कुटुमा कुटु सय मिलियन भ्युज

admin March 27, 2020
कुटुमा कुटु सय मिलियन भ्युज

बलेफी । चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले युट्युबको नेपाल च्याप्टरमा नयाँ रेकर्ड कायम गरेको छ । नेपाली भाषाको गीत मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भ्युज भएर नयाँ रेकर्ड बनाएको छ ।

याे गीतले सय  िमलियन भ्युज कटाएकाे हाे । गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमा सन् २०१७ मे २८ मा अपलोड गरिएको थियो ।

यो गीतका गीतकार तथा संगीतकार राजनराज शिवाकोटी हुन् । गीतमा स्वर भने राजनराज सँगै मेलिना राई र राजन इशानको छ ।

गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आशिफ शाहको अभिनय रहेको छ। कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

हेर्नुहाेस  भिडियाे