साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित एक नेपालीको मृत्यु

admin May 11, 2020
साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित एक नेपालीको मृत्यु

साउदी / साउदीको जेद्दा क्षेत्रको मदिनामा कोरानाका सङ्क्रमणबाट एक नेपालीको मृत्यु भएको छ । जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपालीमा कोरोना सङ्क्रमण भएको १० जना निको भएको र एक जनाको मृत्यु भएको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ ।

बाँकी ४३ जनाको उपचार भइरहेको छ । कोरोनाको कारण ज्यान गुमाउने नेपालीको परिवारप्रति दुःख व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ ।

साउदीमा ५० जना नेपालीमा सङ्क्रमण देखिएको छ । जसमध्ये १५ जना निको भएर काममा फर्किएका छन् । साउदीमा अहिलेसम्म ३९ हजार ०४८ जनामा कोरोना सङ्क्रमण भएको छ । अहिलेसम्म ११ हजार ५४७ जना निको भएका छन् भने हालसम्म २४६ जनाको मृत्यु भैसकेको छ ।

error: please contact us if you need this content प्रतिलिपि एन अनुसार यो कन्टेन्ट सम्रक्षण गरिएको छ