ब्रिटिश काउन्सिल,नेपालको सामाजिक कार्य परियोजनामा कावासोतीका २० सामुदायिक विद्यालय छनोट

हाम्रोसगरमाथाडटकम संवाददाता

कावासोती/कार्तिक ३

ब्रिटिश काउन्सिल, नेपालले आयोजना गर्न लागेको सामाजिक कार्य परियोजना (सोसिअल एक्सन प्रोजेक्ट) संचालनको लागि पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका २० वटा सामुदायिक विद्यालयहरु छनौट भएका छन् | शिक्षाका शाखाका अधिकृत राजन पाण्डेकाअनुसार गत असोज महिनामा ब्रिटिश काउन्सिल, नेपालले कावासोती नगरपालिका भित्र रहेका ४० वटै सामुदायिक विद्यालयहरुबाट अनलाइन प्रस्ताव आवह्वान गरेको थियो र पेश गरिएका प्रस्तावहरुबाट २० विद्यालयहरु छनौटमा परेका हुन् |

विद्यालयहरुले पेश गरेको प्रस्तावको आधारमा छनौटमा परेका विद्यालयहरुले आ-आफ्नो विद्यालय तथा समुदायमा सामाजिक कार्य परियोजना(एसएपी) संचालन गर्नुपर्ने कावासोती नगपालिकाका स्रोत शिक्षक तिर्थराज कंडेलले बताउनुभयो | उहाँकाअनुसार सामाजिक कार्य परियोजना संचालन गर्न ब्रिटिश काउन्सिल, नेपालले छनोटमा परेका विद्यालयहरुलाई बिउ पूँजी स्वरूप ३ सय पाउण्ड अर्थात् करिव ४८ हजार नेपाली रुपैया प्रदान गर्नेछ |

परियोजना संचालन गर्न जनकल्याण माध्यमिक विद्यालय, कावासोती १, जनता माध्यमिक विद्यालय डण्डा – १४, जनता माध्यमिक विद्यालय-६, जीवन ज्योति माध्यमिक विद्यालय -३, कालिका माध्यमिक विद्यालय -५, सरस्वती माध्यमिक विद्यालय – १७, शहीद स्मृति सामुदायिक माध्यमिक विद्यालय -३, शान्ति निकुन्ज माध्यमिक विद्यालय – १२, शान्ति प्राथमिक विद्यालय – १३, श्री बालकल्याण आधारभूत विद्यालय – १४, श्री चन्द्रहंस आधारभूत विद्यालय – १४, श्री दुर्गा भवानी प्राथमिक विद्यालय- १५, श्री गोसाई बाबा आधारभूत विद्यालय- १७ , श्री ज्ञानोदय माध्यमिक विद्यालय- ८, श्री महाराजा आधारभूत विद्यालय- १, श्री नारायणी आधारभूत विद्यालय – १, श्री नवा दुर्गा आधारभूत विद्यालय – २,  श्री राजरत्न आधारभूत विद्यालय – १२, सूर्योदय प्राथमिक विद्यालय – ७ र त्रिभुवन बाल माध्यमिक विद्यालय – १७ छनोटमा परेको बताइएको छ|

त्यस्तै छनोटमा परेका प्रत्येक विद्यालयका एक छात्र र १ छात्रा गरी दुई जना विद्यार्थीहरुलाई ब्रिटिश काउन्सिल, नेपालले  यही कार्तिक १० र ११ गते तथा १२ र १३ गते दुई समुहमा परियोजना सम्बन्धित दुई दिने आवासीय तालिम भरतपुर, चितवनमा प्रदान गर्ने पनि श्रोत शिक्षक कंडेलले जानकारी दिनुभयो | सोही तलिमको अवसरमा कावासोती नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं ब्रिटिश काउन्सिल, नेपालका प्रतिनिधिहरुले संयुक्तरुपमा सहभागी विद्यालयहरुलाई परियोजना संचालानार्थ प्रदान गरिने बिउ पूँजीको चेक हस्तान्तरण गर्ने कार्यक्रम  पनि रहेको बताइएको छ |

छनोटमा परेका विद्यालयहरुले लागूऔषध दुर्व्यसन तथा साइबर अपराधविरुद्धको अभियान, बाल विवाह, वन्यजन्तु संरक्षण, बाल अधिकार, वातावरण संरक्षण जस्ता विषयहरुमा प्रस्ताव पेश गरेका श्रोत शिक्षक कंडेलले बताउनुभयो |

 

 

Facebook Comments Box
TOP