गाउँ फर्कनेको लर्को

admin March 27, 2020
गाउँ फर्कनेको लर्को

अरनिको राजमार्गमा पछिल्लो तीन दिनयता सवारी साधनको  चाप  बढेको छ । आइतबार अरनिको राजमार्ग अति ब्यस्त देखिएको छ । सिन्धुपाल्चोक सहित दोलखा, रामेछापका लागि दैनिक हजारौं सर्वसाधारण काठमाडौंबाट गाउँ फर्कीरहेका छन् । नियमित चल्ने यात्रुबस खचाखच यात्रु लिएर आइरहेका छन्, काठमाडौंबाट भाडाका सवारी साधन पनि उत्तिकै यात्रु लिएर आइरहेका छन् । सर्वसाधारणहरु नीजि सवारी साधन पनि उत्तिकै फर्कँदैछन् । राजमार्गमै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दैनिक दश हजार भन्दा बढि सर्वसाधारण दोलखा, रामेछाप तर्फ गइरहेका छन् ।
कोरोना संक्रमणबाट बँच्न गाउँ फर्कनेहरुको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक उमेश थपलियाले बताउनुभयो । कतिपय त पोका पन्तरा बोकेरै गाउँ फर्कीँदै गरेको देखिन्छ । 

error: please contact us if you need this content प्रतिलिपि एन अनुसार यो कन्टेन्ट सम्रक्षण गरिएको छ