संभावित जोखिमबाट बँच्न जुगल नीतिः पाहुना लाग्न नजाऔं, नबोलाऔं

admin March 27, 2020
संभावित जोखिमबाट बँच्न जुगल नीतिः पाहुना लाग्न नजाऔं, नबोलाऔं

विश्वभर कोरोना संक्रमण फैलिरहेका बेला स्थानीय सरकार कोरोना सजगता र सचेतनामा जुटेका छन् । स्थानीय तहमा बिपद व्यवस्थापन समितिको बैठक बस्दै गाउँपालिका र नगरपालिकाले बिभिन्न योजना र संभावित जोखिमबाट बँच्ने पूर्वतयारी थालेका छन् ।
जिल्लाको बिकट भुगोलमा अवस्थित जुगल गाउँपालिकाको बिपद व्यवस्थापन समितिको बैठकले समुहमा हुने  धार्मीक, साँस्कृतिक कार्यक्रममा रोक लगाएको छ । समुहमा हुने त्यस्ता कुनैपनि कार्यक्रम  नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
वडास्तरीय विपद व्यवस्थापन समिति मार्फत गाउँबस्तिमा सचेतनाका कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउँने निर्णय पनि भएको छ । बिदेशबाट फर्कीएका ब्यक्तिहरुको विवरण तयार गरि गाउँपालिकामा बुझाउँन समेत वडाहरुलाई पत्राचार  गरिएको जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले बताउँनुभयो ।
कोरोनाको संभावित जोखिमबाट बँच्नका लागि जुगललेपाहुना लाग्न नजान र पाहुना नबोलाउँन गाउँपालिकाबासीलाई आग्रह गरेको छ ।

संभावित जोखिमबाट बँच्न पाहुना लाग्न नजाऔं, नबोलाऔंको नीति अघि सारीएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउँनुभयो ।

गाउँपालिकाभित्र कोरोनाका बिरामी फेला परेकामा निशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय पनि भएको छ । आवस्यक परे गाउँपालिका अध्यक्षले  प्रयोग गर्दै आएको गाडीलाई नै प्रयोग गरिने निर्णय समेत भएको छ । रिक्त स्वास्थ्यकर्मीको पदपुर्तिका लागि छोटो म्याद राखी बिज्ञापन गर्ने, सिजनल औषधी तथा पीपीई गन र उपचारसामाग्रीको खरीद प्रक्रिया पनि अघि बढाउँने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । साबुन पानीले हात धोएर धुँदै शुक्रबार जुगल गाउँपालिकामा स्थानीय बिपद व्यवस्थापन समितिको बबैठक बसेको थियो ।

error: please contact us if you need this content प्रतिलिपि एन अनुसार यो कन्टेन्ट सम्रक्षण गरिएको छ