
पछिल्लो २ महिना देखी प्रसारणमा रहेको टेलिभिजन कार्यक्रम “अ जर्नी थ्रु एग्जिस्टेन्स” ले प्रत्यक एपिसोडमा दर्सकको माया जितिरहेको छ। योहो टेलिभिजनबाट शुक्रबार राती ८:३० बजे प्रसारण हुने उक्त कार्यक्रमका परिकल्पनाकार तथा प्रस्तोता हुन दिबस खनिया।
कुनैबेला आफ्नो क्षमता प्रस्तुत गर्दै प्रविधिको क्षेत्रबाट विश्वका सम्पूर्ण प्रतिस्पर्धीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्डमार्फत नेपालको नाम विश्व सामु चिनाएका उनी अहिले एक सक्रिय युवा अभियन्ताका रूपमा कृयाशिल छन्। मिडियालाई उनि कमाउने भाँडो भन्दा पनि आम दर्शक सामु सकारात्मक सोच फैलाउने साधनका रुपमा बुझ्छन। धेरै भन्दा धेरै ब्यक्ती सामु सकारात्मक सोच फैलाउनका लागी नै उनले आफ्नो केहि समय टेलिभिजनका लागी छुट्टाएका हुन।
सानैदेखि नेतृत्व गर्ने उनको स्वभाव थियो । साना समूहको पनि अगुवा बन्थे उनी । वागमती सफार्इ अभियानको बहस सुरु गर्नेदेखि युवाहरूलाई नेतृत्व विकास गर्नुका साथै विभिन्न सङ्घसंस्थाको निमन्त्रणामा देशभर आफ्ना अनुभव साट्ने अभियानमा समेत कुनै बेला लागेका ब्यक्ती हुन दिवस। सन् २०१२ मा उनले युवाहरूलाई एकीकृत गरी परिवर्तनको क्षेत्रमा काम गर्नका लागि “साथी अभियान” नामक युथ अर्गनाइजेशन खोलेर त्यसको नेतृत्व गर्न थाले। त्यससँगै सोही वर्ष वर्ल्ड युथ सोसाइटीले उनलाई महासचिवको जिम्मेवारीसमेत प्रदान गर्यो र दिवस सार्वजनिक बहसमा सक्रिय भए। सन् २०१५ मा उनी आफैँ केही गर्नुपर्छ र स्वदेशमा नै अब आफ्नो भविश्य सुनिश्चित गर्नुपर्छ भन्ने सोचेर “सफ्ट टेक” नामक आर्इटी कम्पनी सञ्चालनमा ल्याए। र, उक्त कम्पनीमार्फत उनले लगभग १५ जना युवाका लागि काम गर्ने प्लेटफर्मको श्रृजना गरे। त्यसै वर्ष उनलाई आर्इसिटी युथ डेभलप्मेन्ट नामक कम्पनीले नेपाल निर्देशकका रूपमा समेत नियुक्त गर्यो। उनको काम थियो, प्रबिधिको विकासका लागि नेपाली युवाहरूको श्रृजनालाई एशियामा प्रबद्धन गर्ने। यसो हुँदा उनले आफ्नो कम्पनीका लागि समेत विदेशी कामहरू ल्याउन सफल भर्इरहेका थिए। यसै बिचमा इभेन्टको क्षेत्रमा समेत उनले हात हाले र स्थापना गरे “नेक्स्ट इभेन्ट” नामक कम्पनी, जसले सुरुमा नेपालमा हुने विदेशी कर्पोरेट इभेन्टहरूलाई व्यवस्थापन गर्ने गर्दथ्यो भने अहिले यो कम्पनीले विभिन्न ब्यूटी पेजेन्टका साथै अन्य कर्पोरेट इभेन्टहरू समेत गर्दै आइरहेको छ। उनले सन २०१२ देखी नै देश-बिदेशमा युवा उत्प्रेरणाका बिबिध कार्यक्रममा आफु पनि सहभागी बन्दै र आफु मार्फत अन्य युवालाई समेत उत्प्रेरणा प्रदान गर्न निरन्तर लाग्दै आएका छन।
अहिले भने उनै दिबस खनियाले कोरोना कहरले देश लकडाउनमा रहेकै बेला टेलिभिजन मार्फत समाजमा सकारामक सोच फैलाउने अभिप्राय स्वरुप कार्यक्रम सँचालन गरी रहेका छन। कार्यक्रम सुरु गर्नु अगाडी उनले बिभिन्न सँचारमाध्यमले कार्यक्रमको कन्सेप्ट बारे जिज्ञासा राख्दा बताएको भन्दा अहिले प्रसारणमा आए पछीको कन्सेप्ट भिन्न छ। उनले सुरुमा कोरोना कहर पछीको यात्राको बारेमा बिबिध क्षेत्रका ब्यक्तीसँग त्यस क्षेत्रको अबको बाटो कस्तो हुनसक्छ भनि बहस गरिने बताएका थिए र त्यही अनुसार धेरै सँचारमाध्यमले सोही अनुरुप समाचार पनि सँप्रेसण गरे तर अहिले उनले भनेको भन्दा भिन्न प्रकारको कार्यक्रम प्रसारणमा छ। यो जिज्ञासा उनलाई राख्दा उनले निकै रोचक प्रसँग हामीलाई सुनाएका छन।
उनका अनुसार, सुरुमा कन्सेप्ट सोच्दा उनले यसरि नै सोचेका थिए। देश लकडाउनले थिलोथिलो बनेको समयमा उनले कार्यक्रम सुरु गर्न खोज्दै थिए। एकातिर कोरोनाको डर प्रत्यक मानिसमा थियो भने अर्कोतर्फ लकडाउनले प्रत्यक क्षेत्र, प्रत्यक ब्यक्ती अबको बाटो कस्तो होला भन्ने अन्योलमा रहेका थिए। त्यस सन्दर्भमा उनले अबको बाटो र अबको यात्राको बारेमा बिबिध क्षेत्रका ब्यक्तीसँग बहस गर्ने सोचका साथ कार्यक्रमको नाम पनि जुराए: “अ जर्नी थ्रु एग्जिस्टेन्स” र सँगै नेपालीमा अर्को शब्द जोडे “अबको यात्रा”। तर जब सबै तयारी सके र कार्यक्रम सुरु गर्न खोजे पहिलो श्रीँखलामा नै उनले नचाहँदा नचाहँदै कुराकानीको कन्सेप्ट नै परिवर्तन भयो। जुन प्रकारले उनले कुराकानी गर्ने र अबको बाटो पहिल्याउने सोचेका थिए त्यो कुरा त्यस सन्दर्भमा सम्भब नै थिएन। अहिले सम्म पनि कसैले पनि अबको बाटो कस्तो हुन्छ र अब हामी कसरी अगाडी बढ्ने भनेर योजना बनाउन सक्ने स्थिती नै छैन। त्यसपछी उनले आफ्नै धारलाई केहि समय निरन्तरता दिने सोचका साथ कार्यक्रमको नामसँग मिल्ने अर्को कन्सेप्ट सृजना गरे र अतिथीसँग बास्तबिक जिवनको गहीराहीमा पुगेर कुराकानी गर्न थाले।
खनिया यो प्रसङ्गलाई रोचक ढङ्गबाट सम्झन्छन, जब पहिलो श्रीँखला चर्चित गायिका आनी छोइङ डोल्मा सँग थियो, स्टुडियो पसुन्जेल सम्म पनि उनले पुरानै कन्सेप्टमा कुराकानी गर्ने सोचेका थिए तर कुराकानी कै क्रममा सुसुप्त रुपमा कन्सेप्ट नै परिवर्तन हुन पुग्यो। उनले सोचेको, खोजेको भन्दा राम्रो कन्सेप्ट आफै सृजना भयो जसले गर्दा अहिले उनलाई बिबिध क्षेत्रका प्रख्यात ब्यक्तीहरुले हौँसला साथै सकारात्मक प्रतिकृया दिइरहेका छन।
अहिले कार्यक्रमको ८ औँ श्रीँखला समेत प्रसारण भैसक्दा कार्यक्रमले अब भने दरिलो आफ्नो धार समाति सकेको छ। प्रतिकृया पनि निकै पाइरहेको छ भने दर्शकको माया पनि त्यती नै पाएको छ। दिबस खनिया आफुले नचाहँदा नचाहँदै कुराकानी कै क्रममा कन्सेप्ट परिवर्तन भएकोमा त्यसलाई आफ्नो स्वभाब र आफ्नो ब्यक्तित्व अनुसारको कन्सेप्ट समयले सृजना गरिदिएको रुपमा बुझ्दछन। तर अबको बाटो कस्तो होला, अबको यात्रा कसरी तय गर्ने भन्ने बहस चलाउने उचित समय आए पछी भने दुबै कन्सेप्टलाई सँग सँगै लग्ने पक्षमा उनि छन। त्यसकारण कार्यक्रमको नामबाट “अबको यात्रा” भन्ने शब्द भने उनले हताएका छैनन।


Popular Interviews
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- नेइमारपछि काभानीको चोटका कारण गम्भीर चिन्तामा पिएसजी March 26, 2020
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- “संघीयताको अभ्यासले विकासमा समय लाग्ने भयो–सभामुख महरा” March 26, 2020