
काठमाण्डौ – भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूभाग फिर्ता ल्याउन माग गर्दै सङ्घीय संसद्मा सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु गणेश ठगुन्ना, डा दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले आइतबार प्रतिनिधिसभामा उक्त सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।
सङ्कल्प प्रस्तावमा दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको कुरा ऐतिहासिक प्रमाण, तथ्यहरु, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साले प्रमाणित गरेको उल्लेख छ ।
सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्कने कुटियाङ्दी नै महाकाली नदी भएकाले सो पूर्वको ४०० वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेकाले उक्त भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न÷गराउन सङ्कल्प प्रस्ताव पेश गरिएको उहाँहरुले जनाउनुभएको छ ।


Popular Interviews
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- नेइमारपछि काभानीको चोटका कारण गम्भीर चिन्तामा पिएसजी March 26, 2020
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- “संघीयताको अभ्यासले विकासमा समय लाग्ने भयो–सभामुख महरा” March 26, 2020