कपिलवस्तुको कृष्णनगरमा ५० मध्ये ८ जना संक्रमित

हाम्रो सगरमाथा सम्बाददाता May 14, 2020
कपिलवस्तुको कृष्णनगरमा ५० मध्ये ८ जना संक्रमित

कपिलवस्तु , जेष्ठ १ । जिल्लाकाे कृष्णनगरमा काेराेना संक्रमित संख्या यथावत रहेकाे छ ।
कृष्णनगरकाे महेन्द्र मावि क्वारेन्टाइनमा कुल पचास जनाकाे स्वाब कलेक्सन गरिएकाे थियाे । ती मध्ये पहिलाे चरणकाे परिक्षणमा १६ जनाकाे रिपोर्ट स्वास्थ्य मन्त्रालयले जारी गरकाे थियाे । १६ जना ८ जनाकाे रिपोर्ट काेराेना संक्रमित अाएकाे थियाे जसमा ४ सुरक्षाकर्मी , २ जना कृष्णनगर नगरपालिकाका कर्मचारी र २ जना बम्बइबाट अाएका थिए । बाकी रहेका ३४ जना मध्ये ३३ जनाकाे रिपोर्ट निगेटिभ रहेकाे छ भने १ जनाकाे रिपोर्ट अाउन बाकी रहेकाे स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ ।

error: please contact us if you need this content प्रतिलिपि एन अनुसार यो कन्टेन्ट सम्रक्षण गरिएको छ