Connect with us

बिचार/ब्लग

किन हुन्छ स्वास्थ्य चौकीमा औषधी अभाव ?

Published

on

नरनाथ पाण्डे

स्वास्थ्य संस्थामा औषधी अभावको समस्या सधै रहने गरेको छ । यो वर्ष पनि स्वास्थ्य संस्थामा औषधीको अभाव भएको र यससम्बन्धी गुनासो केन्द्रसम्म नै पुगेको देखिन्छ । नेपालको संविधान
२०७२ को भाग ३ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । धारा
३५ को उपधारा १ मा “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क
रुपमा प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन”
भन्ने उल्लेख छ । यसअनुसार जनताले सामान्य खालका रोगहरु लागेमा पाउने सामान्य
आधारभूत तहको उपचार निःशुल्क पाउनुपर्ने हो । तर आधारभूत तहको
उपचारका लागि चाहिने अत्यावश्यक औषधी नै सधैं अभावको चपेटामा पर्ने गरेको यथार्थ
छ ।

त्यस्तै, धारा ३५ को उपधारा २ मा “प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ” भन्ने व्यवस्था छ । यस हिसावले स्वास्थ्यकर्मी वा चिकित्सक र सम्बन्धित स्वास्थ्य संस्थाले जानकारी दिनुपर्ने हो । तर, यो नेपालीको लागि आकाशको फल जस्तै भएको छ।

यसैगरी उक्त धाराको उपधारा ३ मा “प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको
हक हुनेछ” भन्ने व्यवस्था छ । तर, सबै नागरिकले साँच्चै स्वास्थ्य सेवा पाएका छन् त ?
स्वास्थ्य सेवा शहरमा बस्नेले मात्र होइन विकट गाउँको कुना काप्चामा बस्नेले पनि समान
रुपले पाउनुपर्ने हो । प्राथमिक स्वास्थ्य हेरचाहको मूलभुुत उद्धेश्य पनि यही हो ।
धारा ३५ को उपधारा ४ मा “प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको
हक हुनेछ” भन्नेजस्ता कुराहरु मौलिक हकको रुपमा राखिएको छ । तर, के संविधानमा उल्लेख
भए झैं सर्वसाधारण जनताले स्वास्थ्य सेवा पाएका छन् त ? प्रश्न गम्भीर छ । स्वास्थ्यमा
विभिन्न खालका विकृतिहरु छन् जसमध्ये स्वास्थ्य संस्थामा सधैं औषधीको अभाव भइरहनु एक
समस्या हो । आखिर स्वास्थ्य संस्थामा औषधी अभाव किन हुन्छ त ? औषधी खरीदको
लागि पहिलाको प्रक्रिया कस्तो थियो र हाल स्थानीय तहमा औषधी खरीदको समेत अधिकार
गएपछि औषधी खरीद तथा वितरण प्रक्रिया कस्तो छ भन्ने विषयवस्तुमा यो आलेख केन्द्रित
छ ।

सरकारले नेपालको संविधान २०७२ ले तोकेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा जनतालाई प्रदान गर्ने भनी विभिन्न खालका अत्यावश्यक आधारभूत औषधीहरु सरकारी स्वास्थ्य
संस्थामार्फत निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ । सरकारले स्वास्थ्य चौकीमा ३५
किसिमका औषधी निःशुल्क उपलब्ध गराउने र स्वास्थ्य संस्थाको तहअनुसार यस्ता निःशुल्क
वितरण गर्ने औषधीहरु ७० वटासम्म पु¥याएको छ । यसरी निःशुल्क रुपमा वितरण
गरिने त्यस्ता औषधीहरुको सूची स्वास्थ्य संस्थामा टाँस गर्नुपर्ने प्रावधान छ । तर,
ती ३५ वा ७० प्रकारका सबै औषधीहरु कहिल्यै पनि स्वास्थ्य चौकीमा देख्न नपाइएको
जनगुनासो छ । कम्तीमा अत्यावश्यक औषधी भनी सूचिकृत गरिएका औषधीहरु मात्र
भएपनि नियमितरुपमा स्वास्थ्य चौकीमा उपलब्ध भएमा जनताले ठूलो राहतको अनुभव गर्ने
थिए । तर, त्यस्तो हुन सकेको छैन । स्वास्थ्य संस्थामा औषधी अभाव हुनुमा सरकारले
छुट्टयाएको रकम अभाव एउटा कारण भएपनि त्यो भन्दा जटिल र वास्तविक कारण भने अन्य छन्

खासगरी सरकारी स्वास्थ्य संस्थाहरुमा आपूर्ति हुने औषधीहरु पहिला केन्द्र स्तरमा स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको आपूर्ति व्यवस्था महाशाखा, क्षेत्रमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय तथा
क्षेत्रीय मेडिकल स्टोर र जिल्लामा जिल्ला जन÷स्वास्थ्य कार्यालयबाट खरीद गर्ने गरिन्थ्यो भने
प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालहरुमा समेत केही रकम विनियोजन भइ ती
निकायहरुबाट समेत खरीद गर्ने प्रचलन थियो । यीबाहेक बेलाबखत विभिन्न खालका दातृ
निकायहरुबाट समेत सहयोग स्वरुप औषधी तथा उपकरणहरु वितरण गर्ने काम हुन्थ्यो ।
हालसम्म पनि करीब यस्तै भइरहेको अवस्था छ । अब स्थानीय तहको समेत गठन भइसकेको
सन्दर्भमा चाहिं बजेट स्थानीय तहमा हस्तान्तरण हुने भएपछि स्थानीय तहहरुले नै औषधी
खरीद गर्ने अख्तियारी पाएका छन् ।

औषधी खरीद गर्दा टेण्डर आव्हान गरी कागजी प्रक्रिया पुरा गर्ने गरिन्छ । यस क्रममा जुन कम्पनीले कम दरभाउमा टेण्डर हाल्छ, उसैको टेण्डर स्वीकृत हुने प्रचलित नियमलाई अनुसरण गरिन्छ । यसो गर्दा सरकारी नियमानुसार औषधी खरीद त हुने तर त्यसक्रममा विभिन्न किसिमका चलखेल हुने
कुरा कुनै नौलो होइन । जस्तैः कम प्रचलित खालका कम्पनीहरुको औषधी सस्तो दरभाउ
गराई स्वीकृत गर्ने । अनि कमिसनको लोभमा ठूलो परिमाणमा औषधी खरीद गर्ने
। कम्पनीको गोदाममा भएका म्याद नाघ्नै लागेका औषधी खरीद गर्ने र थप कमिसन खाने
समस्या देखिन्छ । स्वास्थ्य संस्थामा खासै खपत नहुने अनावश्यक खालका औषधी किन्ने गरिन्छ ।
औषधी किन्दा कुन खालका औषधी कुन परिमाणमा किन्ने भन्नेकुरामा सोंचविचार नगरी
कुन उत्पादनमा कति कमिसन आउँछ भनी हचुवाका आधारमा किन्ने परिपाटी पनि उत्तिकै छ ।
औषधीको मागको आधारमा नभई कम्पनीको गोदाममा स्टक बढी भएको आधारमा
औषधी किन्ने गरिन्छ । यसबाट थप कमिसन खाने काम हुन्छ । त्यस्तै, बढी खरीद गर्नुपर्ने
औषधीको टेण्डरमा बढी रकम राख्ने तर कम खपत हुने औषधीमा कम मूल्य राखी
टेण्डर हात पार्ने गरिन्छ । यसरी औषधी खरीद गर्दा औषधी खरीदकर्ता र औषधी
बिक्रेताबीच कमिसनको मोलमोलाइ हुने गरेको बुझिन्छ ।

यसरी किनेका औषधीहरु सरकारको गोदाममा राखेपछि अब विभिन्न जिल्लामा वा विभिन्न स्वास्थ्य संस्थाहरुमा पठाउने गरिन्छ । औषधी आपूर्तिको सिद्धान्तअनुसार पुस सिस्टमले होइन पुल सिस्टम अनुसार औषधी पठाउनुपर्दछ भन्ने मान्यता देखिन्छ । तैपनि त्यस्तो सिद्धान्त खासै अपनाएको पाईंदैन र प्रायः हचुवा नै हुने गर्छ । यातायात तथा अन्य समस्या देखाई औषधी खरीद गर्नासाथ स्वास्थ्य चौकीमा पठाइन्न बरु भण्डारण गरिन्छ । औषधी धेरै दिन भण्डार गरिराख्दा चिसो वा आर्दताका कारण कतिपय औषधीहरु बिग्रिसकेका हुन्छन् भने कुनै म्याद नाघिसकेका पनि
हुन्छन् । यसले गर्दा म्याद नाघेका वा बिग्रिएका औषधीहरुको व्यवस्थापन गर्न समस्या मात्र
पर्ने गरेको छ । स्वास्थ्य संस्थामा हालसालै प्राप्त भएको औषधी भएतापनि ती म्याद
नाघिसकेका हुनाले पुनः अभाव खट्किहाल्छ । एकपटक औषधी खरीद गरेपछि पुनः खरीद गर्न
अर्को तालिका पर्खनुपर्छ र टेण्डर अनि बजेटका कुराहरु आउँछन् जुन प्रक्रिया पुरा गर्न
फेरि धेरै समय लाग्छ । यसरी स्वास्थ्य संस्थामा औषधीको अभाव देखापरिरहन्छ ।

स्वास्थ्यको बजेट कार्यान्वयन गर्ने निकायमा हुने यस्ता विभिन्न खालका विकृति रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, केन्द्रस्तरीय अनुगमन आदि नभएका पनि होइनन् तर ती सबै फिका सावित हुँदै आएका छन् । औषधी तथा उपकरण खरीद काण्डमा मुछिएर
अदालत गएका र सजायँ पाएका व्यक्तिहरुले पनि धमाधम सफाई पाएका छन् । औषधी
प्रकरणमा यति धेरै गुनासोहरु आईरहँदा पनि आजसम्म कसैलाई पनि कठोर सजायँ भएको
पाइदैन जसले गर्दा भ्रष्टाचार मौलाइरहेको छ । यसका लागि कठोर खालका निति, नियम र
निर्देशिका पनि नबनेका होइनन् तर ती देखाउने दाँत मात्र भएका छन् ।

लोकमान सिंह कार्की अख्तियार प्रमुख हुँदा अख्तियारको त्रास यस्तो भयो कि कार्यालय प्रमुख र लेखापालहरुले आफू किन फस्ने भन्दै औषधी खरीद गर्ने बजेट नै परिचालन नगरी फ्रिज गराउने
काम गरे । औषधी उपकरण खरीदको टेण्डर आव्हान नै गरेनन् र औषधी तथा उपकरण
खरीदको लागि आएको करोडौं रुपैयाँ फ्रिज भई पुनः राजस्व खातामा नै फर्कियो ।
यसबाट फेरि स्वास्थ्य संस्थामा औषधीको हाहाकार मच्चियो । यो घटना केन्द्रदेखि नै
शुरु भई जिल्ला तहसम्म पनि देखियो । यसबाट औषधीको आपूर्ति गर्नुपर्ने
निकायहरुलाई त हाइसन्चो भयो तर तल्ला स्तरका स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीलाई
औषधी अभावका कारण जनआक्रोसको सामना गर्नुपरेको थियो । यसरी औषधी खरीद
गरेर सप्लाई दिएपनि औषधी अभाव सधैं भइरहने र औषधी खरीदको लागि प्रक्रिया अघि
नबढाउँदा पनि औषधी स्वतः अभाव हुने भएकोले यो दीर्घकालिन रोगको समाधान कसरी
कसले गर्ने हो कुनै उत्तर नै छैन ।

२०७४ सालमा नेपालमा स्थानिय तहको निर्वाचन सम्पन्न भएपछि स्थानिय सरकारको समेत गठन भैसकेको अवस्था छ ।
स्थानिय स्वास्थ्य संस्थाहरु स्थानिय सरकारकै मातहतमा समेत हस्तान्तरण भइसकेका छन् । अब त स्वास्थ्य क्षेत्रमा सुधार होला कि भन्ने जनतामा आशा पलाउनु जायज हो, तर त्यसको उचित
सम्बोधन हुन सकेको छैन । हाल स्थानीय तहलाई औषधी खरीद गर्न भनी जिल्ला जन÷स्वास्थ्य
कार्यालयले औषधी खरीदको करीब २० प्रतिशत रकम प्रदान गरेको छ । बाँकी रकम अहिले
पनि जिल्ला जन÷स्वास्थ्य कार्यालयमै राखी जिल्लाले समेत केही औषधी खरीद गरिरहेको
अवस्था छ । स्थानीय तहमै किन पुरै बजेट हस्तान्तरण नगरेको भन्ने जिज्ञासा राख्दा सबै
स्थानीय तहहरु बजेट परिचालन गर्न सक्षम नभएको, औषधी खरीद प्रक्रिया झन्झटिलो
भएको, ठूलो परिमाणमा टेण्डर गरी औषधी खरीद गर्दा स्टोरको समेत समस्या
पर्ने भएको, स्थानीय तहमा स्वास्थ्यका पर्याप्त कर्मचारी पनि नभएको जस्ता आदि कारणले
गर्दा पुरै बजेट स्थानीय तहमा पठाउन नसकिएको भन्ने जवाफ जिल्ला स्वास्थ्य कार्यालय
प्रमुखबाट पाइन्छ । हाल स्थानीय तहले पाँच लाख भन्दा कम मूल्यको कोटेशन
मात्र आव्हान गरी औषधी खरीद गर्ने गरेको कुरा कावासोती नगरपालिका नवलपुरका
स्थानीय तहका स्वास्थ्य संयोजक विश्व कँडेलले जानकारी दिए । औषधी खरीद नियमावलीमा ५
लाखभन्दा माथिको भए टेण्डर आव्हान गर्नुपर्ने व्यवस्था छ । त्यसकारण ५ लाखभन्दा कम
मूल्यको औषधी खरीद गर्दा सम्पर्कमा आएका औषधी होलसेलरहरुबाट कोटेशन
आव्हान गरी खरीद गर्न सकिने भएकोले सजिलो बाटो रोजेको कँडेल बताउँछन् । केही
औषधी अहिले पनि जिल्लाले पठाउने गरेको र केही आफैं खरीद गरी वितरण गर्दै
आइरहेकोले खासै समस्या नपरेको कँडेल बताउँछन् । अब जिल्लास्थित जन÷स्वास्थ्य कार्यालय
समेत खारेजीमा पर्ने भएपछि सबै काम र प्रक्रिया स्थानीय तहबाटै गर्नुपर्ने र यसो गर्दा
तत्कालका लागि पर्याप्त कर्मचारी, भौतिक साधन स्रोत र प्राविधिक समस्या पर्ने कुरा निश्चित
छ ।

अन्तमा, स्वास्थ्य एउटा त्यस्तो संवेदनशील क्षेत्र हो जहाँबाट सम्पादन हुने काम कारबाही तलमाथि हुनासाथ सिधैं जनस्वास्थ्यमा असर पर्दछ । त्यसकारण स्वास्थ्य क्षेत्रमा बजेट विनियोजनलाई मुख्य प्राथमिकता दिनुपर्दछ । पर्याप्त औषधी खरीदको लागि बजेट विनियोजन गर्ने र समयमै सबै प्रक्रिया पुरा गरी औषधी खरीद गरिहाल्नुपर्छ । औषधीको मौज्दात् र मागलाई समयमै
विश्लेषण गरी स्वास्थ्य संस्थामा आवश्यक पर्ने खालका औषधीहरु खरीद गर्नुपर्छ ।
औषधीको लागि मात्र औषधी खरीद नगरी गुणस्तरीय औषधी तथा उपकरणहरु खरीद
गर्नेतर्फ ध्यान दिनुपर्छ । आफ्नो स्थानीय तहमा देखापरेका स्वास्थ्य समस्या र समाधानका
प्रक्रिया स्थानिय प्रमुखलाई अवगत गराई नीतिगत समस्या भए गाँठो फुकाउने काम
गर्नुपर्दछ । अनि आफ्ना मातहतका स्वास्थ्य संस्थाहरुमा जनशक्ति, भौतिक पूर्वाधार र
नियमित औषधीको व्यवस्थापन गर्नुपर्दछ । त्यसो भयो भने केही हदसम्म भएपनि स्वास्थ्य
संस्थाहरुले अग्रगति लिन सक्नेछन् ।

(लेखक पाण्डे सेवा निवृत्त जनस्वास्थ्य निरीक्षक हुन् )

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बिचार/ब्लग

किशोरी सुरक्षाको लागि किशोरीमा लगानी

Published

on

सपना पौडेल
देवचुली १७, किशोरी अभियन्ता
नवलपुर

किशोरी सुरक्षाको लागि किशोरीमा लगानी
एक वर्षको समृद्धी चाहनु हुुन्छ भने अन्न रौपौ ।
दश वर्षको समृद्धी चाहनु हुन्छ भने रुख रुपौ ।

यो चिनियाँ उखानबाट नै सुरु गर्न चाहे, हामीले खोजेको समाज र समृद्धको यात्रामा हाम्रो अवस्था कहाँ छ ? प्रत्येक दिन जसो आउने समाचारहरुमा किशोरीहरुमाथी भएको हिंसा, दृव्र्यवहार, बेचबिखनका घट्नाले म जस्ता किशोरीहरुको मस्तिष्क मा के कुरा खेल्दछ होला ?
नेपालमा किशोरीहरुको अवस्था जनसाख्यिक रुपमा चाँही कस्तो छहोला त ? जनसंख्याको हिसावले हेर्दा पनि नेपालको कुल जनसंख्याको ४४ प्रतिशत १८ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको रहेको छ । बालबालिकाको कुल जनसंख्याको ४९ प्रतिशत संख्या बालिकाहरुको रहेको छ । जनगणना प्रक्षेपणले सन् २०१६ मा १९ बर्ष भन्दा कम उमेरका करिब ५८ लाख ६६ हजार बालिकाहरु नेपालमा रहेको देखाउँछ । यसरी हेर्दा पनि किशोरीहरुको अवस्था अनुसार नै कार्यहरु भएका छन् त ? अनी अहीलेको वर्तमान समयमा गरिएका लगानीका क्रियाकलापहरुको अवस्था भने कस्तो छ भन्ने बारेमा समेत हामीले अध्ययन गर्नु आवश्यक छ ।
हामी किशोरीहरुले आफ्नो जीवनमा केही न केही समस्याहरुबाट पिडित हुन्छौ । देश भित्र र बाहीर समय समयमा सुन्ने गरेको फलानो ठाँउमा यो भयो, यस्तो समस्याहरु आयो ? अनि अभिभावक र समुदायबाट समेत यो उमेरमा भएका किशोरीहरु आफै नराम्रो बाटोमा लाग्दछन की ? कतै हिंसा वा दृव्र्यवहारमा नै पर्दछन की ? त्यही कारणले पनि म जस्ता हजारौ किशोरीहरु बाहीर कुनै पनि स्थानमा आवतवावत गर्नलाई समेत समस्याहरु पर्ने गरेको छ । कहीले काँही त लाग्दछ म साच्चिकै केटी भएर किन जन्मेको होला ? कतै हामीले केटी भएर जन्म लिएर कुनै ठुलो पाप त गरेका छैनौ ? आखिर किन पल पलमा हामी बालिका र किशोरीहरुमा नै यस्तो समस्याहरु आउने गरेको छ त ? आखिर हामी किशोरीहरुको दोष नहुँदा पनि त निर्मला पन्त जस्ता घटनाहरु बारम्बार हुने गरेको छ ?
यस्ता समस्याहरु र घटनाहरु सुन्दा म आफु र मेरा साथिहरु पनि असुरक्षित महसुस गर्ने गरेका छौ । हामीलाई पनि त आफ्ना मनमा लागेका कुराहरु सोध्न मन लागेको हुन्छ ? हामीलाई पनि त बालकहरु सरह नै खेलकुद र अन्य क्रियाकलापहरुमा सहभागिता हुन मन लागेको हुन्छ ? तर दैनिक जसो हुने यस्ता घटनाहरुले हामी स्वयम बालिकाहरुले एकदमै डर, चिन्ता र त्रासमा जीवन व्यतित गर्नुपर्ने हुन्छ । हामी स्वयम किशोरीहरुलाई यस्ता समस्याहरु र आफ्ना कुराहरु विद्यालयमा वा घरमा वा अन्य ठुला मानिसहरुलाई सोध्न मन लागेको हुन्छ तर सोध्यो भने कतै हामीलाई नै पो गलत पो सोच्छन की ? किन जान्ने भएकी होला भन्छन की ? कतै हामीलाई हेर्ने दृष्ट्रिकोण नै त्यस्तै गर्दछन की भनेर पनि सोध्न भने सकेका हुँदैनौ । तर हामीले किशोरीहरुको समुह बनाएर किशोरी शसक्तिकरणको कार्यक्रममा सहभागिता जनाएपछि भने यस्ता बिभिन्न विषयहरुको बारेमा जानकारी लिन र एक विद्यालयबाट अर्को विद्यालयका साथीहरु, सरहरु र अन्य व्यक्तिहरुलाई सोध्न सक्ने भएका छौ । महिनामा एक एक क्रियाकलापहरु सञ्चालन गर्ने र त्यसको समिक्षाको लागि प्रत्येक महिनाको पहिलो शनिवार बैठक बस्नाले समेत आजकल धेरै प्रश्नहरुको उत्तर थाहा पाएका छौ, साथै कसरी किशोरीहरुलाई सुरक्षित गर्न सकीन्छ भन्ने बारेमा समेत जानकारी लिन र जानकारी दिन थालिएको छ ।
किशोरीहरु माथि भएको यो सवै समस्याहरुको समाधान एउटा मात्र उपायले गर्न सक्दछ, त्यो भनेको किशोरीहरुमाथीको लगानी र उनीहरुको शसक्तिकरण साँचो अर्थमा सम्पन्न गर्न सकेमा । यसको लागि हामीले ३ तहबाट शसक्तिकरण र लगानीको सुनिश्चितता गर्न सकीयो भने किशोरीहरुमाथि भएका बिभिन्न हिंसा, दृव्र्यवहार घटद्छ जस्तो लाग्दछ ।
१. स्वयम किशोरीहरुले गर्नुपर्ने कार्यहरु ः हामी किशोरीहरुले समेत अधिकारको बारेमा कुरा गरिरहँदा कर्तव्य पनि सँगै लैजानु आवश्यकता हो । हामी स्वयम किशोरीहरुले आफ्नो विकासको लागि गर्नुपर्ने विषयहरुसँगै समाजको निश्चित नियम र परिधीलाई पनि त सँगै लैजानु पर्दछ नी । यसको लागि हामीले अधिकारको मात्र कुरा गरेर भएन हामीले कर्तव्य पनि सँगै लगेर परिवार, समुदाय र राष्ट्रप्रतिको ध्यानाकर्षण अगाडी बढाउनु आवश्यक छ । हाम्रो प्रथम अधिकार विद्यालयमा वा कलेजबाट शिक्षा हासिल गर्न पाउने हो भने हामीले आफ्नो कर्तव्य पनि विद्यालयको अनुशासन र पढाईलाई नियमितता गराउनु पनि त हो, त्यसकारण हामी सवै किशोरीहरुले आफ्नो अभिभावको अवस्था, समय र उपलब्धतालाई ध्यान दिएर अध्ययन र आफ्नो विकासको साथै घरमा र बाहीर रहेका आफुभन्दा सानालाई माया र ठुलालाई आदरसत्कार गर्नु पर्दछ । अनी आफुलाई केही समस्याहरु परेको छ भने आफ्नो घरका अभिभावक, साथीहरु र विद्यालयका शिक्षकहरुलाई समयमा नै जानकारी गराउनुपर्दछ ।
२. अभिभावक र समुदायहरुले गर्नुपर्ने कार्यहरु ः हामी किशोरीहरुको सवैभन्दा नजिकको साथी भनेको नै घरमा रहेको अभिभावकहरु नै हुुनुहुन्छ । तर पछिल्लो समयमा किशोरीहरु घरमा नै सुरक्षित नभएकोले समेत अभिभावक र समुदायको पनि केही जिम्मेवारी त हुनुपर्दछ नी । त्यसको लागि अभिभावकहरुले आफ्ना छोरीहरु किशोर अवस्थामा प्रवेश गरेलगत्तै उनीहरुसँग साथी जस्तो व्यवहार गर्न सक्नुपर्दछ । यसो गर्दा किशोरीहरुलाई लागेको कुुराहरु निर्धकताका साथ घरमा नै आएर घरका सदस्यहरुलाई भन्न सकुन । घरमा किशोरीहरुलाई पर्याप्त समय दिन सकेमा र उनको नजिकका साथीहरु र विद्यालयका साथीहरु समेतलाई भेट्ने र संगत कस्तो छ भन्ने बारेमा समेत थाहा पाउनुपर्दछ । घर किशोरीमैत्री र बालमैत्री सँगै समुदाय पनि सोही अनुसार अगाडी बढ्न सकेमा किशोरीहरुले समेत सुरक्षित महसुस गर्दछीन । यसको लागि समुदायले समेत आचारसँहीताहरुको निर्माण गर्ने र आफ्नो समुदायमा हुन सक्ने संभावीत घटनाहरुको पूर्वमुल्याँकन गरी सो न्युनिकरणको लागि कार्यहरु गर्न सकेमा राम्रो हुने थियो । जस्तो सार्वजनिक स्थान वरपर धुम्रपान र मधपान निषेधित क्षेत्र, हिंसा, दृव्यर्वहारको व्यवहार गर्नेलाई तत्काल कारवाहीको व्यवस्था, किशोरीमैत्री पूर्वाधारहरुको निर्माण, बिभिन्न सुचनामुलक सन्देशहरु प्रदान गर्नको लागि सुचनापेटीहरु, होडिंङ्ग बोर्डहरुको निर्माण र ठाँउ ठाँउमा राख्नाले समेत यस्ता घटनाहरुमा न्युनीकरण ल्याउँदछ । साथै सामाजिक विकास र अन्य क्रियाकलापहरुमा समेत उनीहरुको सहभागिता सुनिश्चितता गराउने, मनोरञ्जनस्थलको निर्माण, किशोरीमैत्री खेलकुदको सञ्चालन आदी क्रियाकलापहरु समेत समुदायले सञ्चालन गर्न सकेमा हिंसा र दृव्र्यवहारबाट जोगीन सक्ने थिए ।
३. स्थानीय तह र अन्य संस्थाहरुले गर्नुपर्ने कार्यहरु ः हामीले अहीले आफ्नै वडामा, गाँउपालिकामा र नगरपालिकामा जनप्रतिनिधीहरु पाएका छौ । तपाईहरु म जस्ता हजारौ किशोरीहरुको आफ्नै नातेदार पनि त हुनुहुन्छ, एकपटक हजुरहरुले सोच्नुस त म जस्ता किशोरीहरुले तपाईको स्थानीय तहमा भोगेका समस्याहरु के के होलान ? कसरी त्यो समाधान गर्न सकीएला हामी सवै बसेर छलफल गर्ने हो भने पक्कै नै त्यो समाधान त हुन्छ होला नी है । हाम्रो लागि तपाईहरुले किशोरीमैत्री पूर्वाधारहरु, हाम्रो क्षमताको विकासको लागि आवश्यक पर्ने बिभिन्न तालिमहरु, सार्वजनिक स्थानहरु, मनोरञ्जन स्थलहरु, खेल मैदानहरुको व्यवस्थापन, हामी सहभागी भएर आफ्ना कुराहरु राख्ने संरचनाहरु, हिंसामा परिहालेमा समेत मनोसामाजिक परामर्शको व्यवस्थापन, महिनावारी भएको समयमा प्रयोग गर्न सकीने शौचालयहरु, सेनेटरी प्याडहरुको व्यवस्थापन पनि त यहाँहरुले गर्न सक्नुहुनेछ । यदी यो सम्मको अवस्था सृजना गर्न सक्नु भयो भने हामी सवै किशोरीहरु सुरक्षित महसुस गरी यो देशको परिवर्तनमा लाग्ने थियौ नी त ।
किशोरीहरुमा गरिएको क्रियाकलापहरु खर्च नभएर यो त लगानी हो, जसरी कुनै व्यवसायमा लगानी गरेपश्चात केही समयमा हामीले प्रतिफल पाउँछौ भने, हामीलाई गरीएको क्रियाकलापहरुले पनि त कुनै समयमा यो देशलाई हामीले प्रतिफल दिने छौ । भनिन्छ नी आमा शिक्षित भईन भने त्यो घर नै शिक्षित हुन्छ भने झै म जस्ता हजारौ किशोरीहरुको सुरक्षा अहीले गर्न सकीयो भने त यो देश पनि त समृद्ध र शान्त हुनेछ होला । आउनुहोस किशोरीहरुमा सही समयमा नै लगानी गरौ । हिंसामुक्त समाजको निर्माण गरौ । जय किशोरी

 

Continue Reading

बिचार/ब्लग

कुर्सी बदली भयो ,मन्त्र बदली भयो ,तर तन्त्र बदली भएन !

Published

on

लेखक: टिकाराम वली

दशकौं लादिएको निरंकुश पञ्चायत ढाल्न हजारौंले प्राणको आहुति दिएकै हो । त्यही बलिदानको बलमा प्रजातन्त्र आयो भनेर बजारमा राम्रो बिज्ञापन आएकै थियो । तर नेपाली जनताले प्रजातन्त्रको स्वाद लिएपछि नै थाहा भयो प्रजातन्त्र पनि राजसंस्था कै मातहतमा हुर्काउन खोजिएको नाममात्रको प्रजातन्त्र रहेछ ।बाहिर बोरा राम्रो भएर के भयो र बोरा भित्र कुहिएको आलु मात्र थियो । त्यही अत्याचारी प्रजातन्त्रको विरुद्ध सुरु भएको जनयुद्ध २०५२ साल फागुनबाट विकट गाउँघरबाट सुरु भयो। दश वर्ष चलेको सशस्त्र जनयुद्धको बलमा लोकतान्त्रिक गणतन्त्रको सब्दजाल भित्र पनि संसदीय प्रजातन्त्रभन्दा माथि उठ्न सकेन। १७ हजार भन्दा धेरैको बलिदानीले भिजेको संविधान आज त्यही संसदीय व्यवस्था कै निम्ति हराएको इतिहास बन्यो । जनयुद्धको अन्त्य र संसदीय व्यवस्थाको स्थापना कम्युनिस्ट आन्दोलन गम्भीर असफल अभ्यास थियो ?लाखौं जनताको दमदार आन्दोलन र। हजारौं शहिदले सजिएको गणतन्त्रको परीक्षण पनि भै सक्यो ।समय कालखण्ड बद्लिए, तन्त्र बद्लिए कुर्सीमा पुग्ने ब्यक्ति बदलिए ।तर ति कुर्सी र तन्त्रहरुको व्याख्या अपव्याख्या गर्ने पात्रहरु भने सदियौं देखि उही नै रहे। त्यही बर्गको कुर्सी रह्यो जसको विरुद्ध हजारौंको बलिदान भएको छ ।जसको विरुद्ध लाखौं मान्छे अङभङग छन् ।
संकटकाल लगाउने र सर्वहारा बर्गको राज्य माग्नेहरु नेपाली राजनीतिमा सक्रिय नै देखिन्छन्। अझ जनयुद्ध संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको आन्दोलन दबाउन सिधासिधा बन्दुक दाब्नेहरु ससम्मान पदकबाट विभूषित भएका छन्। तक्मा दिनेहरु गणतन्त्रको माग गर्नेहरु पात्रहरु हुन् । तिनै पात्र हुन् जसले गणतन्त्र र संविधानसभाको नेतृत्व गरेको दावी गर्छन्। एक तन्त्रबाट अर्को तन्त्रको फड्को एक ब्यक्तिको सट्टा आर्को प्रधानमन्त्री ।बन्नु बाहेक खासै परिवर्तन भएन । खासमा चाहिएको व्यवस्था परिवर्तन हो । मानव समाजवाद हो । अहिले बद्लिएका फगत भासण भासण भित्रको अनेक अर्थ मात्र भयो ।हरेकले जालझेल र अनेक अर्थ लगाउन सक्ने आलुको बोराभित्र कुहिएको गन्ध मात्र आउछ । हामीले मुलुक हाँक्न कथित पात्रहरुलाई दिएको प्रजातन्त्र र त्यसको जगमा पलाएको गणतन्त्र पनि जालझेल र षड्यन्त्र मै भुलेको छ ।हामी धेरै आक्रोशमा थियो ।बिहान नहुदै हातमुख नधुदै हत्तारिएर निरंकुश व्यवस्था विरुद्ध कतै कालो झण्डा फर्फराउँदै गोली खान अघि बढ्यो कतै बम गोलि र गोलि कठ्ठा सहित भीषण लडाइ चल्यो।

मेरो मन दुखाइ आन्दोलन संघर्ष र बलिदानमा कदापि होइन । सानो बाल्यकालकाल बाट पाएको बिद्रोहि शिक्षा भित्र मानवजातिको सुन्दर सपना भित्र हराएर । अहिले पुजीवादी समाजमा बाच्नु पार्ने बाध्यता सामन्य छैन । सानै उमेर देखी बिद्रोह र न्यायको लागी गरिएको अनेक लक्ष्य भित्र देखिएको साम्यवाद हराएको सुन्दा मनका काँडा बिजेको
छ। चित्त दुखेको छ। अनि आक्रोश पोख्न मन लाग्छ ।त्यो भर्भराउँदो जीवन कसै मन्त्री बन्नको लागी मात्र थिएन । पद र पैसाको ब्यापार गर्नको लागी पनि थिएन ।त्यसकारण अनेकौं प्रश्न सोध्न मन लाग्छ। राजनीतिक जिबन समाजको सेवा भित्र पाएको पद हो । त्यही पद र त्यही सेवाबाट पाएको सम्मान मन्त्री हो । अब त्यहाँबाट पाउने अधिकार दुरुपयोग नहोस् भन्ने आम नागरिकको चाहना हुन्छ नै ।आज अस्पतालमा उपचार भन्दा पहिला पैसा जम्मा गर्नु पर्छ।स्कुलमा किताब भन्दा पहिला पैसा बुझाएको हुनुपर्छ ।ठाउँ ठाउँमामा विकास बजेट काम सुरु नहुदै सिधिन्छ । कुन जिज खान र उपयोग उपयुक्त होला भनेर खोजतलास भयो भन्ने । जहाँ घुसपैठ भित्र पास भएको छ ।बाहिर त्यही ठिक हुन्छ । सडक सानो छ ।कस्तो सवारी कतिबेला चलाउनु पर्छ ।भन्ने ध्यान नै छैन । जति लोड संग भएपनि पावर र पैसा संग जतासुकै गुड्ने इजाजत पाउछ । अनि हामीले आलोचना गर्दा नराम्रो लाग्छ होला । त्यो पदलाई केहि पात्रहरुले दिएको संमान भित्र रम्न मन लाग्छ होला । यदि माक्र्सवादी हो भन्ने सन्सार देख्न सक्छ ।यदि मानवीय प्रतिनिधि हो भन्ने सबैको सुन्न सक्छ । होइन यस्तै रह्यो भन्ने विकल्प खोज्ने अधिकार जनता संग छ ।लाखौं युवा सहज श्रमको प्रतीक्षामा लामो समय भै सक्यो । प्रत्येक महिना दिदि बहिनीमाथिको बलात्कार भै रहेको छ ।निर्मला पन्तको बलात्कार अझै सम्म पत्ता लाग्दैन ।सुन कान्ड भित्र गोरेको बयान कता हरायो ।सबै अपराध हराउँदै जाने हो भन्ने किन चाहियो संविधान,कानुन र सरकार ? 

Continue Reading

बिचार/ब्लग

रजस्वालाको मेरो पहिलो अनुभव ः पिडा अनी खुसीको क्षण

Published

on

 

सपना पौडेल
किशोरी शसक्तिकरण कार्यक्रम अभियन्ता, देवचुली

हामी महिलाका आफ्नो जीवनमा एउटा न एउटा समस्याहरु अगाडी बढ्नुपर्ने रहेछ , त्यस्तैमा सुरुमा समस्या लागेको र पछि यसको महत्वको बारेमा थाहा भएको रजस्वाला हुँदाको मेरो पहिलो अनुभव आज लेख्ने प्रयास गरेको छु ।

सृष्टिको जन्मदातृको रुपमा महिलाहरु रहेको र त्यही संरचनमा हुने रजस्वालाको विषयमा भने अचम्मको कुराहरु मात्र रहने र त्यो पनि महिलाहरुमा हुने रहेछ । म आफुलाई रजस्वालाको बारेमा खासै थाहा नै थिएन, घरमा हुनुभएका आमाहरु, दिदिहरु चाँही पर सरेको, छुन नहुने भन्ने त सुनेका थिए, तर के हो ? कसरी हुन्छ भन्ने बारेमा हाम्रो समाजको संरचनाको कारण न त मैले नै कसैलाई सोध्न सके न त कसैले मलाई भन्न नै खोज्यो त्यसकारण पनि म यो कुरा कसैलाई पनि सोध्न भने सकेको थिईन । बालापनको स्वभाव न हो नयाँ कुरा जान्न खोज्ने, सिक्ने खोज्ने त्यही भएर नै म आफु पनि यसको बारेमा जान्न मन लागेको थियो ।

एक दिन हिम्मत गरेर ममीको छेउमा गएर ममीलाई सोधे ः ममी यो रजस्वाला भनेको के हो ? किन हजुर र दिदिहरु म्हिनामा एकपटक हामी भन्दा टाढा छुटै वस्नुहुन्छ भनेर सोध ? मेरो ममिले गाली नगरीकन हासेर जवाफ दिनुभयो, महिलाको लागि रजस्वाला भनेका गर्वको कुरा हो, यो भयो भने हामी भविष्यमा गएर यो सृष्टिकर्ताको रुपमा अगाडी बढ्छौ, हामी आमा बन्न सक्दछौ र यो प्राकृतिक नियम हो, अव तिमि पनि यो उमेरमा प्रबेश गर्दै छौ, तिमिलाई पनि त्यस्तो भयो भने नडराई मलाई आएर भन्नु है भन्नुभयो, अनी मैले पनि हुन्छ भनी यो कुरामा ध्यान दिन थाले ।
यो रजस्वाला सामान्यतया १२ वर्षको उमेर समुहबाट हुने गर्दो रहेछ । म त्यतीबेला कक्षा ६ मा अध्ययनरत थिए, मैले मेरा साथिहरुलाई समेत रजस्वालाको बारेमा भन्ने गरेको थिए । एक रात म घरमा वसी सवै परिवारसँग वसेर टेलिभिजन हेर्दै थिए, मलाई अकस्मात गाह्रो भयो र एकदम सन्चो नहोला जस्तो भएको थियो, तर मैले घरमा उक्त कुराहरु भन्न सकेकी थिईन । तर पछी खाना खाएर टेलिभिजन कोठामा आँउदा मैले लगाएको सुुरुवालमा रगत लागेको देखे र म कसैले थाहा नपाउने गरी बाहीर गए, त्यतीबेला एकदम डर समेत लाग्यो किनकी मलाई केही भयो की भनेर रुन पनि आयो र एक्लै वसेर रुन थाले । पछि ममीलाई बोलाएर मैले देखाए र भनेपछि उहाँले मलाई सम्झाएर अव तिमी पनि रजस्वाला हुन थालेउ, यो प्राकृतिक कुरा हो, तिमिले केही गल्ती गरेको होईन भनेपछी म अली ढुक्क भए । अनी ममीले मलाई त्यहाँबाट अर्को कोठामा लिएर जानुभयो र त्यहाँ नै राखेर तिमि बाहीर ननिस्क भन्नुभयो । अनी पछी थाहा भयो, म त्यो कोठामा ५ दिनसम्म एक्लै बस्नुपर्ने रे, बाहीर आउन नपाउने अनी विद्यालय पनि जान नपाउने भएपछी मलाई एकदम रुन समेत मन लाग्दथ्यो । मैले त्यतीबेला नै सोच्दथे, यदी यो महिलाको लागि महत्वपुर्ण हो भने कीन त हामीलाई बाहीर निस्कन नहुने, छोईन्छ भन्ने यस्तो सोच्दा बेला बेलामा म एक्लै नै रुन गर्दथे तर म विवश थिए हाम्रो समाजको संरचना र रीतिरिवाजले गर्दा म ५ दिनसम्म घरबाहीर ननिस्कीन एक्लै कोठामा मात्र वसे । ५ दिन सम्म स्कुल नजादा साथीहरुले के सोचे होलान, शिक्षकले के भन्ने होलान ? के भनेर जवाफ दिने भनेर समेत म एकदमै आत्तिने समेत गर्दथे । ५ दिन पछि बाहीर आँउदा सवैले मलाई तिमि ठुली भयौ अव भन्नुभयो, मलाई भने अचम्म लाग्दथ्यो किन यस्तो भनेको होलान ? आखिर मैले कतै केही गल्ती त गरेको छैन ? ५ दिन पछिको बाहीर निस्केपछी पनि २० दिनसम्म केही छुन नहुने रे, सुरु सुरुमा गाह्रो भयो तर पछि समस्याहरु समाधान भएपछी भने त्यस्तो केही महसुस भने भएन । पछि त प्रत्येक महिना हुँदा यसको बारेमा समेत जानकारी हुन थाल्यो र पछि त यसको बारेमा समेत खासै गाह्रो महसुुस भने भएको छैन । यसरी हेर्दा रजस्वाला हुनु भनेको प्राकृतिक कुरा हो र यसले कुनै पनि किशोरीहरुलाई केही असर पार्दैन भनेर घरपरिवार तहमा, विद्यालय तहमा र स्वयम साथिहरु विचमा नै कुराहरु गरिनु आजको आवश्यकता हो । समाजको विकासको क्रममा महिलाहरु र त्यसमाथि पनि किशोरीहरुलाई यसको बारेमा परेको प्रभावको बारेमा उनीहरुका अनुभवहरु सुनीनु आवश्यकता छ र साना साना किशोरीहरुलाई विद्यालयस्तर र घरपरिवार तहबाट नै यसको बारेमा जानकारी दिनु आवश्यक छ ।
रजस्वाला हुँदाको बखतमा गरिनुपर्ने सरसफाई र हेरचाहमा सवै सरोेकारवालाहरुको मुख्य रुपमा भुमिका हामीले देखेका छौ । म आफै स्वयम किशोरी भएर पनि होला, कहिले कहिले यहाँका भौतिक संरचनाहरु देख्दा भने किन होला, यो पुर्वाधारहरु किशोरीमैत्री बनाउन नसकिएको , किन कसैको पनि ध्यान यता तर्फ जादैन होला ? अहिले त स्थानीय तहमा जनप्रतिनिधीहरु पनि त आएका छन् अनी मुख्य रुपमा मुख्य पदमा एकजना महिला र वडास्तरको समितिमा पनि त महिलाहरुको सहभागिता त्यती धेरै भएको छ, तर पनि उहाँँहरुको ध्यान त्यतातर्फ किन गएको छैन खोई ? आशा गरौ सवै किशोरीहरुले अवको दिनमा यस्ता कुराहरुमा उहाँहरुको ध्यान जानेछ र सवै पुर्वाधारहरु किशोरीमैत्री, लैगिंकमैत्री, अपाँगमैत्री र बालमैत्री रुपमा निर्माण हुनेछ । समाजको सभ्यताको परिचय दिनको लागि पनि त अव त यि कुराहरुमा ध्यान दिनु आवश्यकता छ । हामी सवै मिलेर यो समाजलाई किशोरीमैत्री निर्माण गर्नुछ । सवैको चासो र ध्यान किशोरीमा दिनको लागि समेत अनुरोध छ । अहिले नेपालमा हामी जस्ता किशोरीहरुको सुरक्षामा निकै नै चुनौतीहरु आईपरेको हामीले देखेका छु । म एक किशोरीको नाताले पनि भन्न चाहन्छु की यस्ता घटनाहरु र आफुलाई लागेको कुराहरु सवै किशोरीहरुले बेलामा नै अभिभावकहरुलाई जानकारी गराउनुपर्दछ । रजस्वाला हुँदाको बखत कुनै पनि चाडपर्वको आउदा जुन खालको सोच हाम्रो रहेको छ त्यो नगरी सवै किशोरीहरु र महिलाहरुको प्राकृतिक कुरा भएकोले सो कुरामा ध्यान दिई सवैलाई समान रुपमा चाडपर्वमा समावेश गरे मात्र सक्षम बालिका अनी समृद्ध नेपालको परिकल्पना साकार हुनेछ ।

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य5 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य5 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य5 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज7 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य9 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति8 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models10 months ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर