बलेफी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

admin March 27, 2020
बलेफी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ बलेफी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शील्डका सुरु भएको छ । बलेफी गाउँपालिका ७ स्थित बालशिक्षा माध्यमिक बिद्यालयको प्राङ्गणमा शुक्रबारदेखि गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु भएको हो ।
बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले शुक्रबार खेलको उद्घाटन गर्नुभयो ।  खेलको उद्घाटन गर्दै अध्यक्ष क्षेत्रीले बलेफी गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै विभिन्न प्रतियोगिताहरु संचालन गर्दै आएको बताउनुभयो । स्थानीयस्तरमा दक्ष खेलाडी उत्पादन गर्दै उनीहरुलाई राष्ट्रिय स्तरमा अघि बढाउनुपर्नेमा अध्यक्ष क्षेत्रीले जोड दिनुभयो ।‘गाउँ ठाउँमा लुकेर बसेका खेलाडीहरुको पहिचान गर्दै उनीहरुलाई राष्ट्रिय स्तरमा चिनाउन यस्ता प्रतियोगिताले मद्धत गर्नेछ’, उहाँले भन्नुभयो । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा राष्ट्रिय खेलकुद परीषद नेपालको संयोजनमा बलेफी गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । शुक्रबारदेखि सुरु भएको खेल शनिबार समापन हुनेछ । गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र÷छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटीक्स र मार्शल आर्ट्सका विभिन्न खेल हुनेछन । गाउँपालिकाभित्रका विभिन्न ११ वटा माध्यमिक बिद्यालयले प्रतियोगीतामा सहभागिता जनाएको बालशिक्षा माध्यमिक बिद्यालयका प्रअ बासु पौड्यालले जानकारी दिनुभयो । बलेफी १ जलविरेको आनन्द मावि र खाडीचौरको बालशिक्षा माविले भने सबै इभेन्टसमा सहभागिता जनाउँदैछन् । 

error: please contact us if you need this content प्रतिलिपि एन अनुसार यो कन्टेन्ट सम्रक्षण गरिएको छ