Connect with us

शिक्षा

देशको समृद्धि र विकासका दक्ष जनशक्तिको खाँचो(राइटस्टेप एजुकेशन एकेडेमीको छैठौं वार्षिकोत्सव समारोह)

Published

on

arjun poudel

सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), १७ चैत ।

कम्प्यूटर शिक्षा नै २१औं सताब्दीको प्रमुख माग गरेको प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले जोड दिएका छन् ।देशको समृद्धि र विकासको लागि कम्प्यूटर शिक्षामा विशेष जोड दिनुपर्ने प्रदेशसभा सदस्य के.सी.ले धारणा राखे । टेक्निकल जमातलाई अगाडि ल्याउन सके मात्र देश समृद्धितर्फ अगाडि बढ्ने उनले स्पष्ट पारे । “दक्ष जनशक्ति उत्पादन गर्न टेक्निकल विद्यालय स्थापना गर्नुपर्छ । अब प्राथमिक तहदेखि नै कम्प्यूटर शिक्षा लागू हुनुपर्छ” –उनले भने ।
राइटस्टेप एजुकेशन एकेडेमीको छैठौं वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै कपिलवस्तु क्षेत्र नं. ३(१) का सभासद के.सी.ले यस्तो धारणा राखेका हुन् । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले कम्प्यूटर शिक्षामा निकै संघर्ष गरी देशको ३८ जिल्लामा शिवराजकै गौरब बढाएको भन्दै राइटस्टेप परिवारलाई धन्यबाद दिए । साथै राइटस्टेपले कम्प्यूटर शिक्षामा चालेको कदम निकै सकारात्मक रहेको औल्याउँदै आफ्नो छबीलाई अझ उँचो पार्न शुभकामना दिए र आफूले सकेको ठाउँमा सहयोग पु¥याउने बाचा समेत दिए ।
राइटस्टेप एजेकेशन एकेडेमीका संस्थापक अध्यक्ष दीपेन्द्र पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले २०६८ चैत १७ गते चन्द्रौटा बजारमा राइटस्टेपको स्थापना गरेको जानकारी दिए । नेपाल सरकारद्वारा सूचिकृत भई आईएसओ मान्यता लिई संस्थालाई अगाडि बढाएको उनले बताए । विपन्न, असक्त एवं अपांगता भएका विद्यार्थीहरुलाई निशुल्क शिक्षाको अवसर सृजना गरेको उनले बताए । हाल देशभरका ८९० जनालाई निःशुल्क कम्प्यूटर शिक्षा प्रदान गरेको पौडेलको भनाई छ । पौडेलका अनुसार देशका ३८ जिल्लामा शाखा विस्तार गरी ७हजार ४सय विद्यार्थीलाई सर्वसुलभ शुल्कमा कम्प्यूटर शिक्षा प्रदान गरेको छ ।
नेपालमा विद्यमान बेराजगार युवा जनशक्तिलाई लक्षित गरी कम्प्यूटर सम्बन्धी विविध कोर्समार्फत सीपमूलक र व्यवहारिक तालिम प्रदान गर्दै आएको र आगामी दिनमा देशभर शाखा विस्तार गरी अगाडि बढ्ने उनले प्रतिबद्धता जाहेर गरे ।

वार्षिकोत्सव समारोहमा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखा उपाध्यक्ष भूमिराज भट्टराई, शिक्षाप्रेमी नारायण बञ्जाडे लगायतले शैक्षिक क्षेत्रमा राइटस्टेपको महत्वपूर्ण योगदान रहेको औल्याउँदै उज्जवल भविष्यको कामना गरेका थिए । यसका साथै कार्यक्रममा राइटस्टेपका विभिन्न जिल्लामा रहेका शाखाप्रमुखहरुले समेत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा उत्कृष्ट शाखाको रुपमा डेल्टा कम्प्यूटर इन्स्टिच्यूट सुर्खेतलाई कदर पत्रले सम्मान गरिएको थियो । यसैगरी राइटस्टेपले ३८ जिल्लाका शाखा प्रमुखहरुलाई कदर पत्र प्रदान गरेको थियो । कार्यक्रमको अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि एवं संचारकर्मीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

rightstep education academy12

Continue Reading
Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शिक्षा

कर्मचारी परिषद्द्वारा भदौ ३, ४ गते सामुदायिक विद्यालय बन्दको घोषणा

Published

on

Karmachari

विद्यालय कर्मचारी आन्दोलित

सीताराम चौधरी कपिलवस्तु, १ भदौ ।

सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहायक र कार्यालय सहयोगीको संगठन “नेपाल विद्यालय कर्मचारी परिषद्” यतिबेला आन्दोलित बनेको छ ।

विभिन्न १० बुँदे मागसहित विगत साउन १५ गतेदेखि कर्मचारी परिषद् देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिएको हो । आन्दोलनका चरण अन्तर्गत साउन ३१ गते देशभरका ७५३ स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् । सोही अनुसार नेपाल विद्यालय कर्मचारी परिषद्ले कपिलवस्तुका १० वटै स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाएको कर्मचारी परिषद्का शिवराज नगरपालिकाका सचिव माधव पाण्डेयले जानकारी दिनुभयो ।

नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रिय समितिले आयोजना गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत देशव्यापी कार्यक्रम अन्तर्गत शिवराजमा पनि ध्यानाकर्षण पत्र बुझाएको पाण्डेयले बताउनुभयो । कर्मचारी परिषद् शिवराज नगर अध्यक्ष यमलाल भुसालको नेतृत्वमा गएको टोलीले नगरप्रमुख नेत्रराज अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

कर्मचारीहरुलाई विद्यालय अनुदानको रुपमा न्यून ज्याला दिएर सरकारले झारा टार्ने काम गरेको भन्दै उनीहरुले ध्यानाकर्षण पत्रमार्फत आपत्ति प्रकट गरेका छन् । शिक्षा ऐन आठौं संशोधनबाट गरिएको विद्यालय कर्मचारी सम्वन्धी व्यावस्थालाई केही संशोधन गरी विद्यालयका कर्मचारीहरुको हित अनुकूलको ऐन बनाउन पटक पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरी उल्टो संशोधनमा गरेको व्यवस्था समेत हटाएर विद्यालय कर्मचारीहरुलाई व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिएर कर्मचारीको भविष्य अन्योलमा पार्न खोजेको गुनासो गरेका छन् ।

वर्षौंदेखि सामुदायिक विद्यालयमा न्यून ज्यालामा काम गर्दै आएका कर्मचारीलाई निजामति वा शिक्षक सरह तलव भत्ता तथा पोषाकको व्यवस्था गरिनुपर्ने, सरकारको तर्फबाट नियुक्ति पत्रको व्यवस्था गरिनुपर्ने, समान पदको समान ज्याला हुनुपर्ने, तहगत र श्रेणीगत बढुवाको व्यवस्था हुनुपर्ने लगायतका १० बुँदे माग राख्दै नेपाल विद्यालय कर्मचारी परिषद् चरणबद्ध आन्दोलनमा उत्रिएको हो ।

नगर अध्यक्ष यमलाल भुसालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कर्मचारीहरुको मागप्रति बेवास्ता गरेमा भदौ ३ र ४ गते देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । यति गर्दापनि सुनुवाई नगरे भदौ ७ गते काठमाण्डौंमा शान्पिूर्ण प्रदर्शन गर्ने वताइएको छ ।

यता नगरप्रमुख नेत्रराज अधिकारीले स्थानीय तहले यस वर्ष कुनै शीर्षक नराखेको जनाउँदै आगामी दिनमा यस विषयलाई छलफलमा ल्याउने प्रतिबद्धता जाहेर गर्नुभयो । नगरप्रमुख अधिकारीले प्रदेश तथा संघीय सरकारलाई यस विषयमा जानकारी गराई सो पत्र पठाउने समेत आश्वासन दिनुभयो ।

Continue Reading

शिक्षा

सीटीईभीटीको परिक्षा स्थगित

Published

on

HamroSagarmatha logo

काठमाडौं – प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद सीटीईभीटीले आज लिने भनेको प्रवेश परीक्षा स्थगित भएको छ । प्राविधिक एसएलसी तहको पूर्ण शुल्कीयतर्फको भर्नाका लागि लिन लागिएको प्रवेश परीक्षा विशेष कारणबश स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रवेश परीक्षा संचालन हुने मिति र समय पछि प्रकाशित हुने पनि कार्यालयले निकालेको सूचनामा उल्लेख छ । 

Continue Reading

शिक्षा

बालमैत्री घोषणा र दिगोपनाका लागि विद्यालयमा लगानी आवश्यक 

Published

on

नवलपुर ,साउन १६ । (more…)

Continue Reading

Find Us on facebook

Subscribe for Nepali vlog

 

Subscribe HamroSagarmatha Youtube

Advertisement

स्वास्थ्य

स्वास्थ्य8 months ago

सुख्खा छालाको लागि यसरि बनाउन सकिन्छ घरेलु फेसप्याक ( भिडियो सहित )

सुख्खा छाला भएर हैरान हुनुहुन्छ तेसो भए अब ढुक्क  हुनु किनभने भने अब घरेलु उपाए बाट  मुक्त पाउन सक्नुहुन्छ ।सुख्खा...

स्वास्थ्य8 months ago

कपालमा श्याम्पू लगाउँदा यस्ता गल्तीहरू गर्दै नगर्नुस्

कपालको लागी श्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा श्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू...

स्वास्थ्य8 months ago

दाग, धब्बा हटाएर केही दिनमै यसरी बनाउनुहोस् अनुहार चम्किलो

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन...

pt\regnent women pt\regnent women
समाज10 months ago

२०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ सुत्केरी भएको १५ दिनभित्र घरमै पुगेर भेटघाट गर्छन् अव

धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईका अनुसार नगरपालिकाले २०७५ साउनदेखि ‘सुत्केरीसँग जनप्रतिधिनी’ कार्यक्रम सुरु गरेको छ ।   भ्याएसम्म मेयर,...

स्वास्थ्य12 months ago

प्राणघातक रोग ः इबोला

  अहिलेको समसामयिक र निकै चर्चित ज्यानमारा रोग इबोला ९भ्दयबि० सम्बन्धी जानकारीमुलक सामग्री पाउन निकै कठिन मात्र होइन कि अन्यौलको...

विचित्र संसार

couple couple
धर्म सस्कृति11 months ago

ल पड्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो : ज्योतिष शास्त्र यस्तो भन्छ

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण...

models1 year ago

डरलाग्दो अनुहार भनेर सबैजना तर्सिन्छन-भुतजस्तो देखिने महिला

कोहि मानिस झट्टै अरुको विश्वास गर्न डराउने गरेको कुरा हामीलाई थाहा हुदै आएको हो| तर यस्ता मानिसहरु नि छन्,जसको अनुहार...

Videos1 year ago

US-Bangal बिमान दुर्घटनाको एक पछी अर्को रहस्य सार्बजनिक(भिडियो सहित)

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा US-Bangal को बिमान दुर्घटनाको रहस्य सार्बजनिक भएको छ | नेपाली समय अनुसार दिउसो १२:५२ मा...

khursani jhundaune khursani jhundaune
विचित्र संसार1 year ago

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण !

काठमाडौं । हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ ।...

manxe-egg-750 manxe-egg-750
विचित्र संसार1 year ago

मानिसले १५ बर्षका किशोरी अण्डा पारेपछि…

एजेन्सीको सहयोगमा इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि...

लोकप्रिय खबर