
इलाम – भारतले नेपाली भूमि मिचेको विरोध प्रदर्शन गर्ने क्रममा इलाममा दुई जना पक्राउ परेका छन् ।
विरोधका क्रममा नेपाली कांग्रेस इलामका जिल्ला सचिव निरोज खड्गी र नेपाल विद्यार्थी सङ्घ इलामका अध्यक्ष प्रकाश भट्टराईलाई प्रहरीले आइतबार इलाम चोक बजारबाट पक्राउ गरेको हो ।
भारतले गएको शुक्रबार नेपालकाे पश्चिम सीमा क्षेत्रमा रहेकाे नेपाली भूमिमा सडक उद्घाटन गरेकाे थियाे । त्याे कार्यकाे विरोध गर्दै इलाम चोक बजारमा कोण सभा गर्ने क्रममा सचिव खड्गी र अध्यक्ष भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
भारतले नेपाली भूमि मिचेपछि यसको सडकदेखि सदनसम्मै विरोध भइरहेको छ । कांग्रेस कार्यकर्ताहरुले भने आफ्नो विरोध कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ ।


Popular Interviews
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- नेइमारपछि काभानीको चोटका कारण गम्भीर चिन्तामा पिएसजी March 26, 2020
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- “संघीयताको अभ्यासले विकासमा समय लाग्ने भयो–सभामुख महरा” March 26, 2020