
१३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय टि(२० मा यो उनको पहिलो शतक हो ।
कप्तान भएयता आफ्नो फर्म गुमाएका ज्ञानेन्द्रले भुटानको कमजोर टिममाथि छक्का र चौकाको वषर गरे । ५२ बलमा सतक बनाउँदा उनले ८ छक्का र ५ चौका प्रहार गरेका छन् । यसअघि नेपालका लागि एक मात्र टि(२० सतक पूर्व कप्तान पारसको नाममा छ ।
आजको म्याचमा भुटानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालको इनिङ सुरुवात गरेका पूर्व कप्तान पारस र ज्ञानेन्द्रले भुटानी बलरहरुको धज्जी उडाए । पारस २८ बलमा ५७ रन बनाएर आउट भए पनि ज्ञानेन्द्र रोकिएनन् ।
ज्ञानेन्द्रको शतकीय इनिङको मद्दतमा नेपालले पहिलोपटक टि(२० मा २ सयभन्दा माथिको स्कोर कटाएको छ । उनी १०७ रन बनाउँदै आउट भएका छन् ।


Popular Interviews
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- नेइमारपछि काभानीको चोटका कारण गम्भीर चिन्तामा पिएसजी March 26, 2020
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- “संघीयताको अभ्यासले विकासमा समय लाग्ने भयो–सभामुख महरा” March 26, 2020