​सर्वोच्चद्वारा लोकमानसिंह कार्की अयोग्य ठहर




lokman sing karki

lokman sing karki file photo

काठमाडौं, पुस २४ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य ठहर गरेको छ ।

कार्कीको नियुक्ति र योग्यताका बारेमा प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीलाई अयोग्य ठहर गरेको हो ।

कार्कीको मुद्दामाथि गत ७ गतेदेखि सुरु भएको बहस आजै सकिएको थियो । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको योग्यता सम्बन्धी रिट निवेदन सर्वोच्चले सुरुमा खारेज गरेको थियो ।

फैसलामा चित्त नबुझेपछि अधिवक्ता अर्यालले फेरि सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो । त्यसपछि सर्वाेच्चले योग्यतामाथिको मुद्दामा पुनरावलोकन गरेको थियो ।

उज्यालोबाट

फेसबूक कमेन्ट गर्नुहोस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

Archives

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»