धुस्कुन पस्नुअघि स्वास्थ्य परीक्षण

admin March 27, 2020
धुस्कुन पस्नुअघि स्वास्थ्य परीक्षण

कोरोना भाइरसको  संक्रमण फैलन नदिन त्रिपुरासुन्दरी गाउँपालिका प्रवेशद्वारमा कडाई गरिएको छ।  अब स्वास्थ्य परीक्षण नगरी  बाह्रविसे बजार हुँदै त्रिपुरासुन्दरी गाउँपालिकामा कसैलाई प्रवेश नदिइने भएको छ। विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै  त्रिपुरासुन्दरी गाउँपालिका बाह्रविसे बजार हुँदै प्रवेश गर्ने मुख्य प्रवेशद्धवार सुनकोसीमा हेल्थ डेस्क स्थापना  भएको हो। स्वास्थ्य परीक्षण गरेर मात्र त्रिपुरासुन्दरी गाउँपालिमा प्रवेश  गर्न पाइनेछ। वडा नम्बर ३ मा रहेको धुस्कुन स्वास्थ्य चौकीले कोरोना संक्रमणको संभावित जोखिम नियन्त्रण गर्न स्वास्थ्य परीक्षण गर्न थालेको हो । गाउँपालिका छिर्ने मुख्य नाकामा स्वास्थ्य परीक्षण सुरु गरिएको र छिटै नै टेकानपुर नाकामा पनि स्वास्थ्य परीक्षणको प्रवनध मिलाइँने त्रिपुरासुन्दरी ३ का वडाध्यक्ष शुकदेव रिसालले बताउँनुभयो ।