घरमा फोहोर थुप्रियो,? अब मोबाइल एपबाटै जानकारी दिनुस् ! तत्कालै टोली खटिनेछ




यो सुविधा ललितपुर उपमहानरपालिकाभित्र

पुस २३ गते

app list android

सूचना प्रविधिको विकाससँगै अब मोबाइल एप्लिकेशनबाटै आफ्नो ठाउँमा थुप्रिएको फोहोरको बारेमा नगरपालिकालाई जानकारी गराउन सकिने भएको छ । तर यो सुविधा ललितपुर उपमहानरपालिकाभित्रका बासिन्दाले मात्रै पाउनेछन् । उपमहानगरपालिकाले आफ्नो नगर क्षेत्रलाई सफा राख्न नागरिकले फोहोर थुप्रिएको सूचना दिन मिल्ने सुविधा मोबाइल एप्सबाटै नगरवासिलाई दिन लागेको हो । नगरवासिले ‘हाम्रो ललितपुर’ नामको मोबाइल एप डाउनलोड गरि फोहोर नउठेको बारेमा जानकारी गराउन सक्नेछन् । यही एप्सबाट नक्सा पासलगायतका प्रक्रियामा आफ्नो फाइल कहाँ पुगेको छ भन्ने समेत जानकारी गराईनेछ । एप्समार्फत दिइएको सूचना उपमहानगरको वातावरण महाशाखाका कर्मचारीले पाउनासाथ तत्कालै फोहोर हटाउनका लागि टोली खटाईनेछ । एप्स खोलेर फोहोरको प्रकार, आफ्नो नाम, फोन नम्बरसहितको जानकारी दिनुपर्नेछ । गुगल म्यापका आधारमा पनि फोहोर थुप्रिएको जानकारी गराउन सकिनेछ ।

फेसबूक कमेन्ट गर्नुहोस्




ताजा अपडेट

Subscribe our youtube channel

Archives

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»