
२८ चैत, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का निको भइसकेका ९१ बिरामीमा पुनः संक्रमण देखिएको छ । बीबीसीका अनुसार निको भएर घर फर्किएका उनीहरुमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शनले अहिलेसम्म उनीहरुमा पुनः कसरी कोरोना भाइरसको संक्रमण देखियो भन्ने कुरा स्पष्ट नभएको बताएको छ ।
सेन्टरका निर्देशकले यी बिरामीमा कोरोना भाइरस पुनः सक्रिय भएको हुन सक्ने बताए । अन्य केही जानकारहरुले भने उनीहरुमा राम्रोसँग परीक्षण नभएको पनि हुन सक्ने बताए ।
अहिलेसम्म कोभिड–१९ बाट निको भएका मानिसमा यो रोगसँग लड्ने प्रतिरोधी क्षमता विकास हुने र यसको संक्रमण फेरि नहुने बताइँदै आएको छ ।


Popular Interviews
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- नेइमारपछि काभानीको चोटका कारण गम्भीर चिन्तामा पिएसजी March 26, 2020
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- “संघीयताको अभ्यासले विकासमा समय लाग्ने भयो–सभामुख महरा” March 26, 2020