कपिलवस्तुमा एकैदिन थप ४७ पोजेटिभ, जिल्लामा संक्रमित ३१७पुगे ।

SCT June 1, 2020
कपिलवस्तुमा एकैदिन थप ४७ पोजेटिभ,  जिल्लामा संक्रमित  ३१७पुगे ।

चन्द्रौटा (कपिलवस्तु),२० जेठ ।
कपिलवस्तुमा कोभिड-१९ थप ४७ जना पोजेटिभ पुष्टि भएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या ३१७ पुगेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिकामा थप २६ जनामा पोजेटिभ देखिएसँगै हाल पोजेटिभको संख्या ३३ पुगेको छ । नगरको वडा नं. ३ का १९देखि ३० वर्षसम्मका ४ पुरुष , वडा नं. ४ का बर्ष १७देखि५८ सम्मका ११ पुरुष , वडा नं. ६ का २८ वर्षे १ पुरुष, वडा नं. १० का १७ बर्षीय १ पुरुष र वडा नं. ११ का बर्ष १८देखि५८का ९ जना पुरुष रहेका छन् । यस्तै शिवराजमा १ जना कोरोना जितेर घर फर्किएको र ३२ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुद्धभूमि नगरपालिकामा १० जना कोरोना पोजेटिभ थपिएका छ्न् । वडा नं. ८ का बर्ष १९देखि३८ सम्मका पुरुष ८ जना र वडा नं. १० का बर्ष २७ र ४६ का पुरुष २ जना थपिएसँगै बुद्धभूमिमा कूल संक्रमित संख्या १८ पुगेको भने २ जना निको भएको र बाँकी १६ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यता महाराजगन्ज नगरपालिकामा २ जना थपिएसँगै संक्रमित संख्या कूल ४९ पुगेको छ । थपिएका संक्रमितमा वडा नं.१ को १९ वर्षीय पुरुष १ जना र वाड न २ का बर्ष २६ का १ पुरुष रहेका छन् ।
यसैगरी वाणगंगा नगरपालिका वडा नं. ११ का ३१ र ३८ वर्षे २ जना महिलामा पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १४ पुगेको छ । मायादेवी गाउँपालिकामा सोमबार ६ जना पुरुषमा कोरोना पोजेटिभ पुष्टिभएसँगै गाउँपालिकामा संक्रमित संख्या २१ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार वडा नं. १ का २६ वर्षे पुरुष १, वडा नं. २का २७ ३५,४० वर्षका ३ पुरुष र वडा नं. ८ का बर्ष १९,२६ का २ पुरुषमा पोजेटिभ देखिएको हो ।
यता कपिलवस्तु नगरपालिका वडा नं. ४ का २१ वर्षे पुरुषमा संक्रमण देखिएसँगै त्यहाँ कूल संक्रमितको संख्या २९ पुगेको छ । साथै थप ४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या ८ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यसैगरी भिम अस्पताल भैरहवामा उपचाररत विजयनगर गाउँपालिकाका थप १ जना निको भएका छन् । कूल १६ जना संक्रमित रहेका विजयनगरमा हाल १५ जना उपचाररत छन् । जिल्लामा कोरोना मुक्त हुनेको संख्या कूल २३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।