स्वरेज़ को क्लबका लागी सयौ गोल गर्दा बार्सा बिजयी




कोपा डेल रे

लुइस स्वरेजले बार्सिलोनाका  लागि १०० औं गोल गरेको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको छ ।

बधुबार राति भएको खेलमा बार्सिलोना ३–१ गोल अन्तरले बिजयी भएको हो। यससँगै बार्सिलोनाले समग्रमा ४–३ गोल अन्तरले विजयी भयो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३५ औं मिनेटमा स्वरेजले नेयामार को उत्कृस्ट पासमा गोल गरे । लिभरपुलका पूर्व स्ट्राइकर स्वरेजले क्लबका लागि १२०औ खेलमा १०० औं गोल गरे ।

बार्सिलोनाका लागि कम खेलमा १०० गोल गर्ने खेलाडीहरुको उचीमा उनी तेस्रो स्थानमा छन् ।

४८ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । तर तीन मिनेटपछि एल्थेटिकोले गोल फर्कायो ।

तर, ७८ औं लिओनल मेस्सीले फ्रिकिक गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए र समग्रमा ४–३ को जितका साथ बार्सिलोना कोपा डेर रे कपको क्वार्टरफाइनलमा पुगेको छ ।

मेसिको लगातार तेस्रो खेलमा तेस्रो फ्रीकिक गोल हो |

 

फेसबूक कमेन्ट गर्नुहोस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

Archives

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»