाली काग्रेंसका नेता तथा पुर्व उप्रधानमन्त्री विजय कुमार गच्छदार र नेपाली काग्रेंस कपिवस्तुका युवा नेता विजय जयसवाल विच भेटवार्ता भएको छ । भेटघाट कार्यमा विजय जयसवाले नेता गच्छदारको प्यानालबाट महाअधिवेशन प्रतिनिधी समेत पाउनु भएको । नेपाली काग्रेँसको महासमितिको बैठकको समयमा कपिलवस्तुबाट काठमाण्डौँ गएका जयसवालले कपिलवस्तुको समग्र विकासको लागि पहल गर्न नेपाली काग्रेंसका नेता तथा पुर्व उप्रधानमन्त्री विजय कुमार गच्छदारलाई आह्वान गर्नु भएको थियो ।
जयसवालले नेता गच्छदारसगं कपिलवस्तुको थारु, मदेशी, मुस्लीम आदीवासी जानजातीको हकअधिकारको बारेमा विशेष योजना ल्याउनाका लागि पहल गरिदिनु हुन आग्रह गर्नुभएको थियो । जवाफमा नेपाली काग्रेंसका नेता तथा पुर्व उप्रधानमन्त्री विजय कुमार गच्छदारले कपिलवस्तुको विकासका लागि आफु पटक पटक विभिन्न मन्त्रालयमा गई पहल गरेको बताए । उहाले भन्नुभयो मैले आफनो कार्यकालमा कपिलवस्तुको विभिन्न ठाउमा अनुगमन गरी विकासको लागि विभिन्न योजना सञ्चालन गरेको अवगत गराउनु भयो ।

Continue Reading

पत्रपत्रिकाबाट

पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाव

Published

on

kp oli

पत्रपत्रिका

गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको खबर आज कारोबार दैनिकले छापेको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबाव आएपछि गृह पछि हटेको उच्च स्रोतले जानकारी दिएको खबर आजको कारोवार दैनिकले लेखेको छ ।

गत जेठ २४ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई गैरसरकारी संस्थाको आर्थिक कारोबार तथा चलअचल सम्पत्ति विवरण संकलन गरी पठाउन निर्देशन दिएको थियो ।त्यसको एक साता बित्न नपाउँदै असार ४ गते गृहले नै देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै तत्काल यसअघि दिइएको गैरसरकारी संस्थाबारेको निर्णय कार्यान्वयन नगर्नू भन्दै अर्को सर्कुलर गरेको थियो ।

Continue Reading

पत्रपत्रिकाबाट

‘७० नाघ्नुभयो, विश्राम लिनुहोस्’

Published

on

By

काठमाडौं, १२ असार । कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् । पार्टी ओरालो लाग्दै गएको विषयलाई उनीहरूको उमेरसँग जोड्दै पछिल्लो पुस्ताका नेताहरू भन्छन्, ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ।’ तर, दुवैको छाँट त्यस्तो छैन ।

केही समयअघि नेता बालकृष्ण खाँणले दुवैलाई भने पनि ‘तपार्इंहरूसँग अझै नयाँ विचार केही छ भने त्यसलाई ल्याउनुहोस्, नत्र नेतृत्व हस्तान्तरणतिर लाग्नुहोस् ।’ जब नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्छ, देउवा ९२ वर्षमा सत्तामा पुनः उदाएका मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् । कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् ।

युवा नेताहरू भने अब ‘गर कि छाड’ को अडानमा पुगेका छन् । राज्यका तीनै तहका निर्वाचनमा पार्टी नराम्ररी हारेपछि उनीहरू शुद्धीकरणका लागि नेतृत्व परिवर्तनको जोडमा लागेका छन् । कान्तिपुरमा खबर छ ।

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य8 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य8 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य8 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज10 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य12 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति11 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models1 year ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर