सनसिटि अपार्टमेन्टका कोरोना संक्रमित निको भएर घर फर्किए

admin April 23, 2020
सनसिटि अपार्टमेन्टका कोरोना संक्रमित निको भएर घर फर्किए

बिहिबार २ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर घर फर्किएका छन् । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ८१ वर्षीया महिला र ५८ वर्षीया पुरुष (आमा/छोरा)मा कोरोनाको संक्रमण पुष्टि भएर पाटन अस्पतालमा उपचार गराईएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरु आज डिस्चार्ज भएको र हालसम्म कोरोना जितेर फर्किएका संक्रमितको संख्या ९ पुगेको जानकारी दिए ।