क्वारेनटाइन व्यवस्थापनमा कपिलवस्तु शिवराजलाई चुनौती ! क्वारेनटाइनबाटै संक्रमण फैलिने डर !(भिडियो सहित)

Subodh Regmi May 23, 2020
क्वारेनटाइन व्यवस्थापनमा कपिलवस्तु शिवराजलाई चुनौती ! क्वारेनटाइनबाटै संक्रमण फैलिने डर !(भिडियो सहित)

भेडा बाख्रा जस्तै कोचिएका क्वारेनटाइन आदर्श मावि शिवपुरमा कहिले व्यवस्था गर्ने ?

हाम्रो सगरमाथा

कपिलवस्तुको शिवराज नगरपालिकामा पर्ने शिवपुरमा चरम लापरबाही देखिएको छ, शुक्रबार क्वारेनटाइनमा राखिएका एक स्थानिय व्यक्तिले संचारकर्मी तथा स्थानिय अघुवाहरुलाई गुहार गरे  । कारण हो शिवपुरमा रहेको क्वारेनटाइनमा भएको हेलचेक्र्याइँ ।

जिल्लामा संक्रमण हुनेको संख्या बढेसँगसँगै स्थानिय सरकारलाई चुनौती पनि थपिएको हो तर कपिलवस्तुको शिवपुरमा भने लापरबाहीले चरम सिमा नाघेको भनेर गुनासो बढेको हो ।  कुरा हो नेपाल आदर्श मावि शिवपुर स्थित रहेको क्वारेनटाइनको । क्वारेनटाइनमा बस्ने स्थानिय भन्छन दूरी धेरै नै नजिक, एउटै हलमा यसरी १५/२० जना कोचेर राखिएको छ अनि हामी कसरि सुरक्षित् छौ ? जिल्लामा क्वारेनटाइनमा बसेको घटना भने बढेको कारण पनि यहि भएको सहजै अनुमान लगाउन सकिन्छ, क्वारेनटाइनमा बस्ने भन्छन हामी यहाँ भन्दा त आफ्नै घरमा सुरक्षित हुन्छौ कि ? तर घर गएर पनि के गर्ने यदि हामीलाई कोरोना छ भने समुदायमा फैलिन्छ हामीलाई न मर्नु न बाच्नु भएको छ ।

 यसरि राख्दा  राख्दा त झन् कोरोना भाईरस सर्ने डर हुदैन र ? जिल्लामा टेस्ट किटको कमि निकै छ को संक्रमित छन् को छैनन् पहिचान नै नभएको अवस्थामा यस्तो नगरिदिएको भए हुने भन्छन  यस्तो अवस्थामा बेलीमा सचेत नभए अवस्था निकै चिन्ताजनक हुने जानकार बतौछन ।

भिडियो हेर्नुहोस :

error: please contact us if you need this content प्रतिलिपि एन अनुसार यो कन्टेन्ट सम्रक्षण गरिएको छ