नेपाली नायिकाको हिन्दी म्युजिक भिडियो सार्वजनिक

admin May 11, 2020
नेपाली नायिकाको हिन्दी म्युजिक भिडियो सार्वजनिक

नेपाली नायिका तथा मोडल रिस्ता बस्नेत फिर्चड हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । नेपालमा छायाँकन गरिएको म्युजिक भिडियोमा रिस्तासँगै भारतका चर्चित टिकटकर्स तथा मोडल मञ्जुल कट्टरले मोडलिङ गरेका छन् । भिडियो हेर्नुस् :

साथिया तेरे बिना बोलको गीतमा कार्तिक कुश र ज्योतिका तंग्रीले स्वर दिएका छन् । शब्द संजिव पाण्डेले लेखेका हुन् । सम्राट शाक्यले निर्देशन गरेको म्युजिक भिडियोमा कमल राईले कोरियोग्राफी गरेका छन् । पुरुषोत्तम प्रधानले खिचेका भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन भने रंग संयोजन रेनेश फागुको छ ।