Connect with us

बिचार/ब्लग

शाश्वतधामः हिन्दु तथा बौद्ध धर्मको साझा धरोहर

Published

on

 

लक्ष्मीप्रसाद पंगेनी

पूर्वी नवलपरासीको देवचुली र बर्चुली पहाडको काखमा अवस्थित सुन्दर तथा मनोरम क्षेत्र दुम्कौलीमा निर्माण गरिएको शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल बन्दै धार्मिक सहिष्णुताको संदेश दिने प्रयास गरिरहेको छ । यस धामको मध्य भागमा दक्षिण भारतमा प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टादार तथा अत्यन्तै मनमोहक श्री एकाम्बेरेश्वर मन्दिर रहेको छ भने छेउमै भगवान गौतम बुद्धको भव्य मुर्ति रहेको छ । मन्दिर भित्र पशुपतिनाथको झल्को दिने गरी भव्य शिवजीको मुर्ति र धाम वरिपरी बिष्णु, लक्ष्मी, कृष्ण, हनुमान लगायत १८ अन्य देवीदेवताहरुका मुर्ति रहेका छन् । झट्ट हेर्दा पाटनको कृष्ण मन्दिर जस्तै देखिने यो मन्दिरलाई चारैतिरबाट तालले घेरेको छ । यो तालमा बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तिर्थस्थलबाट ल्याइएको जल मिसाइने भएकोले यो ताललाई ‘सर्व्तिर्थ सरोवर’ नामाकरण गरिएको छ । मन्दिरको अलावा यस धाममा गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्ति घाट, धर्मशाला, यज्ञ कुण्ड, १०८ शिवलिंग, धार्मिक प्रदर्शनी स्थल, धार्मिक संग्राहलय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिंग हल, बुद्धिष्ट सेन्टर, गौशाला, अर्गानिक फार्म, ४५ जनाको लागि आवासीय सुविधा भएको योगा तथा ध्यान केन्द्र, चमेना तथा भोजनालय, धार्मिक तथा प्राचिन दुर्लव वस्तु पाइने उपहार घर, विश्राम स्थल लगाएत हिन्दु तथा बौद्ध धर्मसंग सम्वन्धित अन्य महत्वपूर्ण स्थलहरु रहेका छन् । बौद्ध शिक्षा अध्ययन गर्ने भिक्षु विद्यार्थीहरु र गुरुकुल शिक्षा अध्ययन गर्ने बटुक विद्यार्थीहरु आआफ्नै पोशाकमा एकै कक्षाबाट औपचारिक शिक्षा प्राप्त गर्ने गरी बौद्ध धर्म र हिन्दु धर्मलाई ‘फ्युजन’ अर्थात समिश्रण गर्ने तयारी समेत शाश्वतधामले गरेको छ । यसको लागि शाश्वतधामले पूर्वी नवलपरासी कै विनयी त्रिवेणी गाँउपालिका, दाउन्नेमा रहेको बौद्ध गुम्बासंग सहकार्य गरेको छ । यसको औपचारिक शुभारम्भ आगामी बैशाख पुर्णिमा अर्थात बुद्ध जयन्तीको दिन एक भव्य कार्यक्रमका साथ गरिने जनाइएको छ । शाश्वतधाम परिसरमा रहेको गुरुकुल वेदाश्रम तथा बौद्ध शिक्षालयबाट प्रत्येक वर्ष असल पुजारी तथा विधिपूर्वक कर्मकाण्ड गराउन सक्ने पण्डितका साथै योग्य लामा एवं भिक्षुहरु उत्पादन गर्ने लक्ष्य लिइएको छ । गुरुकुल शिक्षा एक वर्ष अघि नै संचालनमा छ भने १५ जना बटुकहरु अध्ययन गरिरहेका छन् ।
शाश्वतधामका कार्यकारी प्रमुख नारायण श्रेष्ठका अनुसार भारतको काञ्ची मठका पिठाधिश शंकराचार्य जयन्द्र सरस्वती महाराजले उद्योगपति तथा समग्र चौधरी ग्रुपका पिता स्व.लुनकरण चौधरीलाई मानिसहरुमा सकारात्मक धाराणाको विकास गराउन आफ्नो प्रमुख व्यवसायिक उद्योग परिसरमा एउटा शिवको मन्दिर तथा ऋषी आश्रम, गुरुकुल शिक्षा सहित शाश्वतधाम निर्माण गर्न आशिर्वाद भए बमोजिम पिताले प्राप्त गर्नु भएको आशिर्वादलाई मुर्तरुप दिनको लागि छोरा विनोद कुमार चौधरीले शाश्वतधामको निर्माण गरेका हुन् । त्यस्तै विशुद्ध धार्मिक तथा पवित्र आत्माले हिन्दु तथा बौद्ध धर्म संरक्षण, प्रवर्धन तथा अध्ययन अनुसन्धानको लागि मुनाफारहित कम्पनीको रुपमा दर्ता गरी यो संस्था स्थापना गरिएको चौधरी ग्रुपअन्तर्गत व्यवसायी सामाजिक उत्तरदायित्व विभागका प्रमुख रामचन्द्र धितालले बताउनुभयो ।
शाश्वतधाम परिसरमा रहेको ‘थ्रीडी मुभी हल’ मा धार्मिक पर्यटक तथा आगन्तुकहरुले नेपाल तथा भारतमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइँकुण्ड, लुम्बिनी, स्वयम्भू, बद्रि, केदार, हरीद्वार जस्ता प्रमुख धार्मिक स्थलहरुको पछिल्लो गतिविधि ठुलो पर्दामा हेर्न सक्ने छन् । त्यस्तै गरी नेपालका विभिन्न स्थानमा रहेका धार्मिक तिर्थस्थलहरु जुन प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् त्यस्ता धार्मिक तिर्थस्थलहरुको पनि प्रचारप्रसार यसै थ्रीडी मुभी हलबाट गरिने व्यवस्था मिलाइएको छ । शाश्वतधाम भित्र डिजिटल धार्मिक पुस्तकालय तथा धार्मिक सूचनाकेन्द्र समेत रहेको छ जसबाट देशभरका प्रमुख धार्मिक तिर्थस्थल, मठ मन्दिर, बौद्ध विहार, गुम्वा, शक्ति पिठ तथा हिन्दु तथा बौद्ध धर्म सम्वन्धी जानकारी लिन सकिने शाश्वतधामले जनाएको छ । धाम परिसरमै एउटा सोभेनियर स्टोर अर्थात उपहार घर रहेको छ जसबाट भक्तजनहरुले बैदिक सनातन धर्म अन्तर्गत प्राचिनकालमा ऋषिमुनिहरुले प्रयोग गर्ने खराउ, भाँडा वर्तनका साथै शालिग्राम, जनै, धार्मिक स्थलका जल, धार्मिक पुस्तकहरु, भगवानका तस्विरहरु, बौद्ध धर्म सम्वन्धी ग्रन्थ तथा सामग्रीहरु, लुम्बिनीको माटो आदि खरिद गर्न सक्ने छन् ।
शाश्वतधामको आकर्षणको रुपमा रहेको श्री एकाम्बेरेश्वर मन्दिरमा भक्तजनहरुले बिहान देखि बेलुकासम्म पुजापाठ तथा आरती गर्न सक्ने, बिहान योगा गराइने तथा बेलुका धार्मिक गुरुहरुबाट प्रवचन हुने व्यवस्था मिलाइएको छ । धामलाई वातावरणीय दृष्टिले हरियाली कायम राख्न बर, पिपल, अशोका लगाएत १२ राशी २७ नक्षत्रको प्रतिनिधित्व हुने गरि विभिन्न रुख विरुवाहरु लागाइएका छन् । धामलाई आकर्षक बनाउनको लागि मन्दिर वरिपरी मनमोहक पानीका फोहराहरु (वाटर फाउन्टेन) समेत निर्माण गरिएको छ । करिव ५ विगाहा क्षेत्रफलमा निर्मित धामको अवलोकन गर्दा भक्तजन तथा आगन्तुकहरुलाई थकाई नलागोस भनेर एउटा बिश्राम स्थल पनि बनाइएको छ । धामको चारैतिर ढुंगा खोपेर बनाइएका ससाना ‘स्पिकर’बाट भक्तजनहरुले मन्द आवाजमा भजन सुन सक्ने छन् तर भजनको आवाज कहाँबाट आएको हो त्यो पहिचान गर्न भने भक्तजन तथा आगन्तुकहरुलाई हम्मेहम्मे पर्दछ । भक्तजन तथा आगन्तुकहरुलाई खाना नास्ताको लागि करिव ३ सय जना क्षमता भएको अन्नपूर्ण भोजनालय धाम परिसरमै रहेको छ जहाँ भक्तजनहरुले सात्विक खाजा तथा भोजन न्युनतम शुल्कमा प्राप्त गर्न सक्ने छन् । विभिन्न चाडपर्वहरुमा धाम अवलोकन गर्न आउने भक्तजनहरुको उपस्थिति अधिक हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्दिर बाहिरबाटै आरति गर्न सक्ने व्यवस्था मिलाइएको छ । बेलुकाको समयमा मन्दिरको सुन्दरता अझ बढी झल्किने र हेर्न लायक बनाइएको छ । विशेष किसिमको ’इलेक्ट्रिक लाइट’को माध्यमबाट आएको विभिन्न रंगको प्रकाशले मन्दिरलाई थप आकर्षक बनाउँदछ । मन्दिरको एकातिरको भाग एक रंगको देखिन्छ भने अर्र्कोितरको भाग अर्कै रंगको देखिन्छ ।
नेपालको मध्य भागमा निर्माण भएको शाश्वतधामले नेपालका मात्र नभएर विश्वभरका हिन्दु, बौद्ध तथा ओमकार परिवार भित्रका सम्पूर्ण भक्तजनहरुका माझ एक महत्वपूर्ण तिर्थस्थलका साथै धार्मिक पर्यटकीय स्थलको रुपमा ख्याती कमाउने प्रबल सम्भावना देखिएको छ । हिन्दु र बौद्ध धर्म नेपाली माटोको मौलिक धर्म संस्कृति हो । शाश्वतधामले गरेको यो प्रयासले हिन्दु धर्म र बौद्ध धर्मको संरक्षण र प्रबर्द्धनमात्र गर्ने नभई एकै स्थलमा दुई थरी आस्था र विश्वास बोकेका धर्मावलम्बीहरु बीच बन्धुत्वको भावना जागृत गरी धार्मिक सहिष्णुता कायम गर्ने कार्य गरेको छ । यो धाम हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा धरोहर बनेको छ । पछिल्लो समयमा मानिसहरुमा देखिएको धार्मिक विचलन, नैतिकता पलायन, इमान्दारिताको अभाव, सकारात्मक सोचको अभाव, सहयोगी भावनाको अभाव, नैराश्यता जस्ता समस्यालाई थोरै भए पनि सम्बोधन गर्दै आधुनिक युवापुस्तालाई सकारात्मक सोच र धार्मिक कार्यमा प्रेरित गर्न सक्नु शाश्वतधामको सराहनीय पक्ष हो ।

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बिचार/ब्लग

किशोरी सुरक्षाको लागि किशोरीमा लगानी

Published

on

सपना पौडेल
देवचुली १७, किशोरी अभियन्ता
नवलपुर

किशोरी सुरक्षाको लागि किशोरीमा लगानी
एक वर्षको समृद्धी चाहनु हुुन्छ भने अन्न रौपौ ।
दश वर्षको समृद्धी चाहनु हुन्छ भने रुख रुपौ ।

यो चिनियाँ उखानबाट नै सुरु गर्न चाहे, हामीले खोजेको समाज र समृद्धको यात्रामा हाम्रो अवस्था कहाँ छ ? प्रत्येक दिन जसो आउने समाचारहरुमा किशोरीहरुमाथी भएको हिंसा, दृव्र्यवहार, बेचबिखनका घट्नाले म जस्ता किशोरीहरुको मस्तिष्क मा के कुरा खेल्दछ होला ?
नेपालमा किशोरीहरुको अवस्था जनसाख्यिक रुपमा चाँही कस्तो छहोला त ? जनसंख्याको हिसावले हेर्दा पनि नेपालको कुल जनसंख्याको ४४ प्रतिशत १८ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको रहेको छ । बालबालिकाको कुल जनसंख्याको ४९ प्रतिशत संख्या बालिकाहरुको रहेको छ । जनगणना प्रक्षेपणले सन् २०१६ मा १९ बर्ष भन्दा कम उमेरका करिब ५८ लाख ६६ हजार बालिकाहरु नेपालमा रहेको देखाउँछ । यसरी हेर्दा पनि किशोरीहरुको अवस्था अनुसार नै कार्यहरु भएका छन् त ? अनी अहीलेको वर्तमान समयमा गरिएका लगानीका क्रियाकलापहरुको अवस्था भने कस्तो छ भन्ने बारेमा समेत हामीले अध्ययन गर्नु आवश्यक छ ।
हामी किशोरीहरुले आफ्नो जीवनमा केही न केही समस्याहरुबाट पिडित हुन्छौ । देश भित्र र बाहीर समय समयमा सुन्ने गरेको फलानो ठाँउमा यो भयो, यस्तो समस्याहरु आयो ? अनि अभिभावक र समुदायबाट समेत यो उमेरमा भएका किशोरीहरु आफै नराम्रो बाटोमा लाग्दछन की ? कतै हिंसा वा दृव्र्यवहारमा नै पर्दछन की ? त्यही कारणले पनि म जस्ता हजारौ किशोरीहरु बाहीर कुनै पनि स्थानमा आवतवावत गर्नलाई समेत समस्याहरु पर्ने गरेको छ । कहीले काँही त लाग्दछ म साच्चिकै केटी भएर किन जन्मेको होला ? कतै हामीले केटी भएर जन्म लिएर कुनै ठुलो पाप त गरेका छैनौ ? आखिर किन पल पलमा हामी बालिका र किशोरीहरुमा नै यस्तो समस्याहरु आउने गरेको छ त ? आखिर हामी किशोरीहरुको दोष नहुँदा पनि त निर्मला पन्त जस्ता घटनाहरु बारम्बार हुने गरेको छ ?
यस्ता समस्याहरु र घटनाहरु सुन्दा म आफु र मेरा साथिहरु पनि असुरक्षित महसुस गर्ने गरेका छौ । हामीलाई पनि त आफ्ना मनमा लागेका कुराहरु सोध्न मन लागेको हुन्छ ? हामीलाई पनि त बालकहरु सरह नै खेलकुद र अन्य क्रियाकलापहरुमा सहभागिता हुन मन लागेको हुन्छ ? तर दैनिक जसो हुने यस्ता घटनाहरुले हामी स्वयम बालिकाहरुले एकदमै डर, चिन्ता र त्रासमा जीवन व्यतित गर्नुपर्ने हुन्छ । हामी स्वयम किशोरीहरुलाई यस्ता समस्याहरु र आफ्ना कुराहरु विद्यालयमा वा घरमा वा अन्य ठुला मानिसहरुलाई सोध्न मन लागेको हुन्छ तर सोध्यो भने कतै हामीलाई नै पो गलत पो सोच्छन की ? किन जान्ने भएकी होला भन्छन की ? कतै हामीलाई हेर्ने दृष्ट्रिकोण नै त्यस्तै गर्दछन की भनेर पनि सोध्न भने सकेका हुँदैनौ । तर हामीले किशोरीहरुको समुह बनाएर किशोरी शसक्तिकरणको कार्यक्रममा सहभागिता जनाएपछि भने यस्ता बिभिन्न विषयहरुको बारेमा जानकारी लिन र एक विद्यालयबाट अर्को विद्यालयका साथीहरु, सरहरु र अन्य व्यक्तिहरुलाई सोध्न सक्ने भएका छौ । महिनामा एक एक क्रियाकलापहरु सञ्चालन गर्ने र त्यसको समिक्षाको लागि प्रत्येक महिनाको पहिलो शनिवार बैठक बस्नाले समेत आजकल धेरै प्रश्नहरुको उत्तर थाहा पाएका छौ, साथै कसरी किशोरीहरुलाई सुरक्षित गर्न सकीन्छ भन्ने बारेमा समेत जानकारी लिन र जानकारी दिन थालिएको छ ।
किशोरीहरु माथि भएको यो सवै समस्याहरुको समाधान एउटा मात्र उपायले गर्न सक्दछ, त्यो भनेको किशोरीहरुमाथीको लगानी र उनीहरुको शसक्तिकरण साँचो अर्थमा सम्पन्न गर्न सकेमा । यसको लागि हामीले ३ तहबाट शसक्तिकरण र लगानीको सुनिश्चितता गर्न सकीयो भने किशोरीहरुमाथि भएका बिभिन्न हिंसा, दृव्र्यवहार घटद्छ जस्तो लाग्दछ ।
१. स्वयम किशोरीहरुले गर्नुपर्ने कार्यहरु ः हामी किशोरीहरुले समेत अधिकारको बारेमा कुरा गरिरहँदा कर्तव्य पनि सँगै लैजानु आवश्यकता हो । हामी स्वयम किशोरीहरुले आफ्नो विकासको लागि गर्नुपर्ने विषयहरुसँगै समाजको निश्चित नियम र परिधीलाई पनि त सँगै लैजानु पर्दछ नी । यसको लागि हामीले अधिकारको मात्र कुरा गरेर भएन हामीले कर्तव्य पनि सँगै लगेर परिवार, समुदाय र राष्ट्रप्रतिको ध्यानाकर्षण अगाडी बढाउनु आवश्यक छ । हाम्रो प्रथम अधिकार विद्यालयमा वा कलेजबाट शिक्षा हासिल गर्न पाउने हो भने हामीले आफ्नो कर्तव्य पनि विद्यालयको अनुशासन र पढाईलाई नियमितता गराउनु पनि त हो, त्यसकारण हामी सवै किशोरीहरुले आफ्नो अभिभावको अवस्था, समय र उपलब्धतालाई ध्यान दिएर अध्ययन र आफ्नो विकासको साथै घरमा र बाहीर रहेका आफुभन्दा सानालाई माया र ठुलालाई आदरसत्कार गर्नु पर्दछ । अनी आफुलाई केही समस्याहरु परेको छ भने आफ्नो घरका अभिभावक, साथीहरु र विद्यालयका शिक्षकहरुलाई समयमा नै जानकारी गराउनुपर्दछ ।
२. अभिभावक र समुदायहरुले गर्नुपर्ने कार्यहरु ः हामी किशोरीहरुको सवैभन्दा नजिकको साथी भनेको नै घरमा रहेको अभिभावकहरु नै हुुनुहुन्छ । तर पछिल्लो समयमा किशोरीहरु घरमा नै सुरक्षित नभएकोले समेत अभिभावक र समुदायको पनि केही जिम्मेवारी त हुनुपर्दछ नी । त्यसको लागि अभिभावकहरुले आफ्ना छोरीहरु किशोर अवस्थामा प्रवेश गरेलगत्तै उनीहरुसँग साथी जस्तो व्यवहार गर्न सक्नुपर्दछ । यसो गर्दा किशोरीहरुलाई लागेको कुुराहरु निर्धकताका साथ घरमा नै आएर घरका सदस्यहरुलाई भन्न सकुन । घरमा किशोरीहरुलाई पर्याप्त समय दिन सकेमा र उनको नजिकका साथीहरु र विद्यालयका साथीहरु समेतलाई भेट्ने र संगत कस्तो छ भन्ने बारेमा समेत थाहा पाउनुपर्दछ । घर किशोरीमैत्री र बालमैत्री सँगै समुदाय पनि सोही अनुसार अगाडी बढ्न सकेमा किशोरीहरुले समेत सुरक्षित महसुस गर्दछीन । यसको लागि समुदायले समेत आचारसँहीताहरुको निर्माण गर्ने र आफ्नो समुदायमा हुन सक्ने संभावीत घटनाहरुको पूर्वमुल्याँकन गरी सो न्युनिकरणको लागि कार्यहरु गर्न सकेमा राम्रो हुने थियो । जस्तो सार्वजनिक स्थान वरपर धुम्रपान र मधपान निषेधित क्षेत्र, हिंसा, दृव्यर्वहारको व्यवहार गर्नेलाई तत्काल कारवाहीको व्यवस्था, किशोरीमैत्री पूर्वाधारहरुको निर्माण, बिभिन्न सुचनामुलक सन्देशहरु प्रदान गर्नको लागि सुचनापेटीहरु, होडिंङ्ग बोर्डहरुको निर्माण र ठाँउ ठाँउमा राख्नाले समेत यस्ता घटनाहरुमा न्युनीकरण ल्याउँदछ । साथै सामाजिक विकास र अन्य क्रियाकलापहरुमा समेत उनीहरुको सहभागिता सुनिश्चितता गराउने, मनोरञ्जनस्थलको निर्माण, किशोरीमैत्री खेलकुदको सञ्चालन आदी क्रियाकलापहरु समेत समुदायले सञ्चालन गर्न सकेमा हिंसा र दृव्र्यवहारबाट जोगीन सक्ने थिए ।
३. स्थानीय तह र अन्य संस्थाहरुले गर्नुपर्ने कार्यहरु ः हामीले अहीले आफ्नै वडामा, गाँउपालिकामा र नगरपालिकामा जनप्रतिनिधीहरु पाएका छौ । तपाईहरु म जस्ता हजारौ किशोरीहरुको आफ्नै नातेदार पनि त हुनुहुन्छ, एकपटक हजुरहरुले सोच्नुस त म जस्ता किशोरीहरुले तपाईको स्थानीय तहमा भोगेका समस्याहरु के के होलान ? कसरी त्यो समाधान गर्न सकीएला हामी सवै बसेर छलफल गर्ने हो भने पक्कै नै त्यो समाधान त हुन्छ होला नी है । हाम्रो लागि तपाईहरुले किशोरीमैत्री पूर्वाधारहरु, हाम्रो क्षमताको विकासको लागि आवश्यक पर्ने बिभिन्न तालिमहरु, सार्वजनिक स्थानहरु, मनोरञ्जन स्थलहरु, खेल मैदानहरुको व्यवस्थापन, हामी सहभागी भएर आफ्ना कुराहरु राख्ने संरचनाहरु, हिंसामा परिहालेमा समेत मनोसामाजिक परामर्शको व्यवस्थापन, महिनावारी भएको समयमा प्रयोग गर्न सकीने शौचालयहरु, सेनेटरी प्याडहरुको व्यवस्थापन पनि त यहाँहरुले गर्न सक्नुहुनेछ । यदी यो सम्मको अवस्था सृजना गर्न सक्नु भयो भने हामी सवै किशोरीहरु सुरक्षित महसुस गरी यो देशको परिवर्तनमा लाग्ने थियौ नी त ।
किशोरीहरुमा गरिएको क्रियाकलापहरु खर्च नभएर यो त लगानी हो, जसरी कुनै व्यवसायमा लगानी गरेपश्चात केही समयमा हामीले प्रतिफल पाउँछौ भने, हामीलाई गरीएको क्रियाकलापहरुले पनि त कुनै समयमा यो देशलाई हामीले प्रतिफल दिने छौ । भनिन्छ नी आमा शिक्षित भईन भने त्यो घर नै शिक्षित हुन्छ भने झै म जस्ता हजारौ किशोरीहरुको सुरक्षा अहीले गर्न सकीयो भने त यो देश पनि त समृद्ध र शान्त हुनेछ होला । आउनुहोस किशोरीहरुमा सही समयमा नै लगानी गरौ । हिंसामुक्त समाजको निर्माण गरौ । जय किशोरी

 

Continue Reading

बिचार/ब्लग

कुर्सी बदली भयो ,मन्त्र बदली भयो ,तर तन्त्र बदली भएन !

Published

on

लेखक: टिकाराम वली

दशकौं लादिएको निरंकुश पञ्चायत ढाल्न हजारौंले प्राणको आहुति दिएकै हो । त्यही बलिदानको बलमा प्रजातन्त्र आयो भनेर बजारमा राम्रो बिज्ञापन आएकै थियो । तर नेपाली जनताले प्रजातन्त्रको स्वाद लिएपछि नै थाहा भयो प्रजातन्त्र पनि राजसंस्था कै मातहतमा हुर्काउन खोजिएको नाममात्रको प्रजातन्त्र रहेछ ।बाहिर बोरा राम्रो भएर के भयो र बोरा भित्र कुहिएको आलु मात्र थियो । त्यही अत्याचारी प्रजातन्त्रको विरुद्ध सुरु भएको जनयुद्ध २०५२ साल फागुनबाट विकट गाउँघरबाट सुरु भयो। दश वर्ष चलेको सशस्त्र जनयुद्धको बलमा लोकतान्त्रिक गणतन्त्रको सब्दजाल भित्र पनि संसदीय प्रजातन्त्रभन्दा माथि उठ्न सकेन। १७ हजार भन्दा धेरैको बलिदानीले भिजेको संविधान आज त्यही संसदीय व्यवस्था कै निम्ति हराएको इतिहास बन्यो । जनयुद्धको अन्त्य र संसदीय व्यवस्थाको स्थापना कम्युनिस्ट आन्दोलन गम्भीर असफल अभ्यास थियो ?लाखौं जनताको दमदार आन्दोलन र। हजारौं शहिदले सजिएको गणतन्त्रको परीक्षण पनि भै सक्यो ।समय कालखण्ड बद्लिए, तन्त्र बद्लिए कुर्सीमा पुग्ने ब्यक्ति बदलिए ।तर ति कुर्सी र तन्त्रहरुको व्याख्या अपव्याख्या गर्ने पात्रहरु भने सदियौं देखि उही नै रहे। त्यही बर्गको कुर्सी रह्यो जसको विरुद्ध हजारौंको बलिदान भएको छ ।जसको विरुद्ध लाखौं मान्छे अङभङग छन् ।
संकटकाल लगाउने र सर्वहारा बर्गको राज्य माग्नेहरु नेपाली राजनीतिमा सक्रिय नै देखिन्छन्। अझ जनयुद्ध संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको आन्दोलन दबाउन सिधासिधा बन्दुक दाब्नेहरु ससम्मान पदकबाट विभूषित भएका छन्। तक्मा दिनेहरु गणतन्त्रको माग गर्नेहरु पात्रहरु हुन् । तिनै पात्र हुन् जसले गणतन्त्र र संविधानसभाको नेतृत्व गरेको दावी गर्छन्। एक तन्त्रबाट अर्को तन्त्रको फड्को एक ब्यक्तिको सट्टा आर्को प्रधानमन्त्री ।बन्नु बाहेक खासै परिवर्तन भएन । खासमा चाहिएको व्यवस्था परिवर्तन हो । मानव समाजवाद हो । अहिले बद्लिएका फगत भासण भासण भित्रको अनेक अर्थ मात्र भयो ।हरेकले जालझेल र अनेक अर्थ लगाउन सक्ने आलुको बोराभित्र कुहिएको गन्ध मात्र आउछ । हामीले मुलुक हाँक्न कथित पात्रहरुलाई दिएको प्रजातन्त्र र त्यसको जगमा पलाएको गणतन्त्र पनि जालझेल र षड्यन्त्र मै भुलेको छ ।हामी धेरै आक्रोशमा थियो ।बिहान नहुदै हातमुख नधुदै हत्तारिएर निरंकुश व्यवस्था विरुद्ध कतै कालो झण्डा फर्फराउँदै गोली खान अघि बढ्यो कतै बम गोलि र गोलि कठ्ठा सहित भीषण लडाइ चल्यो।

मेरो मन दुखाइ आन्दोलन संघर्ष र बलिदानमा कदापि होइन । सानो बाल्यकालकाल बाट पाएको बिद्रोहि शिक्षा भित्र मानवजातिको सुन्दर सपना भित्र हराएर । अहिले पुजीवादी समाजमा बाच्नु पार्ने बाध्यता सामन्य छैन । सानै उमेर देखी बिद्रोह र न्यायको लागी गरिएको अनेक लक्ष्य भित्र देखिएको साम्यवाद हराएको सुन्दा मनका काँडा बिजेको
छ। चित्त दुखेको छ। अनि आक्रोश पोख्न मन लाग्छ ।त्यो भर्भराउँदो जीवन कसै मन्त्री बन्नको लागी मात्र थिएन । पद र पैसाको ब्यापार गर्नको लागी पनि थिएन ।त्यसकारण अनेकौं प्रश्न सोध्न मन लाग्छ। राजनीतिक जिबन समाजको सेवा भित्र पाएको पद हो । त्यही पद र त्यही सेवाबाट पाएको सम्मान मन्त्री हो । अब त्यहाँबाट पाउने अधिकार दुरुपयोग नहोस् भन्ने आम नागरिकको चाहना हुन्छ नै ।आज अस्पतालमा उपचार भन्दा पहिला पैसा जम्मा गर्नु पर्छ।स्कुलमा किताब भन्दा पहिला पैसा बुझाएको हुनुपर्छ ।ठाउँ ठाउँमामा विकास बजेट काम सुरु नहुदै सिधिन्छ । कुन जिज खान र उपयोग उपयुक्त होला भनेर खोजतलास भयो भन्ने । जहाँ घुसपैठ भित्र पास भएको छ ।बाहिर त्यही ठिक हुन्छ । सडक सानो छ ।कस्तो सवारी कतिबेला चलाउनु पर्छ ।भन्ने ध्यान नै छैन । जति लोड संग भएपनि पावर र पैसा संग जतासुकै गुड्ने इजाजत पाउछ । अनि हामीले आलोचना गर्दा नराम्रो लाग्छ होला । त्यो पदलाई केहि पात्रहरुले दिएको संमान भित्र रम्न मन लाग्छ होला । यदि माक्र्सवादी हो भन्ने सन्सार देख्न सक्छ ।यदि मानवीय प्रतिनिधि हो भन्ने सबैको सुन्न सक्छ । होइन यस्तै रह्यो भन्ने विकल्प खोज्ने अधिकार जनता संग छ ।लाखौं युवा सहज श्रमको प्रतीक्षामा लामो समय भै सक्यो । प्रत्येक महिना दिदि बहिनीमाथिको बलात्कार भै रहेको छ ।निर्मला पन्तको बलात्कार अझै सम्म पत्ता लाग्दैन ।सुन कान्ड भित्र गोरेको बयान कता हरायो ।सबै अपराध हराउँदै जाने हो भन्ने किन चाहियो संविधान,कानुन र सरकार ? 

Continue Reading

बिचार/ब्लग

रजस्वालाको मेरो पहिलो अनुभव ः पिडा अनी खुसीको क्षण

Published

on

 

सपना पौडेल
किशोरी शसक्तिकरण कार्यक्रम अभियन्ता, देवचुली

हामी महिलाका आफ्नो जीवनमा एउटा न एउटा समस्याहरु अगाडी बढ्नुपर्ने रहेछ , त्यस्तैमा सुरुमा समस्या लागेको र पछि यसको महत्वको बारेमा थाहा भएको रजस्वाला हुँदाको मेरो पहिलो अनुभव आज लेख्ने प्रयास गरेको छु ।

सृष्टिको जन्मदातृको रुपमा महिलाहरु रहेको र त्यही संरचनमा हुने रजस्वालाको विषयमा भने अचम्मको कुराहरु मात्र रहने र त्यो पनि महिलाहरुमा हुने रहेछ । म आफुलाई रजस्वालाको बारेमा खासै थाहा नै थिएन, घरमा हुनुभएका आमाहरु, दिदिहरु चाँही पर सरेको, छुन नहुने भन्ने त सुनेका थिए, तर के हो ? कसरी हुन्छ भन्ने बारेमा हाम्रो समाजको संरचनाको कारण न त मैले नै कसैलाई सोध्न सके न त कसैले मलाई भन्न नै खोज्यो त्यसकारण पनि म यो कुरा कसैलाई पनि सोध्न भने सकेको थिईन । बालापनको स्वभाव न हो नयाँ कुरा जान्न खोज्ने, सिक्ने खोज्ने त्यही भएर नै म आफु पनि यसको बारेमा जान्न मन लागेको थियो ।

एक दिन हिम्मत गरेर ममीको छेउमा गएर ममीलाई सोधे ः ममी यो रजस्वाला भनेको के हो ? किन हजुर र दिदिहरु म्हिनामा एकपटक हामी भन्दा टाढा छुटै वस्नुहुन्छ भनेर सोध ? मेरो ममिले गाली नगरीकन हासेर जवाफ दिनुभयो, महिलाको लागि रजस्वाला भनेका गर्वको कुरा हो, यो भयो भने हामी भविष्यमा गएर यो सृष्टिकर्ताको रुपमा अगाडी बढ्छौ, हामी आमा बन्न सक्दछौ र यो प्राकृतिक नियम हो, अव तिमि पनि यो उमेरमा प्रबेश गर्दै छौ, तिमिलाई पनि त्यस्तो भयो भने नडराई मलाई आएर भन्नु है भन्नुभयो, अनी मैले पनि हुन्छ भनी यो कुरामा ध्यान दिन थाले ।
यो रजस्वाला सामान्यतया १२ वर्षको उमेर समुहबाट हुने गर्दो रहेछ । म त्यतीबेला कक्षा ६ मा अध्ययनरत थिए, मैले मेरा साथिहरुलाई समेत रजस्वालाको बारेमा भन्ने गरेको थिए । एक रात म घरमा वसी सवै परिवारसँग वसेर टेलिभिजन हेर्दै थिए, मलाई अकस्मात गाह्रो भयो र एकदम सन्चो नहोला जस्तो भएको थियो, तर मैले घरमा उक्त कुराहरु भन्न सकेकी थिईन । तर पछी खाना खाएर टेलिभिजन कोठामा आँउदा मैले लगाएको सुुरुवालमा रगत लागेको देखे र म कसैले थाहा नपाउने गरी बाहीर गए, त्यतीबेला एकदम डर समेत लाग्यो किनकी मलाई केही भयो की भनेर रुन पनि आयो र एक्लै वसेर रुन थाले । पछि ममीलाई बोलाएर मैले देखाए र भनेपछि उहाँले मलाई सम्झाएर अव तिमी पनि रजस्वाला हुन थालेउ, यो प्राकृतिक कुरा हो, तिमिले केही गल्ती गरेको होईन भनेपछी म अली ढुक्क भए । अनी ममीले मलाई त्यहाँबाट अर्को कोठामा लिएर जानुभयो र त्यहाँ नै राखेर तिमि बाहीर ननिस्क भन्नुभयो । अनी पछी थाहा भयो, म त्यो कोठामा ५ दिनसम्म एक्लै बस्नुपर्ने रे, बाहीर आउन नपाउने अनी विद्यालय पनि जान नपाउने भएपछी मलाई एकदम रुन समेत मन लाग्दथ्यो । मैले त्यतीबेला नै सोच्दथे, यदी यो महिलाको लागि महत्वपुर्ण हो भने कीन त हामीलाई बाहीर निस्कन नहुने, छोईन्छ भन्ने यस्तो सोच्दा बेला बेलामा म एक्लै नै रुन गर्दथे तर म विवश थिए हाम्रो समाजको संरचना र रीतिरिवाजले गर्दा म ५ दिनसम्म घरबाहीर ननिस्कीन एक्लै कोठामा मात्र वसे । ५ दिन सम्म स्कुल नजादा साथीहरुले के सोचे होलान, शिक्षकले के भन्ने होलान ? के भनेर जवाफ दिने भनेर समेत म एकदमै आत्तिने समेत गर्दथे । ५ दिन पछि बाहीर आँउदा सवैले मलाई तिमि ठुली भयौ अव भन्नुभयो, मलाई भने अचम्म लाग्दथ्यो किन यस्तो भनेको होलान ? आखिर मैले कतै केही गल्ती त गरेको छैन ? ५ दिन पछिको बाहीर निस्केपछी पनि २० दिनसम्म केही छुन नहुने रे, सुरु सुरुमा गाह्रो भयो तर पछि समस्याहरु समाधान भएपछी भने त्यस्तो केही महसुस भने भएन । पछि त प्रत्येक महिना हुँदा यसको बारेमा समेत जानकारी हुन थाल्यो र पछि त यसको बारेमा समेत खासै गाह्रो महसुुस भने भएको छैन । यसरी हेर्दा रजस्वाला हुनु भनेको प्राकृतिक कुरा हो र यसले कुनै पनि किशोरीहरुलाई केही असर पार्दैन भनेर घरपरिवार तहमा, विद्यालय तहमा र स्वयम साथिहरु विचमा नै कुराहरु गरिनु आजको आवश्यकता हो । समाजको विकासको क्रममा महिलाहरु र त्यसमाथि पनि किशोरीहरुलाई यसको बारेमा परेको प्रभावको बारेमा उनीहरुका अनुभवहरु सुनीनु आवश्यकता छ र साना साना किशोरीहरुलाई विद्यालयस्तर र घरपरिवार तहबाट नै यसको बारेमा जानकारी दिनु आवश्यक छ ।
रजस्वाला हुँदाको बखतमा गरिनुपर्ने सरसफाई र हेरचाहमा सवै सरोेकारवालाहरुको मुख्य रुपमा भुमिका हामीले देखेका छौ । म आफै स्वयम किशोरी भएर पनि होला, कहिले कहिले यहाँका भौतिक संरचनाहरु देख्दा भने किन होला, यो पुर्वाधारहरु किशोरीमैत्री बनाउन नसकिएको , किन कसैको पनि ध्यान यता तर्फ जादैन होला ? अहिले त स्थानीय तहमा जनप्रतिनिधीहरु पनि त आएका छन् अनी मुख्य रुपमा मुख्य पदमा एकजना महिला र वडास्तरको समितिमा पनि त महिलाहरुको सहभागिता त्यती धेरै भएको छ, तर पनि उहाँँहरुको ध्यान त्यतातर्फ किन गएको छैन खोई ? आशा गरौ सवै किशोरीहरुले अवको दिनमा यस्ता कुराहरुमा उहाँहरुको ध्यान जानेछ र सवै पुर्वाधारहरु किशोरीमैत्री, लैगिंकमैत्री, अपाँगमैत्री र बालमैत्री रुपमा निर्माण हुनेछ । समाजको सभ्यताको परिचय दिनको लागि पनि त अव त यि कुराहरुमा ध्यान दिनु आवश्यकता छ । हामी सवै मिलेर यो समाजलाई किशोरीमैत्री निर्माण गर्नुछ । सवैको चासो र ध्यान किशोरीमा दिनको लागि समेत अनुरोध छ । अहिले नेपालमा हामी जस्ता किशोरीहरुको सुरक्षामा निकै नै चुनौतीहरु आईपरेको हामीले देखेका छु । म एक किशोरीको नाताले पनि भन्न चाहन्छु की यस्ता घटनाहरु र आफुलाई लागेको कुराहरु सवै किशोरीहरुले बेलामा नै अभिभावकहरुलाई जानकारी गराउनुपर्दछ । रजस्वाला हुँदाको बखत कुनै पनि चाडपर्वको आउदा जुन खालको सोच हाम्रो रहेको छ त्यो नगरी सवै किशोरीहरु र महिलाहरुको प्राकृतिक कुरा भएकोले सो कुरामा ध्यान दिई सवैलाई समान रुपमा चाडपर्वमा समावेश गरे मात्र सक्षम बालिका अनी समृद्ध नेपालको परिकल्पना साकार हुनेछ ।

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य8 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य8 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य8 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज10 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य12 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति11 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models1 year ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर