देश भरी १३४ जना आइसोलेसनमा, ८ हजार ५८० जना क्वारेन्टाइनमा

admin April 8, 2020
देश भरी १३४ जना आइसोलेसनमा, ८ हजार ५८० जना क्वारेन्टाइनमा

काठमाडौं:स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र काठमाडौं उपत्यका बाहिर गरी कूल १ सय ३४ जनालाई आइसोलेसनमा राखिएको छ । काठमाडौंमा १२ जना र काठमाडौं उपत्यकाबाहिर १ सय २२ जना आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ ।
यसैगरी क्वारेन्टाइनमा ८ हजार ५ सय ८० जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरु सबैमा कन्ट्याक्ट ट्रेसिङको काम सकिएको मन्त्रालयले जनाएको छ । हालसम्म कैलालीमा ४ जना तथा बागलुङ र काठमाडौंमा २–२ जना गरी कूल आठ जना कोरोना संक्रमितको उपचार जारी छ । नेपालमा फेला परेका पहिलो संक्रमित भने उपचारपछि घर फर्किइसकेका छन् ।