सुरु भयो ‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’

admin March 27, 2020
सुरु भयो ‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’

१८ औं हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१९ मंगलबारदेखी सुरु भएको छ । ३ नम्बर प्रदेश सरकारको समेत  सहयोगमा नेपाल एसोसियसन अफ ¥याफ्टीङ एजेन्सीज(नारा) को आयोजनामा सुनकोसी नदीमा हिमालयन ह्वाईट वाटर च्यालेन्ज(प्रतियोगीता) सुरु भएको हो ।
मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसेस्थित सुनकोसी नदी किनारमा एक कार्यक्रम गर्दै प्रतियोगिताको शुभारम्भ गरिएको छ । बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्री, नाराका उपाध्यक्ष मेघ आले र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद बस्यालले प्रतियोगी खेलाडीहरुलाई ब्याट प्रदान  गर्दै  खेलको शुभारम्भ गर्नुभयो । ह्वाईट वाटर नै सिन्धुपाल्चोकको पहिचान बनेको भन्दै बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले नदीको संरक्षण गर्दै जनजीवनसँग जोड्नुपर्ने बताउनुभयो ।  सुनकोसी नदीमा अन्तराष्ट्रिय स्तरको साहसिक खेल आयोजना गरेर नाराले सिनधुपाल्चोकका लागि गुन लगाएको अध्यक्ष क्षत्रीले बताउनुभयो । 
बिहिबारसम्म चल्ने ह्वाईट वाटर च्यालेन्जमा विभिन्न देशका ६६ प्रतियोगीले भाग लिएका छन् । उनीहरुबीच विधागत रुपमा कायाकतर्पm स्लालोलम, बोटर क्रस र डाउन रिभर रेसमा प्रतिष्पर्धा हुनेछ । सँगसँगै समुहगत ¥याफटीङ रेस पनि हुने नाराका उपाध्यक्ष मेघ आलेले बताउनुभयो ।
कायाक तर्फ प्रथम हुनेलाई ५० हजार, दितीयलाई २५ हजार र तृतीयलाई १५  हजार पुरस्कार प्रदान गरिनेछ भने ¥याफ्टीङ रेस तर्फ प्रथम हुने समुहलाई १ लाख पुरस्कार दिईने नाराका सहकोषाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
भ्रमण बर्ष नजिकिँदै गर्दा पर्यटक भित्र्याउनका लागि यो प्रतियोगिता महत्वपूर्ण रहेको सहकोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।‘साहसिक जलयात्राको प्रतिष्पर्धा गराएर पर्यटन प्रवद्र्धनमा हामीले जोड दिएका हौं’, श्रेष्ठले भन्नुभयो ।