सजगता अपनाउन नेपाल टेलिभिजनको आग्रह

admin March 27, 2020
सजगता अपनाउन नेपाल टेलिभिजनको आग्रह

बिश्वभर कोभिड १९ को संक्रमण फैलिरहेका बेला संभावित जोखिमबाट बच्न नेपाल टेलिभिजनमा कार्यरत पत्रकारलाई व्यवस्थापनले आग्रह गरेको छ । बिहिबार एक बिज्ञप्ती जाारी गर्दै नेपाल टेलिभिजनको व्यवस्थापनले बिश्वब्यापी रुपमा फैरिहेको कोरोना संक्रमणबाट बच्न सजगता अपाउनका लागि कार्यरत पत्रकार, कर्मचारीहरुलाई आग्रह गरेको हो ।
बिज्ञप्तीको पूर्णपाठः

मितिः२०७६।१२।०६
नेपाल टेलिभिजन
कोभिड १९ र्‍यापिड रेस्पोन्स टिम,२०७६
सूचना
कोभिड १९ अर्थात कोरोनाको सङ्क्रमण बिश्वब्यापी रुपमा फैलिरहेको तथ्यलाई मध्यनजर गरी नेपाल सरकारले बिभिन्न सचेतनामूलक कदमहरु चालिरहेको सर्बविदितै छ । जस्तोसुकै आपतकालीन अबस्थामा पनि राष्ट्रिय संचार माध्यम हुनुको नाताले नेपाल टेलिभिजनले निर्वाह गर्नुपर्ने दायित्व र कर्तब्य ठूलो भएकाले संस्थानका कर्मचारी र पत्रकारहरुको सुरक्षालाई नेपाल टेलिभिजन व्यवस्थापनले गम्भीर रुपमा लिएको छ । यस सन्दर्भमा संस्थानबाट हालसम्म चालिएका कदमको समिक्षा गर्न संस्थानका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक समेतको उपस्थितिमा २०७६ चैत्र ५ गते बृहत छलफल भै यसको सम्भावित जोखिम न्यूनिकरणका लागि अपनाउनुपर्ने सावधानीका निम्ति नेपाल टेलिभिजनले संस्थानका निमित्त नायब महाप्रबन्धक बिष्णुराम न्यौपानेको संयोजकत्वमा कोभिड(१९ र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ । टिमको चैत्र ६ गते बसेको बैठकले गरेको निर्णय अनुसार सबैको जानकारीको लागि हार्दिक अपिल सहित यो सूचना जारी गरिएको छ ।
कार्यालयका बिभिन्न ठाँउमा साबुन पानीको उचित प्रबन्ध मिलाइएको छ । अतः कार्यालय प्रवेश गर्दा वा केही काम गरिसकेपछि मिचिमिचि साबुन पानीले हात धुन अनुरोध छ ।
कार्यालयको गेटमा, भवनहरुको मूल ढोकामा र कार्यकक्षहरुमा पर्याप्त मात्रामा स्यानिटाइजरको व्यवस्था गरिएको छ । चिसो हातमा स्यानिटाइजर नलगाउन र लगाइसकेपछि केही समय हात सुख्खा राख्न अनुरोध छ ।
पत्रकार र कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गरी मास्क र पञ्जाको व्यवस्था गरिएको छ । क्यामरापर्सन, दृष्य सम्पादक, भिटिआर, साउण्डम्यान, स्टुडियो प्रोड्युसर लगायत कम्प्युटरमा बसेर काम गर्ने पत्रकार तथा कर्मचारीहरुलाई आबश्यकता अनुसार पञ्जाको प्रयोग गर्न अनुरोध छ । रिपोर्टिङ लगायत फिल्डमा गएर काम गर्दा सबैलाई मास्क प्रयोग गर्न पनि अनुरोध छ । मास्क र पञ्जा सम्बन्धित महाशाखामा प्रशासन हेर्ने कर्मचारीहरुबाट लिन सकिने गरी व्यवस्था मिलाइएको छ । उनीहरुबाट ति सामग्री उपलब्ध हुनेछन्  ।
एकपटक कार्यालय प्रवेश गरिसकेपछि कुनै अत्यावश्यक काममा बाहेक कार्यालय समयमा कार्यालय बाहिर ननिस्कन अनुरोध छ । निस्कनैपरे महाशाखा प्रमुख, शाखा प्रमुख वा गेटमा जानकारी गराई निस्कन र फर्केपछि सुरक्षा सतर्कता अपनाउन अनुरोध छ ।
क्याण्टिनमा हुने भिडभाडको जोखिम, व्यक्तिगत स्वास्थ्य र धेरै जना एकै ठाँउमा भेला हुन नहुने सरकारको निर्णयलाई समेत दृष्टिगत गरी सकेसम्म घरबाटै खाजा ल्याएर खाने व्यवस्था मिलाउन अनुरोध छ ।
सङ्क्रमण नियन्त्रणको प्रमुख उपाय सरसफाई पनि भएकाले शौचालय लगायतका स्थानहरु निरन्तर सफाई गर्ने व्यवस्था मिलाइएको छ । यसमा व्यक्ति स्वयंको भूमिका पनि प्रभावकारी हुने भएकाले शौचालय प्रयोग र सफाईमा विशेष ध्यान दिन अनुरोध छ ।
क्ष्लाचबचभम त्जभचmयmभतभच मार्फत तापक्रम मापन गर्ने व्यवस्था त्तत्काल गरिदैछ । त्यसैले आफूलाई ज्वरो आएको महसुस भए तापक्रम मापन गरी ज्वरो नआएको एकिन गरेर मात्रै कार्यालय भित्र प्रवेश गर्न पनि अनुरोध छ ।
कथंकदाचित आफूमा कोभिड(१९ को लक्षण भएको महसुस भएमा कार्यालयमा उपस्थित नहुन, स्वास्थ्य परीक्षण गराउन र कार्यालयमा जानकारी गराउन हुन अनुरोध छ ।
सम्भावित जोखिम न्यूनिकरणका लागि कुनै सुझाव दिन वा कुनै सामग्री आबश्यक परेमा वा तत्काल कुनै समस्या परेमा र्‍यापिड रेस्पोन्स टिमसंग सम्पर्क गर्नुहुन अनुरोध छ । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणमा सबैभन्दा महत्वपूर्ण भूमिका व्यक्ति आफैंको हुने भएकाले बिशेष सजग र चनाखो हुन सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुलाई अनुरोध छ । सुस्वास्थ्यको कामना सहित,


नेपाल टेलिभिजन
कोभिड १९ र्‍यापिड रेस्पोन्स टिम