लोक दोहोरी गीत प्रतिष्ठानमा नयाँ नेतृत्व चयन

admin March 27, 2020
लोक दोहोरी गीत प्रतिष्ठानमा नयाँ नेतृत्व चयन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको दोस्रो अधिबेशन सम्पन्न भएको छ । सोमबार चौतारामा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व समेत चयन गरेको छ । 
अधिवेशनबाट अध्यक्षमा  योगेश लामा चयन भएका छन् । प्रथम उपाध्यक्षमा प्रदिप रोक्का, दितिय उपाध्यक्षमा होम सुवेदी महिला उपाध्यक्षमा राधिका ढकाल, सचिवमा सपना थापा, सहसचिवमा आस्मान लोप्चन, कोषाध्यक्ष ( रिता बुढाथोकि र सहकोषाध्यक्षमा सरिता थापा मगर चुनिएका छन् । 
सदस्यहरुमा रचना थापा, रेणु नेपाल,मदन कुमार थापा, साईमन भट्टाई, सागर प्रधान, रेशम प्रधान, सुनिता दुलाल, सरोज परियार,विबेक चौलागाई, सबिना कुवर, सपना गुरुङ,मैयाँ थापा मगर चयन भएको कार्यसमिति सदस्य रेशम प्रधानले जानकारी दिए ।