१५ भन्दा बढी चोरी गरेका लुटेरा पक्राउ,कोठामा नगद पनि भेटियो




काठमाडौं, पुस २८ ।।उपत्च्यकाभित्र भएका शृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका टीका थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले मगरलाई दक्षिण ढोकाबाट नियन्त्रणमा लिएको हो। पछिल्लो पटक गत वर्ष असार ७ गते चोरी तथा डकैती गरेको आरोपमा पक्राउ परी २६ लाख रुपैयाँ धरौटी तिरेर जेलबाट छुटेका थापा मगर पुनः लुटपाटमा संलग्न रहेको महाशाखाले जनाएको छ।                                    उपत्यकामा भएका १५ वटा लुटपाटका घटनामा उनी संलग्न रहेको प्रहरीको दाबी छ । महाशाखाले थापा मगरलाई पक्राउ गरेपछि उनको कोठा परीक्षण गर्दा ३ लाख नगदसमेत बरामद गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

फेसबूक कमेन्ट गर्नुहोस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

Archives

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»