राजधानीमा डरलाग्दो छ गर्भपतनको अवस्था, प्लस टुका छात्राहरु बढे




काठमाडौं । नेपालमा गर्भपतनको तथ्यांक डरलाग्दो तरिकाले बाहिर आएको छ । त्यसमा पनि स्वास्थ्यका दृष्टिले गम्भीर मानिएका २० वर्षभन्दा कम उमेरका किशोरीहरुले पछिल्ला तीन महिनामा गरेको गर्भपतनको तथ्याङ्कलाई हेर्दा कहाली लाग्दो छ ।
यसले समाज कता जादैंछ भन्ने प्रश्न उब्जाईदिएको छ । त्यसमा पनि प्लस टु र कलेज पढ्ने छात्राहरुको सङ्ख्याले त झन् गर्भपतनको तथ्यलाई डरलाग्दो गरी प्रस्तुत गरेको छ । हुन त नेपालमा १५ बर्ष अघि गर्भपतनले कानुनी मान्यता पाएको हो । त्यो बेलादेखि नै नेपालमा गर्भपतन गर्नेको सङ्ख्या उकालो लाग्दै गईरहेको छ ।
बढ्दै गईरहेको समाजको आधुनिकता, घरपरिवारको बेवास्ता, टिनएजमा हुने यौन उन्माद्का कारण जोशमा होस गुमाएर नचाहँदा नचाहँदै किशोरीहरुले गर्भ बोक्न पुगिरहेका हुन्छन् । यसैले गर्दा नेपालमा गर्भपतन गर्नेको सङ्ख्या उकालो चढेको हो ।
२०५८ सालसम्म नेपालमा गर्भपतनलाई अपराधका रुपमा मानिन्थ्यो । यसमा संलग्नलाई कडा कारवाही गर्ने कानुनी व्यवस्था थियो । तर बलात्कार जस्तो घटनाले समाजमा धेरै समस्या ल्याएपछि गर्भपतनलाई मान्यता दिईयो । महिला अधिकारकर्मीहरुले समेत यसलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठाए ।
काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा गर्भपतनको दर ५० प्रतिशतले बढेको देखिएको छ । महाभुकम्प भन्दा पहिलेसम्मको तथ्याङ्कलाई हेर्दा हरेक महिना काठमाण्डौमा गर्भपतनको सङख्या महिनामा १ हजार ९ थियो । तर भुकम्पपछि झनै बढेर गयोे ।
भुकम्पपछि गर्भपतनको दर बढेर जानुमा एउटै मात्र कारण छ कि भुकम्प आएको बेला गर्भवती महिलाहरुबाट जन्मिने बच्चाहरु अपांग, लुलो लठेरो हुने र स्वस्थ नहुने भन्ने जनविश्वास छ । यसले गर्दा पनि गर्भवती महिलाहरुले आफ्नो पेटमा रहेका बच्चाहरु धेरै फालेको तथ्यांक छ ।
वैध गर्भपतन गराउने महिलाहरुको संख्या प्रति महिना १ हजारबाट बढेर २३ सय सम्म पुुगेको छ । जब की अवैध गर्भपतन गराउने महिलाहरुको एकीन संख्या छैन । तथ्यांक अनुसार यसरी गर्भपतन गराउनेहरु मध्ये प्लस टु पढ्ने किशोरीको संख्या उच्च देखिएको छ । प्लस टु पढ्ने बाहेक अविवाहित र विवाहित महिलाहरुको संख्या पनि बढेको देखिन्छ ।
चिकित्सकहरुका अनुसार नेपालमा गर्भपतन गराउन औषधि खुवाएर वा अपरेशन मार्फत गर्ने गरिएको छ । जसमध्ये ९ हप्तासम्मको औषधीले काम गर्ने भएपनि त्यसपछि अपरेशनमार्फत गर्भपतन गर्नुपर्ने हुन्छ । नेपालको कानुनले अहिले १२ हप्तासम्मको गर्भपतन गराउन छुट दिएको छ । यदि कुनै कारण भए चिकित्सकको सल्लाह अनुसार १८ हप्तासम्मको गर्भलाई पनि पतन गराउन पाइने कानुनी मान्यता छ । हाडनाता करणी तथा आमाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएमा अन्य जुनसुकै अवस्थामा पनि गर्भपतन गराउन सकिने कानुन छ ।
यसबाहेक जोखिमपूर्ण अवस्थामा ९ हप्तासम्म पनि गर्भ रहेको थाहा नभएमा वा कुनै कारणवश ९ हप्तापछि पनि बच्चा जन्माउन नचाहेमा अपरेसन गरेर गर्भपतन गराउन सकिन्छ । तर तथ्याङ्लाई हेर्ने हो भने ९ महिनापछि गर्भपतनका घटना तुलनात्मक रुपमा बढी छन् । जुन तथ्याङ्क कानुनी मान्यता प्राप्त सरकारी स्वास्थ्य संस्थाको हो ।
त्यो बाहेक अहिले पनि अनुमति नै नपाएका आधाभन्दा बढी संस्थामा गर्भपतन गराउनेको सङ्ख्या समेत बढ्दै गएको प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा. सुर्वण श्रेष्ठ बताउनुहुन्छ । अनिच्छामा रहेको गर्भपतन गराउनु नराम्रो होईन तर पछिल्ला दिन अविवाहित, विवाहित र अझै प्लस टु लेभलका पढ्दै गरेका किशोरीको सङख्या अस्वाभाविक बढ्नु राम्रोे नभएको श्रेष्ठको भनाई छ ।
बाध्यात्मक अवस्थामा गर्नै पर्ने भएपनि महिला स्वास्थ्यका दृष्टिकोणले गर्भपतन राम्रो होईन जसले महिला स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यति हुँदाहँुदै पनि विवाहितले भन्दा अविवाहितले बढी गर्भपतन गराइरहेको देखिएको छ । महिला पुरुष तथा किशोर किशोरीहरुले यौन सम्पर्कका बेला अस्थायी साधन प्रयोग गर्ने बारेमा त्यति ध्यान नदिएका कारण पनि गर्भपतनको संख्या बढिरहेको चिकित्सकहरुको भनाई छ ।
महिलाले पटक–पटक गर्भपतन गराउँदा महिलाहरुमा गम्भीर असर पर्ने बताउनुहुन्छ ओम अस्पतालका निर्देशक डा. भोला रिजाल । गर्भ बसेको थाहा भए लगत्तै एक÷दुई महिनामै गर्भ पतन गराएमा कम जोखिम भए पनि आठ हप्तापछि गरिने गर्भपतनले महिलालाई गम्भीर असर गर्ने रिजालको भनाई छ ।
नौ हप्तापछि औजार प्रयोग गरेर गर्भपतन गराउनुपर्ने भएकाले महिलाको पाठेघरमा घाउ हुने, भ्रुणका टुक्रा बाँकी बसे त्यसले इन्फेक्सन निम्त्याउने आदि समस्या हुन सक्छन् । गर्भपतनपछि नियमित रजस्वाला नहुने र गर्भपतन लगत्तै तीनमहिने सुई लगाउने वा अन्य औषधि खानुपर्ने हुन्छ । जब कि पहिलो सन्तान अगावै संगिनी सुई लगाउनाले महिलाको डिम्ब निष्कासनलाई पूर्णत रोकिदिन सक्छ, जसकारण भविष्यमा गर्भ नै नरहन पनि सक्छ ।
गर्भपतनपछि प्रयोग गर्ने औषधि र शारीरिक अवस्थाका कारण महिलाको तौल बढ्न सक्ने रिजालले बताउनुभयो । यसरी महिला स्वास्थ्यको दृष्टिकोणले गर्भपतन राम्रो हुँदै होइन । यद्यपि सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारणबाट यो खराब नै छ भन्नेचाहिँ होइन । तर, जुन रूपमा जसरी काठमाडौँमा गर्भपतनको संख्या बढिरहेको छ, त्यसले महिला स्वास्थ्यका बारेमा सोच्नैपर्ने बनाएको छ । अझ २० वर्ष मुनिका किशोरी, अविवाहित महिलाले बढी गर्भपतन गराउनुले अस्थायी साधन प्रयोगमा त्यति ध्यान नदिएको हो कि भन्ने देखाउँछ ।

from tvannapurna

फेसबूक कमेन्ट गर्नुहोस्




ताजा अपडेट

Subscribe our youtube channel

Archives

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»