एकता जोगाउन पूर्वराजाको आह्वान(बिज्ञप्ति सहित)

        



काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन आह्वान गरेका छन् ।

पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘विश्व समुदाय समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदैछौं ।’ पूर्वराजा शाहले नेपाली जोजहाँ रहेबसे पनि नेपाली नै भएको उल्लेख गर्दै देशमाथि संकट आइपर्दा कसरी एकताबद्ध हुन्छन् भन्ने उदाहरण बन्नुपर्ने बताएका छन् ।

‘चार वर्ण छत्तीस जातको साझा फूलबारीका रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्यसंयन्त्रहरूलाई दुर्बल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जोजसले विषरोपण गरेको भए पनि तिनले नेपाल र नेपालीविरुद्ध अक्षम्य अपराध गरेका छन्’, पूर्वराजाले भनेका छन्, ‘ श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्वकौशल, दूरदर्शिता नेपाली जनताको सामूहिक साथ र सेनाको वीरताको परिणामस्वरूप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।’

तत्कालीन परिस्थितिमा नारायणहिटीबाट आफू बाहिरिए पनि जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्तिमा भनेका छन् । ‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थितिसमेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं’, विज्ञप्तिमा छ ।

राजसंस्था हटेको केही वर्षमै देशको अस्तित्व नै संकटमा परेको उल्लेख गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘दशक नबित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरूले एकताबद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्छ भन्ने हाम्रो धारणा रही आएको छ ।’

विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको बेला नेपालमा भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत भइरहेको भन्दै पूर्वराजाले दुःख व्यक्त गरेका छन् ।

पूर्वराजाको वक्तव्यको पूर्णपाठ

 

Comment

Related Posts



ad


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
यो वेवसाइट लेट्स गो मेडिया आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
पूरा पढ्नुहोस् »
हाम्रो समूह »
सम्पर्क ठेगाना
लेट्स गो मेडिया (प्रा.) लि.
पुतलीसडक
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
Email:hamrosagarmatha.com@gmail.com