किशोरी शसक्तिकरण तथा बालमैत्री शासनसम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

दिपक शर्मा, कावासोती/ कार्तिक २७                        वार्ड स्तरिय बाल क्लव सञ्जालका पदाधिकारी र अन्य बालबालिकाहरुलाई बाल अधिकार, किशोरी शसक्तिकरण र बालमैत्री स्थानीय शासनको बारेमा १ दिने अभिमुखीकरण कार्यक्रम आज नवलपरासी पूर्वको कावासोती नगरपालिका वार्ड नम्बर ४ मा सम्पन्न गरिएको छ ।।

जागृति बाल तथा युवा सरोकारले कावासोती नगरपालिकामा सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।।

सो कार्यक्रममा वार्ड नम्बर ४ का वार्ड अध्यक्ष, सदस्यहरू, बाल क्लव सञ्जालका पदाधिकारी, अन्य बालबालिकाहरु र विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।।

सो कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपाल कार्यसमिति सदस्य यवम किशोरी अभियन्ता आश्मा अर्यालले सहजीकरण गर्नु भएको थियो ।।                                                                             

Facebook Comments Box
TOP