गैरआवासीय नेपाली संघ चीनद्वारा बुद्धभूमिलाई डेढलाख बढीको स्वास्थ्य सामग्री

SCT June 7, 2020
गैरआवासीय नेपाली संघ चीनद्वारा बुद्धभूमिलाई डेढलाख बढीको स्वास्थ्य सामग्री

चन्द्रौटा, कपिलवस्तु, २५ जेठ ।

गैरआवासीय नेपाली संघ चीनका उपाध्यक्ष सुशील बेल्बासेसहितको टोलीले कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई १लाख ५५ हजार १सय बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमणको जोखिममा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेन्टाइनमा रहेकाहरूका लागि बेल्बासे टोलीले स्वास्थ्य सामग्री प्रदान गरेका हो । स्वास्थ्य सामग्रीमा थर्मल टेम्प्रेचर गन १० थान, पीपीई सेट १० थान, केएन ९५ मास्क ३सय थान, सर्जिकल मास्क १हजार थान, सर्जिकल ग्लोभ्स ६सय थान र सेनिटाईजर ५ लिटर तथा स्वास्थ्य सुरक्षा लगायतका सामग्री नगरपालिकालाई प्रदान गरिएको बेल्बासेले जानकारी दिए । “नगरपालिकाका १० वटै वडाका स्वास्थ प्रमुखका लागि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौं,” –गैरआवासीय नेपाली संघ चीनका उपाध्यक्ष बेल्बासेले भने ।

बेल्बासेसँगै चीनमा ब्यवसाय गर्दै आएका बुद्धभूमि ३, टाकुका विवस बेल्बासे र बुद्धभूमि ४, निवासी मिनराज बेल्बासेले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सामग्री हस्तान्तरण गरेका थिए ।

बुद्धभूमि नगरपालिका ४ स्थायी घर भई विगत १५ वर्षदेखि चीनको ग्वान्जाओमा व्यवसाय गर्दै आएका छन् । केही वर्षअघि पनि बेल्बासेले साविक बुड्ढी गाविसलाई साक्षर गाविस घोषणा कार्यक्रमका लागि ७५ हजार रकम सहयोग गरेको बताएका छन् ।