Connect with us

राजनीति

कम्युनिष्ट एक भए हामी किन नहुने ?

Published

on

काठमाडौं

कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युष्टि शक्तिहरुको एकताले कांग्रेसीहरुलाई समेत एक हुन दबाब बढेको बताएका छन । राजधानीमा नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै देउवाले माओवादी र एमाले बीचको एकताले कांग्रेसीहरुलाई समेत एक हुन दबाब बढेको बताए ।

‘कम्युष्टिहरु एक भए हामी किन एक नहुने ? एउटा निर्वाचन हार्दैमा आत्तिनु पर्ने अवस्था छैन, पटक पटक हारेको कांग्रेसले धेरै पटक जितेको छ, एक होऔं फेरी पनि जितिन्छ,’ देउवाले भने । उनले आफू पार्टी सभापति भएका नाताले सँधै पार्टीलाई एक बनाए अघि बढाउने पक्षमा नै रहेको भन्दै कसैले गेट आउट भन्दैमा पार्टी बाट कसैलाई पनि हटाउन सहज नहुने समेत प्रष्ट पारे । ‘म पार्टी सभापति हुँ मेरो चाहना पार्टीलाई एक भएर लैजाने छ, अरु आउँदा पनि सबैको इच्क्षा त्यही हुने हो, गेट आउट भन्दैमा हुँदैन,’ देउवाले थपे । प्रजातन्त्रको सबै भन्दा ठूलो आवश्यकता नै प्रेस स्वतन्त्रता भएको भन्दै देउवाले स्वतन्त्र प्रेसको मान्यतामा कांग्रेस कहिल्यै विचलित नहुने स्पष्ट पारे । वरिष्ठ नेता रामचन्द्र पौडेलले संघियतमा मुलुक अघि बढ्दै गर्दा संघियताकै लागि लड्ने शक्ति पछि परेको दाबी गरे ।

‘मुलुकमा संघियता र लोकतन्त्रका लागि जसले लड्यो, त्यही शक्ति आज पछि परेको छ, संघियता शब्द उच्चारण नै नचाहने शक्ति सत्तामा पुग्यो, कलाकारिताले मुलुकमा राजनीतिक स्थायीत्व हुँदैन,’ पौडेलले भने । उनले संघियता मार्फत अघि बढिसकेको देश अब पछि हट्न नसक्ने भन्दै संसदलाई विकासका नाममा बजेट बाडेर स्थानीय तहको अधिकारलाई खोस्न नहुनेमा जोड दिए ।

पार्टी भित्रको एकताका विषयमा भने पौडेलले इच्छाले मात्रै पार्टी एक नहुने बताए । ‘इच्छ्या गरेर मात्रै एकता हुँदैन, न्याय, निश्पक्षता र पारदर्शिताबाट मात्र एकताको सन्देश दिन सकिन्छ,’ वरिष्ठ नेता पौडेलले थपे ।

वर्तमान सरकारको सय दिनलाई भने नेता पौडेलले फुस्रो पातको संज्ञा दिए । हुने विरुवाको चिल्लो पात भनेझै सरकारको सुरुवाती दिन नै फुस्रो भएको पौडेलले बताएका हुन । कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने सरकारको सय दिनको काम संघियता र समावेशिताको विरुद्ध सिण्डीकेट लाद्न मात्रै केन्द्रित भएको बताए । निधिले प्रधानमन्त्री केपी ओली दक्षिण तर्फ गएर लम्पसार परेको भन्दै कहिले उत्तर र कहिले दक्षिण गर्दा राष्ट्रियता लतारिएको बताए । महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन आफुले भूमिका निर्वाह गरिरहेको बताए । कोइरालाले कांग्रेसका लागि आगामी निर्वाचनमा ५१ प्रतिशत मत चाहिने भन्दै पार्टी भित्रको गुट उपगुट अन्त्य गर्नु पर्ने नै मूल आवश्यकता रहेको औंल्याए । नेता डा मिनेन्द्र रिजालले आफुलाई मन नपरेको कुरा लेख्न बन्द गराउँदा आफुलाई मन परेको कुरा लेखाउँने स्वतन्त्रता समेत गुम्ने भएकाले प्रेसलाई स्वतन्त्र रुपमा जिम्मेवारी निर्वाह गर्न दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, प्रेस युनयन महासचिव अजयबाबु शिवाकोटी, टे«ड युनियनका अध्यक्ष खिलानाथ दाहाल लगायतले संचार क्षेत्रको भूमिका र आवश्यकताका विषयमा धारणा राखेका थिए ।

राजनीति

गच्छदारको प्यानालबाट जयसवाल महाअधिवेशन प्रतिनिधी चयन ।।

Published

on

bijaye jaisawal niyukta

कपिलवस्तु पुष ८/हाम्रो सगरमाथा

नेपाली काग्रेंसका नेता तथा पुर्व उप्रधानमन्त्री विजय कुमार गच्छदार र नेपाली काग्रेंस कपिवस्तुका युवा नेता विजय जयसवाल विच भेटवार्ता भएको छ । भेटघाट कार्यमा विजय जयसवाले नेता गच्छदारको प्यानालबाट महाअधिवेशन प्रतिनिधी समेत पाउनु भएको । नेपाली काग्रेँसको महासमितिको बैठकको समयमा कपिलवस्तुबाट काठमाण्डौँ गएका जयसवालले कपिलवस्तुको समग्र विकासको लागि पहल गर्न नेपाली काग्रेंसका नेता तथा पुर्व उप्रधानमन्त्री विजय कुमार गच्छदारलाई आह्वान गर्नु भएको थियो ।
जयसवालले नेता गच्छदारसगं कपिलवस्तुको थारु, मदेशी, मुस्लीम आदीवासी जानजातीको हकअधिकारको बारेमा विशेष योजना ल्याउनाका लागि पहल गरिदिनु हुन आग्रह गर्नुभएको थियो । जवाफमा नेपाली काग्रेंसका नेता तथा पुर्व उप्रधानमन्त्री विजय कुमार गच्छदारले कपिलवस्तुको विकासका लागि आफु पटक पटक विभिन्न मन्त्रालयमा गई पहल गरेको बताए । उहाले भन्नुभयो मैले आफनो कार्यकालमा कपिलवस्तुको विभिन्न ठाउमा अनुगमन गरी विकासको लागि विभिन्न योजना सञ्चालन गरेको अवगत गराउनु भयो ।

Continue Reading

पत्रपत्रिकाबाट

पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाव

Published

on

kp oli

पत्रपत्रिका

गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको खबर आज कारोबार दैनिकले छापेको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबाव आएपछि गृह पछि हटेको उच्च स्रोतले जानकारी दिएको खबर आजको कारोवार दैनिकले लेखेको छ ।

गत जेठ २४ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई गैरसरकारी संस्थाको आर्थिक कारोबार तथा चलअचल सम्पत्ति विवरण संकलन गरी पठाउन निर्देशन दिएको थियो ।त्यसको एक साता बित्न नपाउँदै असार ४ गते गृहले नै देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै तत्काल यसअघि दिइएको गैरसरकारी संस्थाबारेको निर्णय कार्यान्वयन नगर्नू भन्दै अर्को सर्कुलर गरेको थियो ।

Continue Reading

पत्रपत्रिकाबाट

‘७० नाघ्नुभयो, विश्राम लिनुहोस्’

Published

on

By

काठमाडौं, १२ असार । कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् । पार्टी ओरालो लाग्दै गएको विषयलाई उनीहरूको उमेरसँग जोड्दै पछिल्लो पुस्ताका नेताहरू भन्छन्, ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ।’ तर, दुवैको छाँट त्यस्तो छैन ।

केही समयअघि नेता बालकृष्ण खाँणले दुवैलाई भने पनि ‘तपार्इंहरूसँग अझै नयाँ विचार केही छ भने त्यसलाई ल्याउनुहोस्, नत्र नेतृत्व हस्तान्तरणतिर लाग्नुहोस् ।’ जब नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्छ, देउवा ९२ वर्षमा सत्तामा पुनः उदाएका मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् । कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् ।

युवा नेताहरू भने अब ‘गर कि छाड’ को अडानमा पुगेका छन् । राज्यका तीनै तहका निर्वाचनमा पार्टी नराम्ररी हारेपछि उनीहरू शुद्धीकरणका लागि नेतृत्व परिवर्तनको जोडमा लागेका छन् । कान्तिपुरमा खबर छ ।

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य5 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य5 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य5 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज7 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य9 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति8 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models10 months ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर