फेरी सरकार विस्तारको तयारीः बन्ने भए थापा र गच्छदार उपप्रधानमन्त्री




parchanda

२८ पुस, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने गरी सरकार विस्तारको तयारी भएको हो । संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव पास गराउने र दीर्घकालिन गठबन्धन बनाउने रणनीतिसहित सरकार विस्तारको तयारी भएको छ । थापा र गच्छदारलाई उपप्रधानसहित क्रमशः परराष्ट्र र सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने भएको हो ।

तर यस विषयमा सत्तासाझेदार दलहरुबीच नै कुरा मिलेको छैन । मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा माओवादी केन्द्र र कांग्रेसबीच कुरा मिले पनि मन्त्रालय बाँडफाँडको विषयमा कुरा नमिलेको हो ।

प्रधानमन्त्री दाहाल चारदिने युएईको भ्रमणमा जानुअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । उनी माघ १ गते अन्तर्राष्ट्रिय उर्जा सम्मेलनमा भाग लिन युएई जाँदै छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबूक कमेन्ट गर्नुहोस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

Archives

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»