भरत नेगीको संयोजकत्वमा अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेली सेवा समाज गठन

        



पौष २५।।


सुदूरपश्चिममा घर भई हाल अध्ययन, ब्यापार, ब्यबसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेहरुली एक जुट भएका छन ।                      प्रवासमा रहेर पनि सुदुरपश्चिम क्षेत्रको विकासको लागी केही गर्ने उद्धेश्यले सुदुरपश्चिमेलीहरु यसरी एकजुट भएका हुन ।                                                                     अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेली सेवा समाजका नाम बाट अाइतबार अनलाईनबाट एक भेलाको ओयोजना गरी भरत नेगीको संयोजकत्वमा ३५ सदस्यीय तदर्थ समितिको गठन पनि गरिएको छ ।                                                                        संयोजक नेगी जापानको कोबे विश्वबिधालयमा बिधावारिधीरत छन् । समाजको उपसंयोजकमा लोकेन्द्र बम र सदस्य सचिबमा अमृत शाही चयन भएका छन् । त्यसैगरी जापानबाट आशिष रावल र पूर्ण चलाउने ,कोरिया बाट कमल शाही ,युएई बाट लक्ष्मण अधिकारी, मलेसिया महेश राज भट्ट, बहराइन शेर ब रावत, पोर्चुगल धिर्ग मल्ल, कुबेत अमर खडका, अस्ट्रेलिया महेश भण्डारी, क्यानडा चक्र बलायर, कतार धन बहादुर बलायर, डेनमार्क कबिता बिस्ट, युएस रमेस भट्टराई, भारतबाट भरत थापा, इजरायलबाट सुमि शाही र गिता नेपाली सदस्यमा चयन भएका छन् ।                त्यसैगरी समाजमा युएईबाट चेतन थापा, कोरियाबाट धर्म राज जोशी, मलेसियाबाट प्रकाश देब भट्ट, अष्ट्रेलियाबाट केशब जोशी, क्यानाडाबाट जगदिस भट्ट, बहराईनबाट उमेश जोशी, मकाउ सोनु पन्थि, डेनमार्कबाट खेम जोशी चयन भएका छन । पोर्चुगल सहित अन्य देशका अध्यक्षहरुलाई पछि थप्ने गरि २५ सदस्य आईतबार मनोनीत गरिएको र बाकी १० सदस्य देशबाट प्रतिनिधित्व रहने गरि पहिलो तदर्थ समितिको बैठकले मनोनीत गर्ने संयोजक भरत नेगिले जानकारी दिए ।                                                                           नेपालको सुदूरपश्चिममा घर भई अध्ययन, ब्यापार, ब्यबसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेली दाजुभाई तथा दिदीबहिनीहरुलाई आपसी मेलमिलाप, आपसी सहयोग सद्भाव भाईचारा एबंम एकताको सुत्रमा बाँध्ने उद्देश्यले विस्तार गरिएको र समाजले देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सक्दो सहयोग गर्नका साथ–साथै आफ्नो भाषा, भेषभुषा, कला,संस्कृतिको जगेर्ना गर्ने समाजको उद्देश्य रहेको संयोजक नेगिले बताए ।                                    साथै समाजले सुदूरपश्चिम क्षेत्रको पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार गरि शिक्षा, स्वास्थ बेरोजगारीका आधारभुत कुराहरुको बिकासका लागि जनचेतनाका माध्यमबाट समाजमा रहेका ब्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथा बिरुद्ध जनचेतना जगाउने हेतुले छाता संगठनका रुपमा विस्तार गरिएको पनि नेगिले बताए ।

Comment

Related Posts



ad


2 Responses to भरत नेगीको संयोजकत्वमा अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेली सेवा समाज गठन

  1. Deepak Luhar

    Deepak Luhar Reply

    January 9, 2017 at 12:34 pm

    सम्पुर्ण अन्तर्राष्ट्रिय नेपाल सुदुर पश्चिमेली सेवा समाज गठन समेती का सम्पुर्ण मित्र

  2. Deepak Luhar

    Deepak Luhar Reply

    January 9, 2017 at 12:48 pm

    मेरो नमस्कार हजुर हरू को पहल हामी सुदुर पश्चिमलि को लागि सराहनीय छ म मेरो हिर्दय देखिनै धन्यवाद गेय्पन गर्दछु हो हामीहरू ले त जे जस्तो गरे पनि हामी भन्दा पछि आउने पीडि ले केहिगर छु भनदा गरुन् पौन र तेस्को लागि हामी हरो ले उहाहरू लाई साथ दिनु पर्छ ते चाहिँ आर्थिक हिसाब ले होस य मन्सिक हिसाब ले हो साथ दिनु पर छ ……हामी यक होउ हमरो सुदुर पश्चिम यक हउ ।।।।।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
यो वेवसाइट लेट्स गो मेडिया आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
पूरा पढ्नुहोस् »
हाम्रो समूह »
सम्पर्क ठेगाना
लेट्स गो मेडिया (प्रा.) लि.
पुतलीसडक
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
Email:hamrosagarmatha.com@gmail.com