कोरोना भाइरसः एकैदिन १०३ को मृत्यु, मृतकको संख्या हजार नाघ्यो

admin March 27, 2020
कोरोना भाइरसः एकैदिन १०३ को मृत्यु, मृतकको संख्या हजार नाघ्यो

चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या एक हजार नाघेको छ ।
यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ ।

हुबेईको स्वास्थ्य आयोगले उक्त प्रान्तमा सोमबार २ हजार ९७ नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । आइतबार नयाँ संक्रमितको संख्या २ हजार ६ सय १८ थियो ।

विश्व स्वास्थ्य संगठनका उत्कृष्ट चिकित्सकको टोली चीन पुगेको छ ।
अहिले चीनमा मात्रै ४२ हजार २ सय बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सन् २००२–३ पछिको गम्भीर सार्वजनिक स्वास्थ्य संकट हो ।

प्राणघातक कारोना भाइरसको संक्रमणको आशंका गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार निरिक्षण गरेका छन् । एजेन्सीको सहयोगमा