फुकुओकामा १७ सदस्यीय नेपाल मगर संघ गठन,अघ्क्षयमा मिलन मगर 




जापान,पौष २५।। मिलन मगरको अध्यक्षता आईतबार बसेको  एक भेलाले जापानको क्युसु क्षेत्रमा १७ सदस्यीय नेपाल मगर संघ फुकुओका (क्युसु)गठन भएको छ।                                                                                                        संघको बरिष्ट उपाध्यक्षमा पदमा दिपक राना मगर, उपाध्यक्ष पदमा नेन्सी सारु मगर,बिजय थापा मगर,महासचिव पदमा रोजिन थापा मगर,सचिवमा सेर बहादुर बार्हगरे मगर 
र कोषाध्यक्षमा शंकर थापा मगर रहेका छन् ।                                                                  त्यसैगरी साँस्कृतिक बिभाग प्रमुखमा असोक राना मगर,अन्तराष्ट्रीय बिभाग प्रमुखमा सुन्दर थापा मगर,सदस्यहरुमा निरन्जन बुढामगर
,अर्जुन दघामी मगर 
, जित थापा मगर ,निलक बुढाथोकी मगर 
,दुर्बल बुढामगर 
 यम प्रकाश पुलमी , सुर्य थापा मगर,देब मगर रहेका छन् । प्रबासमा रहेर पनि मगर एकता र मगर-मगर बिच आपसी सहयोग सद्भाव र मगर जातीहरुका भाषा कला संस्कृती तथा भेषभुषा लाई सरंक्षण गर्न नेपाल मगर संघ क्युसु गठन गरेको अध्यक्ष मिलन मगरले सगरमाथा डट कम लाई जानकारी दिए।                                                         संघले मगरहरुको महान चाड माघे संक्रान्ति, नेपाल मगर दिवस जस्ता बिभिन्न चाडपर्वमा बिबिध कार्यक्रमहरु समेत गर्ने निर्णय गरेको छ ।

फेसबूक कमेन्ट गर्नुहोस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

Archives

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»