
हाम्रो सगरमाथा
विश्व आहिले कोरोना भाइरसको चपेटामा परेको छ । आज कपिलवस्तुको चन्द्रौटामा कोभिड १९ थप ३ जना पोजेटिभ पुष्टि भएको छ । पुस्टि भएका शिवराज नगरपालिका वाड न ८ का बर्ष ४४, २५ पुरुष २, वाड न ११ बर्ष ३४ का पुरुष १ मा कोरोना भाइरस देखिएको हो ।
स्थानीय सरकारले लक् डाउनको पूर्ण पालना गराउन अति आवश्यक भन्दा अरु सबै पसल उद्योग कलकारखाना बन्द गर्न निर्देशन जारी गरेको छ । तर चन्द्रौटामा रहेका केहि दुध दुध डेरीहरु भने निर्बाद रुपमा भित्र- भित्रबाट कोरोनाको संजाल बुन्दै छन् ।
पौचको भरमा र ग्राहकलाई जानी नजानी कोरोना फैलाउने काम गर्दै छन् । बिहान ५ बजे देखि ७ बजे सम्म भिड लाग्छ सामान्य दुरीको समेत पालना नगरेको देखिएको छ । हामीले केहि दुध डेरीलाई अनुरोध गर्दै गर्दा उहाले मैले मात्र किन बन्द गर्ने अरुले भित्रबाट दिदै छन् अरुको बन्द भए हाम्रो नि बन्द हुन्छ ।

हामीले यो विषयमा कुरा गर्न मियर नेत्रराज अधिकारी संग धेरै कोसिस गर्यौ उहा सम्पर्कमा आउन खोज्नु भएन ।
शिवराजमा रहेका पौडेल दुध डेरी, लक्ष्मी दुध डेरी, प्रितम दुध डेरी, प्रतिमा दुध डेरी, सुस्मिता दुध डेरी, शिब शंखर दुध डेरी, मौलाना दुध डेरी, स्वोर्गद्वारी दुध डेरी, खनाल दुध डेरी, तुस्ला दुध डेरीहरुले भित्रबाट लुकी छिपी दुध दिदै कोरोना भाइरसको जालो बुन्दै गरेको आरोप स्थानीयको रहेको छ । कतिपयले दुध खाने छोडेको बताएका छन् । संबन्धित निकाएको ध्यान जावोस भन्दै स्थानीय गुहार गर्दै छन् ।
च


Popular Interviews
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- नेइमारपछि काभानीको चोटका कारण गम्भीर चिन्तामा पिएसजी March 26, 2020
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- “संघीयताको अभ्यासले विकासमा समय लाग्ने भयो–सभामुख महरा” March 26, 2020