बार्सिलोना विजयी

admin March 27, 2020
बार्सिलोना विजयी

कप्तान मेस्सीको पेनाल्टी गोल नै निर्णायक 

कप्तान लिओनल मेस्सीको एकमात्र गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडलाई पराजित गरेको छ ।

याे जितपछि बार्सिलोना रियल मड्रिडलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई १–० ले पराजित गरेको हो । बार्सिलोनाको लागि मेसीले ८१ औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।

उता, एट्लेटिको मड्रिड र सेभियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । २७ खेलबाट ४७ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छ । समान खेलबाट ४५ अंक जोडेको सेभिया पाँचौं स्थानमा छ ।

error: please contact us if you need this content प्रतिलिपि एन अनुसार यो कन्टेन्ट सम्रक्षण गरिएको छ